खुल्यो पुनर्बीमा कम्पनी, पहिलो बर्ष नै २ अर्बको ब्यापार गर्ने योजना

७ पुस । नेपालमा पुनर्बीमा कम्पनी सुरु भएको छ । २०६० सालमा स्थापना भएको आकस्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरिएको हो । गत २१ कात्तिकमा नेपाल पुनर्बीमा कम्पनी दर्ता भएको हो । आज (सोमवार) अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गरेर कम्पनीको औपचारिक सुरुआत गर्दैछन् । यस्तो छ कम्पनीको संरचना विगतको आकस्मिक बीमा कोष नै नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण भएको हो । कोषलाई कम्पनीमा रुपान्तरण गरिएपछि कम्पनीको संरचनामा केहि परिवर्तन भएको छ । कोषको सञ्चालक समिति पाँच सदस्य थियो, कम्पनीको सञ्चालक समितिमा सात जना रहने व्यवस्था छ । कम्पनीको सञ्चालक समितिमा दुई जना निर्जीवन बीमा कम्पनीको तर्फबाट, एक जना जीवन बीमा कम्पनीका तर्फबाट, एक जना विज्ञ र अध्यक्ष सहित तीन जना संचालक नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ । कोषमा निर्जीवन बीमा कम्पनीहरुको मात्र लगानी र प्रतिनिधित्व थियो । पुर्नबीमा कम्पनीमा जीबन बीमा कम्पनीहरुलाई पनि भित्र्याईएको छ । कम्पनीमा नेपाल सरकारले ४३ प्रतिशत सेयर लगानी गरेको छ । निर्जीबन बीमा कम्पनीहरुले ३९ प्रतिशत जीबन बीमा कम्पनीहरुले १८ प्रतिशत सेयर लगानी गरेका छन् । कम्पनीको पूजी कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कोषको २०६९÷७० को अन्तिमसम्मको डिडिए गर्दा यसको नेटवर्थ १ अर्ब ९६ करोड रुपैयाँ देखिएको थियो । ७०÷७१ मा पनि ५० करोड नाफा हुन्छ भनेर त्यस्तो गरिएको थियो । कम्पनीको अधिकृत पूजी १० अर्ब रुपैयाँ राखिएको छ । कार्यालय सार्ने, कर्मचारी थप्ने कम्पनीले आफ्नो कार्यालय सवैलाई पायक पर्ने ठाउमा सार्न लागेको छ । अहिले कम्पनीको कार्यालय डिल्लीबजारमा छ । ‘कम्पनीको कार्यालय यहाँवाट सारेर सवैलाई पायक पर्ने ठाउमा लैजाने तयारी भैरहेको छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्साल भन्छन् । यस्तै अहिले १०÷१२ जना मात्रै कर्मचारी भएकोमा आवश्यकता अनुसार कर्मचारी थप गर्ने लम्सालको भनाइ छ । विदेशी साझेदार पनि आउदै नेपाल पुनर्बीमा कम्पनीमा विदेशी पुनर्बीमा कम्पनीले साझेदार बन्न चासो देखाएका छन् । बीमा समिति स्रोतका अनुसार भारतको प्रतिष्ठित पुनर्बीमा कम्पनी जिआइसी इन्डियाले खास चासो देखाएको समितिका अधिकारीको भनाइ छ । यस्तै कम्पनीको प्रबन्ध पत्र नियमावलीमा विदेशी कम्पनीसँग पनि साझेदारी गर्न सकिने बाटो खुला गरिएको छ । तर अहिल्यै त्यस्तो तयारी गरिसकेको अवस्था भने छैन । २० प्रतिशत बजार हिस्सा लिने दाबी नेपाल पुनर्बीमा कम्पनीले नेपाली पुनर्बीमा बजारको करिब २० प्रतिशत हिस्सा लिन सकिने आकलन गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत लम्साल भन्छन– नेपालमा अहिललेसम्म पुर्नबीमा कम्पनी थिएन । सवै कम्पनीले विदेशी कम्पनीसँग पुर्नबीमा गर्थे । सुरुका दिनमा पुर्नबीमा वापत बिदेशीने पुर्नबीमा प्रिमियम रकमको १५÷२० प्रतिशतसम्म रोक्ने र पछि सबै रोक्ने हाम्रो योजना हो । यो साल दुई अर्ब रोक्न सकियो भने अर्काे बर्ष २ अर्ब ५० करोड रोक्न सकिन्छ । हाम्रो दीर्घकालिन सोच भनेको पुर्नबीमा मार्फत विदेशिने पुरै रकम रोक्ने र विदेशी रकम पनि तान्ने हो । यसका तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने हुन्छ ।’ सेयरधनी नै ग्राहक पुनर्बीमा कम्पनीको विषेशता भनेको यसका सेयरधनी र ग्राहक एकै हुन् । कम्पनीमा सवै नेपाली बीमा कम्पनीको गरी ५७ प्रतिशत सेयर लगानी छ । यसमध्ये जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीको ३९ प्रतिशत सेयर लगानी छ । सवै बीमा कम्पनीले अनिवार्य रुपमा पुनर्बीमा गराउनु पर्ने भएकोले नेपाल पुनर्बीमा कम्पनीको सेयरधनी र ग्राहक एउटै भएका छन् । विदेशसम्म ब्यवसाय विस्तार गर्ने योजना कम्पनीले तीन प्रकारको योजना बनाएको छ । पहिलो दुई बर्षमा अल्पकालिन योजनासहित आन्तरिक बजार आफ्नो हातमा पार्ने रहेको छ । दोस्रो मध्यकालिन योजना तीन बर्षको बनाइएको छ । त्यसमा सार्क राष्ट्र तथा एसियाभर बजार विस्तार गर्ने । अनि तेस्रो तथा दीर्घकालिन चरणमा हामी विश्व बजारमा पुग्ने कम्पनीले योजना बनाउदै छ ।

बीमा कम्पनीले १९ हजार भन्दा बढीको दाबी तिर्न बाँकी (सुचीसहित)

२ पुस । बीमा कम्पनीहरुले १९ हजारभन्दा बढी बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ । चालु आर्थिक बर्षको असोज महिनासम्ममा सो परिमाणको दाबी भुक्तानी बाँकी रहेको हो । बीमा समितिका अनुसार गत असोज मसान्तसम्ममा जीबन बीमा कम्पनीहरुको २ हजार २ सय ८४ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । जीबन बीमा कम्पनीले सो संख्याको दाबीवाट १८ करोड ८२ लाख रुपैयाँ तिर्न बाँकी छ । जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा संस्थानको तथ्यांक प्राप्त नभएको समितिको भनाइ छ । निर्जीबन बीमा कम्पनीहरुले १६ हजार ९ सय ४८ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । निर्जीबन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दाबी रकम उल्लेख गरिएको छैन । निर्जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा कम्पनी र एनबी इन्स्योरेन्सको तथ्यांक प्राप्त भएको समितिले जानकारी दिएको छ । बीमा गरिएकोमा दाबी लाग्ने क्षति भएपछि बीमाकर्ताले दाबी गरेको १५ दिन भित्रमा सर्भेयरले प्राथमिक प्रतिवेदन बुझाउनु पर्ने कानुनी ब्यवस्था छ । यसरी सर्भेयरले प्रतिवेदन बुझाएको १५ दिन भित्रमा दाबी भुक्तानी गरिसक्नु पर्ने भएपनि दाबी भुक्तानीमा ढिलाई गर्ने गरेको बीमाकर्ताको दाबी छ । कुन कम्पनीले कति दाबी भुक्तानी गर्न बाँकी छ ? निर्जीबन बीमा कम्पनी तर्फ तिर्न बाँकी दाबी संख्या १६९४८ मुद्दा परेको दाबी संख्या ४४ नेपाल इन्स्योरेन्स कम्पनी तिर्न बाँकी दाबी संख्या १६६९ मुद्दा परेको दाबी संख्या १० दि ओरेन्टल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८१५ मुद्दा परेको दाबी संख्या ९ नेशनल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १०४३ हिमालयन जनरल तिर्न बाँकी दाबी संख्या १८८४ युनाइटेड इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ९१० मुद्दा परेको दाबी संख्या ९ प्रिमियर इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८४८ नेको इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ७३९ मुद्दा परेको दाबी संख्या ३ सगरमाथा इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या २१५५ मुद्दा परेको दाबी संख्या ७ एलाइन्स इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ४७९ प्रुडेन्सियल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १०५९ शिखर इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १८२२ लुम्बिनी जनरल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १६६३ एनएलजी इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ९८८ मुद्दा परेको दाबी संख्या ६ सिद्धार्थ इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८७४ जीबन बीमा तर्फ कूल तिर्न बाँकी दाबी संख्या २२८४ नेसनल लाइफ तिर्न बाँकी दाबी संख्या १६३२ नेपाल लाइफ तिर्न बाँकी दाबी संख्या ६० मेट लाइफ (एलिको) तिर्न बाँकी दाबी संख्या ४३७ एशियन लाइफ तिर्न बाँकी दाबी संख्या ४६ सूर्या लाइफ तिर्न बाँकी दाबी संख्या १० गुराँस लाइफ तिर्न बाँकी दाबी संख्या ६५ प्राइम लाइफ तिर्न बाँकी दाबी संख्या ३४

एभरेष्ट इन्स्योरेन्समा फेरि विवाद, विशेष साधारणसभा बस्न सकेन ।

२३ मंसिर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा फेरी विवाद बल्झिएको छ । कम्पनीका मुख्य प्रवद्र्धकहरु खेतान समूह र निरञ्जन तिवेडेवाल समूहबीच विवाद चर्केकाले मंसिर २३ गते लागि बोलाइएको विशेष साधारणसभा बस्न सकेन । विवाद चर्केपछि एउटा पक्षले साधारसभा वहिस्कार गरेको र कोरम नपुगेका कारण साधारणसभा हुन नसकेको कम्पनीका एक कर्मचारीले बताए । साधारणसभामा ३५ प्रतिशतमात्र सेयरधनी उपस्थित भएका थिए । साधारसभाका लागि ५० प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति अनिवार्य हुन्छ । गत कात्तिक ३० गते बसेको इन्स्यारेन्स सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि अग्रवाल भवन कमल पोखरीमा विशेष साधारणसभा बस्ने निर्णय गरेको थियो । निरञ्जन टिवडेवाला ग्रुप समूह मंगलबार बोलाइएको साधारणसभामा उपस्थित नभएको खेतान समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको दावी छ । यस कम्पनीमा राजेन्द्र खेतान समूह र टिवडेवाला समूहबीच लामोसमय देखि विवाद हुँदै आएको छ ।खेतान समूहले बहुमतको बलमा कम्पनीभित्र आर्थिक अनियमितता गरेको टिवडेवाल समूहको दावी छ । कम्पनीका तत्कालिन अध्यक्ष राजेन्द्र खेतानले आफ्नै कम्पनीमा लागलागीको दावी भुक्तानी प्रक्रिया पूरा नगरि लिएको र संस्थालाई ४ करोडभन्दा बढी नोक्सान पु्र्याएको आरोप उनकै पार्टनरले लगाउँदै आएका छन् । यसै विषयमा उत्पन्न विवाद, तत्कालिक कार्यकारी प्रमुख केवलकृष्ण श्रेष्ठले गरेको आर्थिक अनिमितता र खेतान पक्षले कम्पनी नै बन्द गर्ने गरी गराएको एकतर्फि निर्णयपछि गत वर्ष बीमा समितिले यस कम्पनीमा हस्तक्षेप गरेको थियो । करिब ६ महिनाअघि बीमा समितिले साधारणसभा गराई नयाँ सञ्चालक समिति गठन गराई व्यवस्थापन हस्तान्तरण गरेको थियो । मंगलबारका लागि बोलाइएको विशेष साधारणसभामा हालको अधिकृत पुँजी १५ करोड रुपैयाँबाट वृद्धि गरी ४० करोड रुपैयाँ पु¥याउने तथा जारी पुँजी साढे १० करोडबाट वृद्धि गरी ३० करोड रुपैयाँ पु¥याउने र सोहीबमोजिक प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा थिए । बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने नीति लागू गरेको धेरै वर्षवितिसक्दा पनि यस कम्पनीको चुक्ता पुँजी १० करोड मात्र छ । पुँजी वृद्धि गर्नकै लागि लागि विशेष साधारणसभा बोलाइएको थियो ।