निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको
८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।
कुन बीमा कम्पनीको बजार हिस्सा कति ? (सूचिसहित)
७ माघ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बीमा लेख, बीमा शुल्क र दाबी भुक्तानीको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । संचालनमा रहेका १७ निर्जीबन बीमा कम्पनीमध्ये यी तीनवटा आधारमा शिखरको बजार हिस्सा बढी भएको पाइएको हो । बीमा समितिले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा शिखरले ३० हजार ८४ ओटा बीमा लेख जारी गरेको छ । संख्या सवै निर्जीबन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेखको १४ प्रतिशत हो । यो अवधिसम्मा नेपालमा २ लाख १४ हजार ३ सय ७० ओटा बीमा लेख जारी भएको थियो । यस्तै बीमा शुल्क संकलनमा शिखरले १२ दशमलब ४ प्रतिशत बजार हिस्सा ओघटेको छ । निर्जीबन बीमा कम्पनीहरुले २ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क उठाएकोमा शिखरले मात्रै ३२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क उठाएको समितिले जानकारी दिएको छ । अर्काे निर्जीबन बीमा कम्पनी एनएलजीले बजारमा दोस्रो सशक्त उपस्थिति जनाएको छ । चालु आर्थिक बर्षको तीन महिनामा एनएलजीले २९ हजार ६ सय ६८ ओटा बीमा लेख जारी गरेको छ । बीमा लेख जारी गर्नेमा एनएलजीको बजार हिस्सा १३ दशमलब ८४ प्रतिशत बजार हिस्सा रहेको छ । बीमा शुल्क संकलनमा एनएलजीले ८ दशमलब ७७ प्रतिशत बजार हिस्सा ओघटेको छ । उसले चालु आर्थिक बर्षको तीन महिनामा २३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यस्तै ५ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेर एनएलजीले दाबी भुक्तानीमा आफ्नो बजार हिस्सा ७ दशमलब ८२ प्रतिशत पुर्याएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको अवस्था पनि प्रतिस्पर्धात्मक नै देखिएको छ । चालु आर्थिको २६ हजार ३ सय ८५ बीमा लेख जारी गरी आफ्नो बजार हिस्सा १२ दशमलब ३१ प्रतिशत पुर्याएको छ । यस्तै बीमा शुल्क संकलनमा ६ प्रतिशत र दाबी भुक्तानीमा ६ दशमलब ९६ प्रतिशत बजार हिस्सा लुम्बिनीको छ ।
एनबी इन्स्योरेन्समा नयाँ सञ्चालक समिति, अम्बिकाप्रसाद पौडेल अध्यक्ष
५ माघ । खारेजीको संघारमा पुगेको एनबी इन्स्योरेन्स कम्पनीले पुनर्जीवन पाएको छ । कम्पनीमा नयाँ लगानी प्रवेशसंगै नयाँ सञ्चालक समिति गठन भएको छ । सोमवार गठन भएको समितिमा आइएमइ समूहबाट अम्बिका प्रसाद पौडेल र योगेश्वर ढकाल शर्मा, प्रतापजंग पाण्डे, एनबी समूहबाट एलसन श्रेष्ठ सदस्य रहेका छन । कम्पनी नेतृत्व अध्यक्षको रुपमा पोडेलले गर्दैछन् । पोडेल हाथवेका प्रबन्ध निर्देशक हुन् । कम्पनीमा नेपाल बंगलादेश बैंकबाट सुरेश देवकोटाले प्रतिनिधित्व गरेका छन । देवकोटा नेपाल बंगलादेश बैंकमा प्रमुख वित्त अधिकृत हुन् । कम्पनीका सञ्चालकलाई नियामक निकाय बीमा समितिले १५ दिनभित्र चुक्तापूँजी २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । कम्पनीको हाल चुक्तापूँजी १४ करोड १९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको खुद सम्पत्ती भने १९ करोड १६ लाखले ऋणात्मक रहेको छ । इन्स्योरेन्सको कुल सेयर कित्ता १४ लाख २० हजार रहेको छ । हालै आइएमइले संस्थागत रुपमा रहेको केही सेयर खरीद गरेको हो। संस्थागत सेयर मध्ये समूहले एनबी बैंकको नाममा रहेको ३५ प्रतिशत र एनसिसी बैंकको स्वामित्वमा रहेको १० प्रतिशत सेयर खरीद गरेको हो । अंकित मूल्य एक सय रुपैयाँ भएको यसको सेयर आइएमइ समूहले प्रति कित्ता ८१ रुपैयाँ ५० पैसाका दरले किनेको हो। यस्तै हाथवेले ८६ रुपैयाँका दरले खरिद गरेको हो। यो सेयर खरिद विक्रि पछि एनवी इन्स्योरेन्समा आइएमइ समूहबाहेक सर्वसाधारणको २०, एनबी बैंकको १० , हाथवेको ५ प्रतिशत र बाँकी अन्यको हुनेछ।