पुँजी बजारमा समाजवादी नियम

निक्षेपकर्ताले बैंकमा निक्षेप राख्दा वा पैसा निकाल्दा हरेक पटक शुल्क तिर्नुपर्ने नियम नेपाल राष्ट्र बैंकले लागु गर्यो भने के होला ? बैंकले कर्जा लगानी गर्दा हरेक कारोबारमा सेवा शुल्कसँगै नियामक शुल्क उठाउनु र राष्ट्र बैंकलाई बुझाउनु भनि निर्देशन दियो भने के होला ? त्यस्तै, बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले हरेक बीमा पोलिसी बेच्दा वा हरेक बीमितलाई बीमा दाबी भुक्तानी गर्दा नियामक शुल्क लगाउन थाल्यो भने के होला ? तरकारी बजार, फलफूल बजार र माछा मासु बजारमा हरेक कारोबारमा शुल्क असुल्ने, दाल, चामल, गेडागुडीसहित सबै खाद्यान्नमा कारोबार शुल्क लगाउने निणर्य कृषि मन्त्रालय वा विभागले गर्यो भने त्यो निणर्य कस्तो होला ? मिल्दैन, गलत हुन्छ, अस्वीकार्य हुन्छ । तर, धितोपत्र बजारमा यस्तै नियम छ, अभ्यास छ, सबैले स्वीकार गरेका छन् । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले हरेक सेयर कारोबारमा शुल्क लगाउँछ । हरेक सेयर कारोबारबाट धितोपत्र बोर्डले कारोबार रकमको ०.०१५ प्रतिशत शुल्क लिन्छ । नेपालको सेयर बजारमा दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार भएको रेकर्ड छ । २२ अर्ब रुपैयाँ कारोबार हुँदा धितोपत्र बोर्डले ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । अचेल दैनिक करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुन्छ । त्यसबाट धितोपत्र बोर्डले सेयर लगानीकर्ताबाट दैनिक ७ लाख रुपैयाँ सोझै आम्दानी गर्छ । नियामक धितोपत्र बोर्ड र अर्ध नियामक स्टक एक्स्चेञ्जले प्रत्येक सेयर कारोबारमा शुल्क वा कमिसन लिनु भनेको तरकारी वा माछा बजारमा कृषि विभागले कारोबारमा शुल्क लगाउनु जस्तै हो । राष्ट्र बैंकले निक्षेपकर्ता वा ऋणीसँगको हरेक कारोबारमा कमिसन माग्नु जस्तै हो । बीमा पोलिसी बेच्दा वा बीमितलाई दाबी भुक्तानी गर्दा बीमा प्राधिकरणले कमिसन माग गर्नु जस्तै हो । त्यसबाहेक धितोपत्र व्यवसायीको कमिसनमा पनि धितोपत्र बोर्डले हिस्सा खान्छ । ब्रोकर कमिसनको २० प्रतिशत नेपाल स्टक एक्स्चेञ्जले लिने व्यवस्था छ । त्यसपछि बाँकी रकममा फेरि धितोपत्र बोर्डले ०.६ प्रतिशत शुल्क उठाउँदै आएको छ । त्यसबाहेक सीडीएससीले हरेक कम्पनीको सेयर कारोबार गर्दा क्रेता र विक्रेता दुबैसँग २५/२५ रुपैयाँको दरले ५० रुपैयाँ उठाउँदै आएको छ । नियामक धितोपत्र बोर्ड र अर्ध नियामक स्टक एक्स्चेञ्जले प्रत्येक सेयर कारोबारमा शुल्क वा कमिसन लिनु भनेको तरकारी वा माछा बजारमा कृषि विभागले कारोबारमा शुल्क लगाउनु जस्तै हो । राष्ट्र बैंकले निक्षेपकर्ता वा ऋणीसँगको हरेक कारोबारमा कमिसन माग्नु जस्तै हो । बीमा पोलिसी बेच्दा वा बीमितलाई दाबी भुक्तानी गर्दा बीमा प्राधिकरणले कमिसन माग गर्नु जस्तै हो । फरक यति मात्र हो कि हरेक कारोबारमा धितोपत्र बजारमा नियामकले कमिसन खान्छन्, अरु क्षेत्रका नियामकले यस्तो घटिया स्तरबाट कमिसन लिदैनन्, खाँदैनन् । अरु क्षेत्रमा जस्तै सरकारले लिने कर पुँजीबजारमा पनि अलग्गै छ । जसरी अरु उद्योग व्यवसायमा भन्सार, भ्याट, अन्तशुल्क, आयकर लाग्छ त्यसरी नै पुँजी बजारमा पुँजीगत लाभकर, कम्पनीको नाफामा कर, लाभांश वितरणमा कर लाग्दै आएको छ । धितोपत्र बोर्डले गत जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसत घटाइएको छ तर नियामकले लिने कमिसन घटाइएको छैन । अब नियामकले कमिसन घटाउने होइन, यसलाई तत्काल खारेज गर्नुपर्छ । हरेक कारोबारमा नियामक र अर्ध नियामकले कमिसन लिने नियम र अभ्यास दुबै गलत छ । गलत कामको निरन्तरता सभ्य समाजमा सुहाउँदैन । ब्रोकर कमिशन पुँजीवादको अभ्यास गर्ने महत्वपूर्ण र उदाहरणीय थलो हो, पुँजीबजार । पुँजीबजारमा समाजवादी नीति निमय लागु गर्नु दुधको कुरुवा बिरालो राख्नु जस्तै हो । ब्रोकर कमिसन नियामकले तोक्नु पुँजीबजारमा समाजवादी सोचको प्रयोग हो । यसलाई तत्काल खारेज गरिनुपर्छ । कुनै होटलले एउटा कोठा एक हजार रुपैयाँमा बेचिरहेको हुन्छ । कुनै होटलले एउटा कोठाको एक लाख रुपैयाँ लिइरहेको हुन्छ । सटरमा खोलिएका होटलमा एक कप कफी ५० रुपैयाँ तिरेर पिउन पाइन्छ । कार पार्किङ, एसी, सोफा, गार्डेनसहितको होटलमा एक कप कफी पिउँदा ८/९ सय रुपैयाँ तिर्नुपर्छ । फरक यति हो कि उसले ग्राहकलाई कुन स्तरको सेवा दिएको छ ? सेयर लगानीकर्तालाई लगानीकर्तालाई पार्किङ, एसी, कफी, सोफा, ग्याजेटसहित सुविधा दिने सेयर ब्रोकर कम्पनी पनि बजारमा हुन सक्छन् । लगानीकर्ताको लागि बस्न प्लास्टिकको कुर्सी र वाईफाई सुविधा दिन नसक्ने ब्रोकर पनि बजारमा होलान् । कुन कम्पनीमा लगानी गर्दा कस्तो प्रतिफल दिन सकिन्छ भनेर व्यापक अनुसन्धानसहित परामर्श सेवा दिने ब्रोकर पनि होलान् । नेप्सेमा सूचीकृत कुनै एक कम्पनीका बारेमा आधारभूत जानकारी लगानीकर्ताले सोध्दा भन्न र बुझाउन नसक्ने ब्रोकर पनि बजारमा हुन सक्छन् । यस्तो असमान अवस्थामा समान कमिसन कसरी स्वीकार्य हुनसक्छ ? सेयर लगानीकर्तालाई लगानीकर्तालाई पार्किङ, एसी, कफी, सोफा, ग्याजेटसहित सुविधा दिने सेयर ब्रोकर कम्पनी पनि बजारमा हुन सक्छन् । लगानीकर्ताको लागि बस्न प्लास्टिकको कुर्सी र वाईफाई सुविधा दिन नसक्ने ब्रोकर पनि बजारमा होलान् । कुन कम्पनीमा लगानी गर्दा कस्तो प्रतिफल दिन सकिन्छ भनेर व्यापक अनुसन्धानसहित परामर्श सेवा दिने ब्रोकर पनि होलान् । नेप्सेमा सूचीकृत कुनै एक कम्पनीका बारेमा आधारभूत जानकारी लगानीकर्ताले सोध्दा भन्न र बुझाउन नसक्ने ब्रोकर पनि बजारमा हुन सक्छन् । यस्तो असमान अवस्थामा समान कमिसन कसरी स्वीकार्य हुनसक्छ ? जसरी यदि सरकारले देशभरि कफीको मूल्य एउटै तोक्यो वा देशभरिका सबै होटलको कोठाको मूल्य एउटै तोक्यो भने त्यो गलत हुन्छ त्यसरी नै सबै ब्रोकरको कमिसन एउटै तोक्नु गलत हो । यस्तो नीतिले पुँजीबजारको विकासमा पटक्कै मद्दत पुग्दैन । यो नीति पुँजीबजार विकासको बाधा हो । आज नेपालमा धितोपत्र व्यवसायीहरूको हातखुट्टा बाँधिएको छ । मर्चेन्ट बैंकर्स वा सेयर ब्रोकरका नवीनतम् सोचलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले रोकिरहेको छ, नेप्सेले रोकिरहेको छ । व्यवसायीहरूको नयाँ विजनेस प्लानहरूलाई नियामकले रोकेर राखेका छन् जसरी पञ्चायत कालमा व्यापारको लाइसेन्स पनि सरकारले रोकेर अर्थतन्त्र विस्तारमा अवरोध गर्दै आएको थियो । जबसम्म धितोपत्र व्यवसायीका व्यावसायिक सोच कार्यान्वयन गर्न र लगानीकर्तालाई उच्चस्तरको सेवा दिन स्वतन्त्रता दिइन्न, तबसम्म पुँजी बजारको विकास केवल कागज र चिया गफमा सीमित हुनेछ । पुँजीबजारबारे आम मानिसमा जगरण जरुरी छ । सेयरमा किन लगानी गर्ने ? यसका फाइदा के हुन् ? जोखिम के हुन् ? अधिकतम् फाइदा लिने उपाय के हुन्, जोखिमलाई न्यूनीकरण गर्ने उपाय के हुन् ? यस्ता विषय आम मानिसलाई बुझाउन जरुरी छ । तर, धितोपत्र बोर्डको बुझाइ के छ भने ‘पुँजीबजार सम्बन्धी जागरणको काम बोर्डले मात्र गर्न सक्छ, यसको ठेक्का धितोपत्र बोर्डलाई मात्र सरकारले दिएको छ, अरूले केही गर्न पाइँदैन, सक्दैनन् ।’ यो सोच गलत छ । पुँजीबजारबारे जागरण ल्याउने काम धितोपत्र व्यवसायीलाई दिनुपर्छ । व्यवसायीले आफ्नो व्यवसाय विस्तारको क्रममा ग्राहकलाई कसरी आकर्षित गर्ने, ग्राहकलाई कसरी लाभ पुर्याउने सोच्नैपर्छ । कुनै पनि व्यवसायीका लागि बजारमा स्थापित हुन नवीनतम् सोच र अभ्यास अनिवार्य हुन्छ । ग्राहकको हित नसोच्ने कोही पनि बजारमा बिक्न सक्दैन, टिक्न सक्दैन । धितोपत्र व्यवसायीले जागरणको नाममा गर्न सक्ने झुटको खेती, भ्रमको खेती रोक्न भने धितोपत्र बोर्ड अत्यान्तै चनाखो र कठोर बन्नुपर्छ । धितोपत्र बोर्डलेपुँजी बजारमा लाइसेन्सको व्यापार बन्द गर्नुपर्छ । पुँजी बजारमा प्रवेश गर्न चाहने सबै प्रकारका व्यवसायीलाई खुला राख्नुपर्छ । कुन कम्पनी नाफामा छ, कुन कम्पनी घाटामा छ, यो कम्पनीले छलाङ मार्यो, त्यो कम्पनी टाट पल्टदैछ भन्ने विषयमा धितोपत्र बोर्ड घोत्लन जरुरी छैन । धितोपत्र बोर्डले सर्वमान्य नियम बनाउने हो । त्यो नियमभित्र बसेर सबैले खेल्छन् । कहिले कसको जित हुन्छ कहिले कसको हार । यी सबै नियमित प्रक्रिया हुन् । खुला बजारमा कम्पनीलाई प्रवेश पनि खुला गरिनुपर्छ, बन्द हुने बाटो पनि खुला राखिनुपर्छ । पुरानालाई टिकाइराख्नुपर्छ, नयाँलाई प्रवेश दिनुहुन्न भन्ने नीतिमा कुनै पनि नियामक चल्नु हुन्न । सेवोन, राष्ट्र बैंक, बीमा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण वा अरु कुनै । आज नेपालमा कयौं हवाई कम्पनी डुबेका छन तर नयाँ पनि आइरहेका हुन्छन् । कयौं होटल बन्द भए, नयाँ पनि खुलिरहेका छन् । कुनै बेला ३०० भन्दा बढी बैंक तथा फाइनान्स कम्पनी थिए, अहिले करिब १०० नजिकको संख्यामा झरेका छन् । मिडियामा पनि नयाँ खुल्ने र पुराना बन्द हुने क्रम चलिरहेको छ । सिमेन्ट उद्योगमा पनि त्यही हो । चाउचाउ उद्योगमा पनि त्यही हो । पुरानालाई टिकाइराख्नुपर्छ, नयाँलाई प्रवेश दिनुहुन्न भन्ने नीतिमा कुनै पनि नियामक चल्नु हुन्न । सेवोन, राष्ट्र बैंक, बीमा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण वा अरु कुनै । संविधानले समाजवादको लक्ष्य लिएको छ, सरकारको नेतृत्व गर्ने नेताहरू बेलाबेलामा साम्यवादका कुरा गर्छन । तर, उनीहरूले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको साहु बनेर नेप्सेले कति नाफा दिन्छ भनेर हिसाब गरेर बसेका छन्, लाज पचाएर । सरकारी संयत्ता यसैमा मोहित छ, लोभित छ, व्यापारलाई अंगालाे मारेर बसेको छ । न यसको निजीकरण गर्न सरकार तयार छ, न निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज ल्याउन तयार छ । नेप्सेको नाफा ढुकेर सरकारले पुँजी बजारको आधुनिक विकासमा अवरोध हालेको छ । नयाँ स्टक एक्सचेञ्ज वा नेप्सेको पुर्नसंरचनाबारे जतिवटा अध्ययन समिति बने पनि सुझाव आए पनि ती सबलाई सरकारले बेवास्ता गरिरहेको छ । किनकि सत्ताधारी दलको कार्यकर्ताले नेप्सेमा जागिर खान पाएका छन्, करोडमा नाफा पनि नेप्सेले दिएकै छ । पुँजी बजार जोखिम लिनसक्ने व्यवसायीका लागि हो कि आम मानिसका लागि हो ? सरकार स्पष्ट छैन । आवेदन गर्ने सबैले सेयर पाउनुपर्छ, १०/१० कित्ता भए पनि इच्छुक सबैलाई दिनुपर्छ भन्ने सरकारको नीति छ । सत्य के हो भने लगानीका विभिन्न औजारमध्ये सेयर बजार उच्च जोखिमयुक्त बजार हो । सेयर बजार उच्च जोखिमयुक्त लगानीको क्षेत्र हो भन्ने रटन्ते विचार सरकारी अधिकारीहरूले पनि व्यक्त गरिरहेका हुन्छन् । तर, उनीहरू यस्तो जोखिमयुक्त क्षेत्रमा लगानी गर्न आम मानिसलाई किन अपिल गर्छन ? किन यस्तो नीतिगत प्रबन्ध गर्छन ? स्पष्ट छः नीति निर्माताहरूमा विषयको गहिरो ज्ञान छैन । स्थानीय प्राकृतिक स्रोत साधनमा आधारित उद्योगमा स्थानीयहरूको अग्राधिकारसँग जोडेर उनीहरूका लागि सेयर संरक्षण गर्ने नीति सही हुन सक्छ । अन्यथा, समाजवादी चिन्तनका आधारमा सेयर बजारमा सबैको समान अधिकार खोज्नु गलत हुन्छ । स्थानीय प्राकृतिक स्रोत साधनमा आधारित उद्योगमा स्थानीयहरूको अग्राधिकारसँग जोडेर उनीहरूका लागि सेयर संरक्षण गर्ने नीति सही हुन सक्छ । अन्यथा, समाजवादी चिन्तनका आधारमा सेयर बजारमा सबैको समान अधिकार खोज्नु गलत हुन्छ । पुँजीबजारको विकासमा सरकारले जे गर्नुपर्ने हो त्यो गरेको छैन । पुँजीबजारमा लाग्ने करका दर सधैं अस्थीर छ, विवादमा छ । पुँजीबजार आर्थिक विकासको वाधक हो कि साधक हो ? अर्थमन्त्री भएकाहरू नै भ्रममा छन् । पीएचडीधारी युवराज खतिवडा, बाबुराम भट्टराईहरूले पुँजीबजारलाई आर्थिक विकासको वाधकको रूपमा अथ्र्याए, अनुत्पादक क्षेत्र भने । सत्ताको शक्ति प्रयोग गरेर यस क्षेत्रका लगानीकर्तालाई नोक्सान पुर्याउने नीति र विधि लागु गरे । अर्थतन्त्र नबुझेका भनिएको अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, वर्षामान पुनहरूले आर्थिक विकासका लागि पुँजी बजारको विकास जरुरी ठाने । उनीहरूले पुँजी बजारलाई आर्थिक विकासको साधक माने । एउटा गभर्नर आउँछ, पुँजीबजारलाई बेलुन फुलाएझैं फुलाउने गरी मौद्रिक नीति बनाउँछ, अर्को गभर्नर आउँछ, बेलुन फुटाउने उद्देश्यसहित मौद्रिक नीति बनाउँछ । पुँजीबजारबारे सरकारको नीतिमा अस्थीरता छ । व्यक्तिपिच्छे फरक विचार र व्यक्ति विचारका आधारमा निर्मित नीतिले पुँजीबजार अत्यन्त अस्थीर भएको छ, पछौटे अवस्थामा रहेको छ । यस्तो परिवेशमा धितोपत्र बजारको नियामक पनि ज्यादै कमजोर भएको छ । नियामकले धितोपत्र व्यवसायी र लगानीकर्तालाई प्रभावकारी नियम दिन सकेको छैन । खेलाडीहरू नियममा चलेका छन् कि छैनन, नियामकले हेर्न पनि भ्याएको छैन । नियामकले खेलाडीका असल अभ्यासलाई प्रोत्साहित गर्ने हो, गलत गर्नेलाई कारबाही । खेलप्रतिको आकर्षण बढाउने हो, रौनकता बढाउने हो । बाँकी सबै काम खेलाडीले नै गर्नेछन् ।

बैंकिङ फ्रड : कसले गर्छ, कसरी गर्छ ?

जलसाज (फ्रड) भनेको नभएका झुटा कुरा गरेको वा भएको भनि मिति अङ्क व्यहोरा आदी फरक पारी लेखेर सही छाप गरि लिने वा दिने काम हो । त्यसैगरि झुटो काम वा व्यवहारद्धारा अरुलाई छकाउने वा ढाँट्ने काम, छलकपट वा धुर्तता, बेइमानी गरि आर्थिक प्रलोभन र फाइदा लिने कार्यलाई जलसाज भनिन्छ । विश्वमा फ्रड इशापूर्व ३०० मा दुई ग्रिक समुन्द्री व्यापारीहरु हेजेस्टाटोस र जेनोस्थेमिसले आफ्नो जहाज र कार्वोमा  एकतल्लो भाग बीमा नीति लिएर आफूलाई समृद्ध बनाउने योजना बनाएर फ्रड तथा जालसाज गरेको घटनलाई नै संसारको पहिलो धोकाधडी, जालसाज तथा फ्रड हो । नेपालमा पहिलो फ्रडको सुरुवातको मिति स्पष्ट तथा यकिन नभए पनि पुरापूर्व कालदेखि नै फ्रडहरू हुने गरेको विभिन्न इतिहासमा उल्लेख छ । बिशेष गरि बैंक तथा वित्तीय संस्था तथा लघुवित्त संस्थामा पछिल्लो समयमा विभिन्न किसिमका नयाँ–नयाँ फ्रड तथा जालसाजहरू बढ्दो मात्रामा देखिएका छन् । बैंक वित्तीय संस्थामा देखिने गरेको करोडौं तथा अर्बौंको फ्रड लघुवित्तमा देखिने सम्भावना न्यून हुन्छ । किनभने लघुवित्त संस्थामा स-सानो कारोबार हुन्छ । तथापि आवश्यक समयमा चेकजाचँको कमी, नियमित सुपरिवेक्षण तथा कमजोर आन्तरिक नियन्त्रण संयन्त्रको अभावमा लघुवित्त संस्थाहरुमा पनि विभिन्न किसिमका फ्रडहरु हुने गरेको देखिन्छ । यस किसिमका फ्रडमा बिशेषगरि लघुवित्तकै सदस्यहरु, कर्मचारीहरु र सदस्य तथा कर्मचारी वाहेक अन्य व्यक्तिहरु अर्थात थर्ड पार्टीबाट पनि फ्रड हुने गरेको विभिन्न लघुवित्तका घटनाहरुले देखाएका छन् । यस किसिमको फ्रडहरु लघुवित्त वित्तीय संस्थाले समयमै पता लगाई निराकरणको लागि आवश्यक संयन्त्रको निमार्ण गर्न अति नै आवश्यक छ । त्यसैगरि फ्रडहरूको संख्या तथा मात्रालाई समयमै पता लगाउन नसकेर कपितय वित्तीय संस्था घाटामा जाने तथा कतिपय संस्था नाजुक अवस्थामा पुगेको देखिन्छ । लघुवित्त संस्थामा अन्य क्षेत्रजस्तो फ्रडको मात्रा नदेखिए पनि भविष्यमा हुन सक्ने सम्भाव्यतालाई समयमै निराकरण, नियन्त्रण गर्न नसके कतिपय अवस्थामा यसबाट ठूलो दुर्घटना हुन सक्ने वा वित्तीय संस्थालाई ठुलो चुनौतिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । फ्रड तथा जालसाजलाई पत्ता लगाउन नसक्दा घरमा दुध खान बिरालो आउने र दुधलाई खान प्रयास गर्ने तथा कहिले काहीँ दुध खान सफल पनि हुने र बिरालोलाई धपाउन खोज्दा पटकै पिच्छे बाटो परिवर्तन गर्दै भाग्न सफल हुने गरेको अर्थात बिरालोले दुध खाने संभावना जहिले पनि रही रहने अवस्था रहन सक्छ । यदि घरमा बिरालो आउनसक्ने सम्भावित बाटोहरु नै बन्द गर्न सके बिरालो घरभित्र छिर्न नसक्ने र दुध सधंैभरि बिरालोबाट सुरक्षित राख्न सकिने जस्तै लघुवित्त वित्तीय संस्थामा हुन सक्ने फ्रड तथा जालसाजलाई समयमै पता लगाई यसलाई न्यूनिकरण तथा निराकरण गर्न तर्फ लघुवित्त संस्था अग्रसर हुनु आवश्यक छ । दुधलाई सुरक्षित गर्न घरमा आउँदा बिरालो धपाउनुको साटो बिरालो आउन सक्ने सम्भावित बाटोहरु नै बन्द गर्नु नै उत्तम विकल्प भएझैँ लघुवित्त वित्तीय संस्थामा हुनसक्ने फ्रडको अवस्थालाई अाँकलन गरि फ्रडरहित कारोबारको लागि प्राथमिकता प्रदान गर्दा उत्तम अवस्थालाई मध्य नजर गरि फ्रडलाई पता लगाउन र न्यूनीकरण गर्नको लागि केहि महत्पुर्ण उपायहरू यहाँ प्रस्तुत गरिएका छन् ।लघुवित्त संस्थाहरुमा फ्रडका पात्रहरु मुख्यगरि कर्मचारी, सदस्य र बाह्य व्यक्तिहरु हुने गर्दछन् । कर्मचारीबाट हुने फ्रड  -विभिन्न सामाग्रीहरु कम मुल्यमा खरीद गरेर बढी मूल्यको बिल अर्थात नक्कली बिल बनाउने, नक्कली तथा बनावटी कागजपत्र मिलाई वित्तीय संस्थाको नगद हिनामिना गर्ने (जस्तै कर्जा नक्कली कर्जा मागपत्र, नक्कली तमसुक, नक्कली बचत निकासा तथा भर्पाई आदी ।) -भाखा नाघेको कर्जा लुकाउने, फर्जी लगानी तथा असुली देखाई सतप्रतिशत असुली देखाउने । -एक सदस्यको खाताबाट सदस्यलाई थाहा नदिई रकम निकासा गरि अर्को सदस्यको खातामा चढाउने तथा उक्त रकम सदस्यबाट असुली गरि केहि हदसम्म रकम आफै चलाउने वा अपचलन गर्ने । -भाखा नाघेको सदस्यहरुबाट किस्ता तथा ब्याज रकम असुली गरि असुली गरेको सबै रकम सदस्यको खातामा जम्मा नगरी केही रकम स्वयं आफैंले परिचालन गर्ने । -बैंक तथा भल्टभित्र पुरै नगद देखाई भल्ट भित्रको केही मात्राको नगद रकम कर्मचारीले चलाउने । -सदस्यको हिसाब किताब सही नराख्ने, एक जनाले तिरेको रकम अन्यमा देखाउने तथा फर्जी कर्जा बचत देखाई केही रकम आफंैले चलाउने । -केन्द्रको कलेक्सनसिट वा पासबुकमा र कार्यालयको कलेक्सनसिटमा रकम फरक–फरक उल्लेख गरि केही रकम अपचलन गर्ने । -सदस्यता त्याग गर्दा सदस्यलाई पुरै रकम नदिई अन्य सदस्यको कर्जामा मिलान गर्ने वा केही रकम आफंैले अपचलन गर्ने । -फर्जी सदस्य पास गरि उक्त सदस्यलाई फर्जी कर्जा वितरण देखाई नगद आफैं परिचालन गर्ने । -सदस्यले जम्मा गरेको कर्जा तथा बचत रकम केरमेट गरी फरक पार्ने । -सदस्य तथा श्रीमान लघु बिमा बापत आएको क्षतिपुर्ति दावी रकम सम्बन्धित व्यक्तिलाई पुरै नदिई केही रकम अपचलन गर्ने । -शाखाको कर्मचारीहरुले एक अर्काको गल्तिलाई ढाकछोप गर्ने माथिल्लो निकायमा कुनै सूचना नदिई संकास्पद कारोबार गर्ने । -कर्मचारीहरुले आफ्नो नातेदार इष्टमित्रको घरपरिवारको नाममा कर्जा कारोबार देखाई उक्त कर्जा रकम आफैंले परिचालन गर्ने । -सदस्य तथा निजको अभिभावकसँग सर सापटी लिने । -सदस्य तथा निजको परिवारसँग आवश्यकता भन्दा बढी हिमचिम गर्ने वा आवश्यकताभन्दा बढी सम्बन्ध कायम गर्ने । सदस्य तथा थर्डपार्टीबाट हुने फ्रड -पुर्वनियोजित ढंगले रेडिमेट स्वार्थसहितको समूह तथा केन्द्र गठन गर्ने/गराउने । -अस्थायी रुपमा बास गरिरहेको सदस्यलाई स्थायी भनेर ढाकछोप गर्ने र समूहमा राख्न सिफारिस गर्ने । -यो मेरो घर तथा परियोजना हो भनेर अन्यको घर तथा परियोजना देखाउने । -केवाईसी ग्राहक तथ्याकं विवरण अध्यावधिक गर्दा विवरणहरु झुटो पेस गर्ने । -कर्जा माग गर्दा सही उद्देश्य तथा परियोजना नखुलाउने । -आम्दानीका श्रोतहरु ढाँट्ने, झुटो आम्दानी विवरण पेस गर्ने । -कर्जामा साक्षी तथा जमानी बस्ने गलत व्यक्ति ल्याउने । -एक प्रयोजनमा माग गरि अर्कै प्रयोजनमा कर्जा प्रयोग गर्ने । -कर्जा लिएर परियोजनामा लगानी नगरि अनावश्यक खर्च भोज भतेर गर्ने । -एक आपसी मिलेमतोमा गलत सदस्यलाई कर्जा माग गराउने । -कर्मचारीसँग अनावश्यक सापटी लिने दिने तथा सम्बन्धमा लिमिटेशन नगर्ने । -घरपरिवारसँग सल्लाह नगरि अन्य व्यक्तिको प्रलोभनमा परि कर्जा माग गरि अन्य व्यक्तिलाई कर्जा चलाउन दिने । -कर्जालाई आम्दानी योग्य कार्यमा नलगाई साथी, संगी तथा इष्ट मित्र र समुदायमा भोज भतेर पार्टी गरेर कर्जालाई दुरुपयोग गर्ने । -नियतबस २ जना ३ जना मिलेर पुरै केन्द्रकै सदस्यहरुको नाममा कर्जा निकालेर दुरुपयोग गर्ने तथा आफैंले परिचालन गर्ने । -तेस्रो व्यक्तिले केन्द्रको केन्द्र प्रमुखलाई फकाएर वा प्रलोभन दिएर फर्जी कर्जा निकाल्न लगाई ठाँउ छोडेर अन्यत्र गएर बस्ने । फ्रडको पहिचान कसरी गर्ने ? -आन्तरिक नियन्त्रणको संयन्त्रलाई प्रभावकारी पालना गरेर । (जस्तै मेकर, चेकर र अप्रुभलकर्ताको रोल प्रभावकारी लागु भए नभएको अवस्थालाई नियमित सुपरिवेक्षण तथा चेकजाँज गरेर ।) -कर्मचारीहरुबाट विभिन्न टिप्स तथा सूचना लिने र उक्त सूचनाहरुको आधारमा प्रमाणहरु संकलनको आधारमा । -नियमित कारोबारको कुनै अप्रत्यासित घटना तथा दुर्घटनालाई आधार बनाएर । -अप्रत्यासित परिणाम आउदाँ उक्त परिणामको लेखाजोखा तथा मापन गरेर । -कार्यालय रहेको घरपेटीसँगको भौतिक रुपमा अन्तक्र्रियाबाट वा टेलिफोन सम्वाद गरेर सूचना । -कर्मचारीहरुको साथी सँगतीबाट विभिन्न किसिमका सूचनाहरु लिएर । -कर्मचारीहरुको लवाई खवाईमा एक्कासी परिवर्तन भएको विवरण बारे सूचना पता लगाएर । -दैनिक रुपमा जाँडरक्सी सेवन गर्ने जुवातास खेल्ने कर्मचारीको गिरोहबाट विभिन्न कुराहरु पत्ता लगाएर । -सदस्य तथा अभिभावकसँग अफलाईन फोनबाट तथा भेटघाँट गरेर अन्तक्र्रिया गरेर सुचना प्राप्त गरेर । -केन्द्र तथा समूह निरिक्षणको क्रममा कर्मचारीको अनुपस्थितीमा कर्मचारीहरुको आनीबानी तथा व्यवहार बारेमा विभिन्न विषयहरू केन्द्र तथा समुहका सदस्य तथा अभिभावकहरु सँग अन्तरक्र्रिया गरेर । -एक्कासी भाखा नाघेको कर्जामा वृद्धि भएको र एकाएक उक्त भाखा नाघेको कर्जाको सामाधान भएमा उक्त कर्जा क्रृत्रिम रुपमा तत्कालको लागि मिलाएको हुनसक्ने भएकोले उक्त कर्जा जोखिम व्यवस्थापनको स्थायी रुपमा श्रोत खोज्ने, सही तरिकाले व्यवस्थापन भएको हो कि फ्रड तथा जालसाज गरेर व्यवस्थापन भएको यकिन गर्न विभिन्न सूचनाहरु संकलन गर्ने । -कर्जा लगानी भएको सदस्यहरुलाई अनुगमन कार्यालय वा केन्द्रिय कार्यालयबाट लगानी भएको बेलामा टेलिफोन सम्वाद, अन्तरक्रियाको अधारमा फर्जी लगानी पता लगाउन सकिन्छ साथै कर्जा लगानी बापतको सम्पूर्ण रकम प्राप्त भए नभएको भिड्न गर्ने जसले गर्दा फ्रड भए नभएको पता लगाउन सकिन्छ । -केन्द्रमा बिपन्न वर्ग तथा नपढेका सदस्यहरुलाई आवश्यक कारोबारहरु कर्जा कति लिनु भएको हो, कर्जा कुन परियोजनामा लगानी गर्नुभयो, किस्ता कसरी तिर्ने गर्नुहुन्छ, त्यसको बारेमा सोधपुछ तथा छलफल गर्दा पनि फ्रड तथा सालसाज भए, नभएको थाहा हुन सक्छ । -सदस्यता त्याग हुने सदस्यहरुलाई फोनबाट तथा सम्भव भएमा भौतिक रुपमै सदस्यसँग भेटेर के–कति रकम पाए नपाएको सूचना संकलन तथा भिडान गर्ने । -सदस्य तथा कर्मचारीहरुबीच बढी हिमचिम भएको नभएको साथै कर्मचारी तथा सदस्यहरुलाई बिशेष निगरानी राखी अन्य विवरणहरुको सुचना लिने । -कर्मचारीहरुले संचालन गर्ने केन्द्र तथा समूहलाई सकेसम्म वार्षिक रुपमा परिवर्तन गरेर पनि फ्रड भए नभएको पता लगाउन सकिन्छ । -शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई २ देखि ३ बष भित्र अनिवार्य सरुवा नीति बनाउने र कार्यान्वयन गर्ने यसो गर्दा केहि मात्रामा फ्रड भएमा तत्काल पता लाग्न सक्छ । -खरीद गरिएको समाग्रीको गुणस्तर चेकजाँच गर्ने, बजार दरभाउ सोधपुछ गर्ने । यसरी गर्न सकिन्छ फ्रडलाई न्यूनिकरण लघुवित्त संस्थाहरुमा हुन सक्ने फ्रड तथा जालसाजलाई न्यूनिकरणको लागि देहायमा उल्लेखित बमोजिमका टिप्सहरुलाई अबलम्बन गर्दा हुन सक्ने फ्रडलाई न्यूनिकरण गर्न, गराउन सहज हुन सक्छ । -शाखा कार्यालयहरु तथा कारोबारको नियमित स्थलगत र गैरस्थलगत सुपरिवेक्षण तथा निरिक्षणमा वृद्धि गरिनु पर्छ । जसले गर्दा अनुगमनकर्ताले विभिन्न कमी कमजोरीहरु समयमै पत्ता लगाई ठूलो घटना तथा दुर्घटना हुनबाट जोगाउनुको साथै शाखा कार्यालय स–सानो कमजोरीहरुलाई समयमै सुधार गराउन सकिन्छ । -सकेसम्म सबै कर्जा स्वीकृतीको अख्तियारी केन्द्रीय कार्यालयमा निहित राख्ने त्यसो भएमा फर्जि कर्जा लगानी हुनबाट रोकिन्छ साथै कर्जा प्रस्तावमा कर्जा माँग गर्ने, सिफारिस गर्ने केन्द्र प्रमुख तथा अध्यक्षको सम्पर्क नं उल्लेख गर्न, लगाउने दैनिक रुपमा भल्टमा रहेको रकम अफलाइन निरिक्षण गर्ने, बढि रकम राख्ने शाखा कार्यालयहरुको कारोबार भिडान गर्न उक्त दिनको कारोबारको विवरण मागँ गर्ने, पटक–पटक बढि नगद वा लगातार बढि नगद राख्ने शाखाहरुमा बिनायोजना आकस्मिक छडके चेकजाचँ गर्ने वा भिडियो कल गरेर पनि नगदको अवस्था चेकजाँज गर्ने जस्ले गर्दा फ्रड तथा जालसाजलाई न्यूनिकरण गराउन सकिन्छ । -एकै दिनमा बढी कर्जा लगानीको सेम्पलिङ्ग गरेर साथै ठुलो मात्राको बाँकी रहेका कर्जा रकम चुक्ता भई पुन त्यहि सदस्यलाई नयाँ कर्जा लगानी भएको कर्जाहरुलाई नमुना गरेर फ्रड भए नभएको यकिन गर्न सकिन्छ । -कर्जा लगानी गर्दा नगदमा भुक्तानी नगरिकन बैंक चेकमार्फत कर्जा लगानी गर्ने, जस्ले गर्दा एक व्यक्तिको नामबाट अन्य व्यक्तिले कर्जा चलाउन नपाओस । -अनुगमनकर्ताले शाखा चेकजाचँको बेला दैनिकी सम्भव भएसम्म २ वटा समुह तथा केन्द्र निरिक्षण गर्ने, चेकजाँच दौरानमा सदस्यहरुको जम्मा गरेको रकम बारे अन्तरकृया गर्ने यसो गर्दा कलेक्सनसिट वा असुली सिटसंग सदस्यले छलफलमा भनेका कुराहरु मेल खाए नखाएको भिडान गर्ने । केन्द्रको कलेक्सनसिटसंग शाखा कार्यालयमा रहेको कलेक्सनसिटसंग भिडान गर्न केन्द्रमा रहेको असुलीसिटको फोटो खिचेर कार्यालयको सिट र सिस्टममा भिडान गर्ने । -कर्मचारीहरुलाई सधै उत्प्रेरित गर्न, गराउन आन्तरिक र बाहय तालिममा सहभागी गराउने । -ग्राहकलाई बित्तीय साक्षरता जस्तै कर्मचारीलाई पनि बेला बेलामा सचेतना अन्तरकृया कार्यक्रम संचालन गर्ने । -केन्द्र बैठकबाट आउने कलेक्सनसिटमा केरमेट भएको कारोवारलाई टेलिफोनबाट सदस्यसँग सोधपुछ गरि केरमेट भएको कारण तथा विवरण भिडान गर्ने । -केन्द्रहरुलाई बेला बेलामा पुर्नताजगी तालिम, अन्तरकृया, अभिभावक बैठक र बितिय साक्षरता कार्यक्रम संचालन गर्ने । -संस्थाको नीति नियम परिपत्र तथा निर्देशनलाई अक्षरस पालना गर्ने, गराउने । -नियमित, तथा आकस्मिक रुपमा शाखा कार्यालयको आन्तरिक लेखापरिक्षण गर्ने, कमिकमजोरी भए सुधार तथा ल्याकिगं भएको खण्डमा समयमै आवश्यक कारवाही गर्ने । -कर्मचारीहरुलाई अति आवश्यक कार्यहरु गर्नका लागि स-सानो पेश्कि, सापट तथा कर्मचारी कर्जाको व्यवस्था गर्ने । -बैकिङ कसुर जन्य कार्यको कानुनी सजायहरुको बारेमा कर्मचारीहरुलाई प्रशिक्षण तथा अन्तरकृया गर्ने, साथै फ्रड तथा जालसाज गर्नेलाई के कति दण्ड, सजाय तथा क्षतिबारे जानकारी गराउने । -राम्रो कार्य गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई सजायको व्यवस्था गर्ने । -संख्यात्मक प्रगती भन्दा गुणात्मक बृद्धि तथा प्रगतीलाई प्राथमिकता दिने । -बेला बेलामा शाखा कार्यालय भएको स्थानमा जनप्रतिनिधी, समाजसेवी,अगुवा, अभिभावक र केन्द्र प्रमुखहरुलाई राखेर पब्लिक अडिट गर्ने,गराउने । -फ्रड तथा आर्थिक हिनामिना गर्नेलाई सुन्य सहनशिलता नीति अबलम्बन गर्ने । -शाखा कार्यालयहरुलाई असुहाउदो तथा एग्रेसिभ रुपमा लक्ष्य प्रदान नगर्ने, लक्ष्य निर्धारण गर्दा शाखा कार्यालयको बस्तु स्थिती तथा अन्य कुराहरुको बिश्लेषणको आधारमा बार्षिक तथा मासिक लक्ष्य निर्धारण गर्ने । -सकेसम्म केन्द्रमा ऋबकज भिकक कारोबार गर्ने डिजिटर कारोबारलाई प्राथमिकता दिने, नगद रहित कार्य गर्ने । -कर्मचारीहरुको समयसापेक्ष सेवा सुबिधाहरुलाई परिमार्जन गर्ने । -संस्थाको नीतिनियम,परिपत्र,कम्प्लयान्स मिचेर काम गर्ने जोसुकैलाई कारवाहीको लागि सिफारिस गर्ने । -शाखा कार्यालय निरिक्षण जादाँ तथा फर्कदा रुटमा पर्ने शाखा कार्यालयहरुमा १ घण्टा भएपनि सरप्राइज रुपमा भिजिट गर्ने । -धितोमा अधारित कर्जा लगानीको लागि जग्गा तथा धितोलाई मुल्याकंन गर्न बाहय मुल्याकंनकर्ताबाट मुल्याकंन गराएर धितो कर्जा लगानी गर्ने । -सदस्यहरुलाई प्रत्येक कारोबारहरुको एस एम एस आउने सिस्टम बनाउने तथा सो सम्बन्धमा ग्राहक सदस्यहरुलाई जानकारी तथ सचेत गराउने साथै सदस्यलाई एसएमएस आए नआएको यकिन गर्ने । -सबै शाखा कार्यालयहरुमा सिसिटिभि जडान गर्ने सो को प्रभावकारी चेकजाँच केन्द्रिय कार्यालयमा अप्रेशन विभागबाट गर्ने । -स्थानीय कर्मचारीलाई सकेसम्म स्थानिय शाखा कार्यालयहरुमा अति आवश्यक बाहेक अलिकति टाढा भएको शाखामा पदस्थापन गर्ने, स्थानिय कर्मचारीहरु भएकोलाई बिशेष निगरानी राख्ने । -शाखा प्रमुखको जिम्मेवारी प्रदान गर्दा अनुभवी कर्मचारीहरुलाई प्राथमिकता दिने सकेसम्म संस्थाकै सक्ष्म कर्मचारीहरु तथा योग्य कर्मचारीहरु बीच प्रतिस्पर्धा गराई जिम्मेवारी प्रदान गर्ने । -नयाँ खोलिने शाखाहरुमा कम्तिमा १ जना संस्थाको पुरानो कर्मचारीलाई व्यवस्थापन गर्ने । -मासिक रुपमा शाखा कार्यालयको बैंक स्टेटमेन्ट भिडान विवरण केन्द्रीय कार्यालयमा मागँ गर्ने । -नयाँ कर्मचारी न्युक्त गर्दा सेवा प्रवेश तालिमको व्यवस्था गर्ने र बित्तीय संस्थाको कोड अफ कन्डक्ट बारेमा प्रशिक्षण गर्ने । (लेखक साधना लघुवित्त वित्तीय संस्थाका नायब महाप्रबन्धकको रूपमा कार्यरत छन् )

महामारीका रुपमा फैलिँदैछ तनाव, ९० प्रतिशत रोग तनावकै कारण लाग्ने

विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठूलो महामारीका रुपमा लिने गरिएको छ । मानिसलाई जस्तोसुकै रोगहरु पनि लाग्न सक्छ, त्यसको समयमै उपचार हुन सके निको पनि हुन्छ तर तनाव आएपछि सजिलैसँग त्यसबाट मुक्ति पाउन सकिँदैन । विश्व स्वास्थ्य सङ्गठनले तनावलाई जटिल स्वास्थ्य समस्याका रुपमा लिएको छ । तनावमा रहेको व्यक्तिले न राम्ररी सोच्न सक्छ, न बोल्न नै । यसका कारण उसको अरू व्यक्तिसँगको सम्बन्ध पनि बिग्रँदै जान्छ । त्यसैले अहिले मानिसको सबैभन्दा ठूलो समस्या भनेकै तनाव हो । मानिसको शरीरमा लाग्ने रोगको ७० देखि ९० प्रतिशत रोगहरु तनावकै कारण लाग्ने गर्दछ । तनावकै कारण ससाना व्यक्तिगत समस्यादेखि विश्वमा ठूलाठूला युद्ध, आतङ्कवादी घटनाहरु हुने गरेका छन् । तनावको समस्या पहिल्याउनु नै अहिलेको मुख्य चुनौती बनेको छ । पश्चिमा देशहरुले तनाव व्यवस्थापनका लागि थुप्रै कार्यक्रम ल्याएका छन् । अमेरिकामा कुनै एउटै  संस्थाले चालिस वर्षको बजेट बराबर खर्च गर्ने नभएर कूल तनाव व्यवस्थापनमा निजी क्षेत्रले गर्ने रकम नेपालको बजेटको ४० गुणाभन्दा बढी हुन्छ तर परिणाम शून्य छ । त्यसैले तनाव व्यवस्थापन खर्चिलो मात्र नभई समस्याको निदान नहुने भएकाले यसबाट पहिले नै सतर्क हुन आवश्यक छ । मानिसले आफ्नो दैनिक बानीमा केही परिवर्तन गर्नाले तनाव कम गर्न मद्दत पुग्न सक्छ । तनावका मुख्य कारण आज हरेक व्यक्ति कुनै न कुनै तनावबाट ग्रस्त छ । तनावको मूल कारण जीवनमा जुन परिवर्तन आएको छ, त्यसलाई आत्मसात् गर्न नसक्नु हो । समय क्षणक्षणमा बदलिएको छ तर हामी पुरानो सोच र आग्रहबाट ग्रसित छौँ । जसले गर्दा तनाव सृजना हुने गर्दछ । मानव जीवनको मूल लक्ष्य भनेकै खुसी हुनु हो । खुसी हुन नसक्नु तनावमा जानु हो । धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्नु, निरन्तर रक्सी पिउनु, धेरै क्याफिन उपभोग गर्नुले पनि मानिसको जीवनमा थप तनाव ल्याउने गर्दछ । अर्को कुरा मानिसले समयको सही सदुपयोग गर्न नसक्दा पनि तनाव सृजना हुने गर्दछ । अर्काको इष्र्याले पनि तनाव सृजना गर्दछ । मानिसमा इष्र्या भावले गर्दा सम्बन्धमा दरार आउने गरेको छ । इष्र्यामा अरुलाई दबाउन खोजिन्छ । अरुभन्दा धनी कसरी बन्ने, म नै राम्रो हुँ भन्ने भाव बढ्नु उपभोक्तावादी र प्रतिस्पर्धात्मक संस्कारको उपज हो । तनाव व्यवस्थापनका उपाय  तनाव व्यवस्थापन गर्ने एउटा राम्रो उपाय भनेको अध्यात्म हो । अध्यात्मलाई ध्यान र योगसँग जोड्न सकिन्छ । जीवनमा आएका चुनौतीहरुको समाधान गर्न सक्ने क्षमता घट्न गएमा तनाव हुने गर्दछ । जस्तो भनौँ कि कुनै चुनौती हाम्रा अगाडि आयो, त्यसलाई एक सय अङ्क दियौँ । त्यो चुनौतीको सामना गर्न सक्ने हामीसँग ४० बराबरको क्षमता छभने नपुग ६० अङ्क भनेको तनाव हो । त्यसैले ६० अङ्कलाई घटाउन हाम्रो क्षमतालाई बढाउँदै लैजानुपर्छ । जति मात्रामा बढाउँदै लैजान सकिन्छ तनाव त्यति नै घट्दै जान्छ । परिस्थितिलाई बदल्न सकिँदैन, तर मनस्थितिलाई बदल्न सकिन्छ । जीवनमा चुनौतीहरु आइरहन्छन्, त्यसलाई तनावका रुपमा लिने होइन, त्यसको समाधानका लागि हामीले हामीभित्र रहेको क्षमतालाई बढाउँदै लैजानुपर्छ । म गर्न सक्छु भन्ने आत्मविश्वास जागृत भएमा जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ । त्यसलै मानिसभित्र जीवनको बोध हुनुपर्छ । शरीर, मन र चेतनालाई दुरुस्त राख्नुपर्छ । शरीरलाई ऊर्जाशील र स्वस्थ बनाइराख्नुपर्छ । मानिसको शरीरमा इन्डोर्फिन रस नामक हर्मोन जन्मन्छ, यो जति बढी भयो, तनाव कम हुँदै जान्छ । हरेक दिन आधा घण्टा मात्रै व्यायाम गर्यो भने पनि त्यस्तो हर्मोन बढ्न जान्छ र मानिस तनावमुक्त हुन्छ । त्यस्तै मनमा भएका तनाव हटाउन हरेक दिन गरिने प्राणायाम एउटा प्रभावकारी विधि हुनसक्छ । यसमा नमस्कार विधि निकै प्रभावकारी देखिएको छ । यो विधि हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्षदेखि अभ्यास गर्दै आएका छन् । यसैगरी ध्यानले पनि तनावलाई जरोदेखि नै उखेल्न मद्दत गर्दछ । त्यसबाहेक जीवनमा मैले जित्नैपर्छ भन्ने भावनालाई पनि त्याग्नुपर्छ । हारलाई सहिज रुपमा स्वीकार गर्ने व्यक्ति सधैँ तनावमुक्त रहन्छ । यसलाई हारले हराउन सक्दैन, बरु जित्नका लागि थप बद पुग्दछ । त्यसलै भनिन्छ नि, असफलता नै सफलताको सिँढी चढ्नु हो । किनकि हारले मन मष्तिस्कलाई कमजोर बनाउँदैन । जसरी कुनै खेलाडीले आज खेलमा पराजय भोग्नु परे पनि अरूको सफलतामा रमाउँछ र भोलि विजय हुने अठोट राख्छ । सम्बन्धमा जहिले पनि लिनु र दिनुभन्दा सकारात्मक सम्बन्ध बनाइराख्न जोड दिनुपर्छ । अरूलाई स्वीकार गर्ने व्यक्तिले मात्रै सम्बध बनाउन सक्छ । आज हाम्रा कार्यालय, अफिसहरुमा यही सम्बन्धको अभाव रहेका कारण आपसमा द्वन्द्व, बेमेल र अविश्वास झाँगिदो छ । अहिले हरेक व्यक्ति वा कार्यालयका प्रमुखहरुले आर्थिक मन्दीलाई मुख्य समस्या देखाउने गरेका छन् । वास्तवमा त्यो भन्नु आफूले आफ्नो क्षमतालाई बढाउनेतर्फ बेवास्ता गर्नु हो । आफू र आफ्ना मातहतका कर्मचारीहरुलाई कम्तीमा तीन महिनामा एकपटक तनावमुक्त गर्ने तालिम दिन सकिएमा प्रतिफल राम्रो आउनेछ । मानव संसाधनमा लगानी गर्नु भनेको क्षमतामा लगानी गर्नु हो । अब कार्यालयहरुमै ध्यान, प्राणायाम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदाहरु ल्याउँछ भने योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ । योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ । योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ । त्यस्तै स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्न सक्छ । काम गर्ने भनेको मानिसले हो, यसलाई नै स्वस्थ बनाउन सकिएन भने कुनै सकारात्मक परिणाम आउन सक्दैन । शारीरिक गतिविधि तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सुधार गर्नका लागि महत्वपूर्ण छ । तनाव व्यवस्थापन गर्न हिँड्ने, जिम जाने, पौडी खेल्ने जस्ता शारीरिक व्यायाम गर्न सकिन्छ । सवारी साधान चढ्ने व्यक्तिले पनि सम्भव भएसम्म हप्तामा एक वा दुई दिन मात्रै भए पनि हिँडेर घर कार्यालय आउजाउ गरेमा घर वा कार्यालयको तनाव धेरै नै कम हुन सक्छ । समय व्यवस्थापन अर्थात् समयभित्र आफू व्यवस्थित रहनु भनेको समस्या आउन नदिनु हो । समय व्यवस्थापनका लागि हरेक दिन बिहान योजना बनाएर काम गर्नुपर्छ । योजनासँगै लक्ष्य राख्नुपर्छ भने आफ्नो काम सम्पन्न गर्नका लागि ध्यान दिनुपर्छ । कुनै गाह्रो काम भए त्यसलाई पन्छाएर नभई पहिले नै गरेर सक्नुपर्छ । अनावश्यक रुपमा समयलाई बर्बाद हुन दिनु हुन्न । समयको सदुपयोगले तनावलाई रोक्न मद्दत गर्छ । हरेक व्यक्ति ब्रह्माण्ड हो, यसको जन्म अरूलाई हराउन होइन, जिताउन सक्छु भन्नेमा यसको ध्यान जानु पर्दछ । आफूभित्रकै क्षमता जागृत गरी प्रत्येक व्यक्तिले प्रगति गर्न सक्छ । कसैसँग प्रतिस्पर्धा गरिरहनु नै पर्दैन । इष्या, वैमनष्य नराखी आफ्नो क्षमता उपयोग गर्न सकिएमा तनाव स्वतः कम हुन्छ । (जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)