निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी
काठमाडौं । निसानका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) इभान एस्पिनोसा जापानी अटो निर्माता कम्पनीलाई सुधार्ने कठिन कामको सामना गर्दैछन् । एस्पिनोसाले लागत घटाउने योजना अघि सारेका छन् । किनभने घट्दो विक्री अवस्था फर्किने कुनै ग्यारेन्टी छैन । नयाँ मोडलहरूको कमी, सबैभन्दा ठूलो बजारमा नयाँ ट्यारिफ र चिनियाँ तथा स्थानीय प्रतिस्पर्धीहरूको तीव्र प्रतिस्पर्धाले गर्दा निसानलाई बिक्री टिकाइराख्न निकै कठिन हुनेछ । कम्पनीको बिक्री सन् २०१७ को व्यापार वर्षदेखि अहिलेसम्म ४२ प्रतिशतले घटिसकेको छ । एस्पिनोसाले मंगलबार ११ हजार थप कर्मचारी कटौती गर्ने, सातवटा कारखाना बन्द गर्ने योजना सार्वजनिक गरे । साथै उनले चालू आर्थिक वर्षमा बिक्री ३ प्रतिशतले घट्ने अपेक्षा गरिएको जानकारी दिए, किनकि प्रमुख बजारहरूमा प्रदर्शन दबाबमा रहेको छ । कम्पनीले चीनमा बिक्री १८ प्रतिशतले घट्ने आशा राखेको छ भने उत्तर अमेरिका र जापानमा बिक्री झन्डै स्थिर रहने अनुमान छ । 'तिनीहरूसँग हाइब्रिड कारहरूको लाइनअप छैन । तिनीहरूको ब्याट्री(चालित विद्युतीय सवारी ९बीईभी० सफल छैनन्,' अनुसन्धान संस्था पेलहम स्मिथर्स एसोसिएट्सकी विश्लेषक जुली बुटेले भनिन् । 'तिनीहरूले नयाँ मोडल ल्याउनमा काम गर्नुपर्नेछ, तर त्यसमा समय लाग्छ र ती पहिलेभन्दा सफल हुने ग्यारेन्टी पनि छैन,' उनले थपिन् । एस्पिनोसाले सवारी विकास समयलाई उल्लेखनीय रूपमा छोट्याउने र कम्पनीको रणनीतिलाई सबैभन्दा महत्त्वपूर्ण अमेरिकी बजारमा क्रसओभर र स्पोर्ट युटिलिटी सवारीहरू (एसयूभी) मा केन्द्रित गर्ने वाचा गरेका छन् । 'हामी बुझ्दछौं कि दीर्घकालीन सुधार केवल लागत कटौतीमा भर पर्न सक्दैन । यसलाई सशक्त उत्पादन प्रस्तावले पनि साथ दिनुपर्छ,' उनले भने । रणनीतिअनुसार निसानले यो आर्थिक वर्षदेखि आफ्ना अमेरिका बिक्रीमा सर्वाधिक बिक्री हुने ‘रग’ एसयूभीको प्लग-इन हाइब्रिड संस्करण संयुक्त रूपमा आफ्नो साझेदार मित्सुबिशी मोटर्ससँग विकास गरेर ल्याउनेछ । अर्को हाइब्रिड संस्करण अर्को आर्थिक वर्षमा ल्याइनेछ, जसमा निसानको ई-पावर हाइब्रिड प्रविधि प्रयोग गरिनेछ । बुटेका अनुसार यो रणनीति सफल हुनेमा निसान विश्वस्त छैन, किनभने प्लग-इन हाइब्रिडहरूको माग शुद्ध हाइब्रिड जति छैन । 'उनीहरूले आकर्षक उत्पादन ल्याउनुपर्नेछ यो लक्ष्य हासिल गर्न,' बर्नस्टीनका वरिष्ठ विश्लेषक मासाहिरो अकिताले भने । ट्यारिफ र नाफा समस्या अमेरिकाले लागू गरेका नयाँ ट्यारिफहरूले निसानको चालू आर्थिक वर्षमा बिक्री घटाउने योजनालाई थप जटिल बनाएको छ । कम्पनीले ३ प्रतिशत घटाएर ३० लाख २५ हजार सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । ट्यारिफले गर्दा कम्पनीले अमेरिका बजारमा मूल्य बढाउनुपर्ने सम्भावना छ भने उत्पादन लागत पनि बढ्नेछ । अघिल्लो आर्थिक वर्षमा अमेरिका बिक्री ९ लाख ३८ हजार सवारीमा पुगेको थियो, तर यो वृद्धि कम मूल्यका साना सवारीहरू- जस्तै मेक्सिकोबाट आयात गरिएका सेन्ट्रा र भर्साका कारण थियो । तर, उत्तर अमेरिकी बजारमा निसानको सञ्चालन नाफा माइनस ०.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.६ प्रतिशत थियो, यद्यपि कार बिक्री बढेको थियो । निसानले आफ्ना अमेरिकी बजारका कुल बिक्रीमध्ये मेक्सिको र जापानबाट ४५ प्रतिशतभन्दा कम मात्रै आयात गर्छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले चालु आर्थिक वर्षमा कम्पनीलाई ४५० अर्ब येन (३.१ अर्ब डलर) खर्च गराउनेछ भन्ने अनुमान छ । नाफा अझै दबाबमा रहन्छ, किनभने कम्पनीले पुराना मोडलहरूको स्टक घटाउन भारी छुटहरू प्रदान गरिरहेको छ । एकै समयमा निसान चिनियाँ ईभी निर्माता जस्तै बीवाईडी र घरेलु प्रतिस्पर्धीहरूबाट पनि चुनौतीको सामना गरिरहेको छ । सस्तो मूल्यका सवारी बनाउने निसानको सानो प्रतिस्पर्धी सुजुकीले सन् २०२५ को पहिलो तीन महिनामा निसानको बिक्रीलाई पार गर्दै टोयोटा र होन्डा पछाडि जापानको तेस्रो ठूलो अटो निर्माता बन्ने बाटोमा छ । खस्किँदै कम्पनी निसान जापानका ठूला अटो निर्माता कम्पनीहरूमा यस वर्ष अहिलेसम्म २९ प्रतिशत गिरावटसहित सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनेको छ, जुन व्यापक बजारको ५.५ प्रतिशत गिरावटभन्दा निकै खराब हो । यस वर्ष सुरुमा ठूला प्रतिस्पर्धी होन्डासँगको एकीकरण प्रयास असफल भएपछि एस्पिनोसाले कम्पनीको नेतृत्व सम्हालेका हुन् । उनी अघि मकोटो उचिडा पदमा थिए । उक्त एकीकरण भएमा विश्वकै चौथो ठूलो अटो कम्पनी बन्ने थियो । विश्लेषकहरूका अनुसार निसानले विगतमा पूर्वअध्यक्ष कार्लोस गोसनको नेतृत्वमा बिक्री बढाउने लक्ष्यमा अत्यधिक ध्यान केन्द्रित गरेको र भारी छुटमार्फत बिक्री बढाउने रणनीतिले अहिले कम्पनीलाई घाटा भएको हो । यसले कम्पनीको ब्रान्ड छविमा क्षति पुर्याएको छ र कम्पनी अहिले पुराना मोडलहरूलाई अद्यावधिक गर्न संघर्ष गरिरहेको छ । बुटेले चिन्ता व्यक्त गर्दै भनिन्, 'यदि ट्रम्पको ट्यारिफ लामो समयसम्म रह्यो भने निसानले थाम्न सक्ला कि सक्दैन भन्ने प्रश्न उठ्छ ।' टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड
नेपालमा ५०० बढी सेरेस ईभी सडकमै, २०२६ सम्म तीन नयाँ मोडेल ल्याइने
काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी ईभी सञ्चालनमा आइसकेको घोषणा गरेको छ । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा हरित तथा दिगो यातायात प्रणालीप्रतिको चासो र विश्वास झनै बलियो बनाएको छ । सेरेसले यो सफलता अवसरमा विशेष समारोहको आयोजना गरी केक काटेर उत्सव मनाएको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक सिकरियाले भने, 'नेपालको चुनौतीपूर्ण भूगोललाई ध्यानमा राखेर डिजाइन गरिएका सेरेसका भरपर्दा, शक्तिशाली र आकर्षक गाडीप्रति नेपाली प्रयोगकर्ताको उत्साह हर्षलाग्दो छ ।' कम्पनीले आगामी २०२६ भित्र तीन नयाँ सेरेस ईभी मोडेल नेपाली बजारमा ल्याउने घोषणा पनि गरेको छ । यसले नेपाली बजारमा विद्युतीय सवारीको विविधता र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।
टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड
काठमाडौं । टेस्लाको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको तलबसम्बन्धी विषयको समीक्षा गर्न विशेष समिति गठन गरेको छ । समितिले नयाँ स्टक विकल्प प्याकेजको सिफारिस गर्न सक्ने सम्भावना रहेको फाइनान्सियल टाइम्सले बुधबार रिपोर्ट गरेको छ । दुई सदस्यीय उक्त समितिमा टेस्ला बोर्ड अध्यक्ष रोबिन डेनहोम र स्वतन्त्र बोर्ड सदस्य क्याथलीन विल्सन–थम्पसन रहेका छन्, पत्रिकाले स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ । यससम्बन्धमा बुझ्न खोज्दा टेस्ला, रोबिन डेनहोम र क्याथलीन विल्सन- थम्पसनले प्रतिक्रिया दिएका छैनन् । एफटीका अनुसार यदि टेस्लाको २०१८ को तलब प्याकेज पुनः लागू गर्न अदालतबाट अपील सफल भएन भने उक्त समितिले मस्कलाई अघिल्लो कामको लागि वैकल्पिक क्षतिपूर्ति दिने उपायहरू पनि विचार गर्नेछ । कुनै पनि नयाँ स्टक विकल्प प्याकेज कम्पनीको वित्तीय, सञ्चालन र सेयर मूल्य लक्ष्यहरू पुरा भएमा मात्र उपलब्ध हुनेछन् । मस्क कम्पनीका १३ प्रतिशत सेयरको मालिक हुन् । उनले पहिले प्रतिज्ञा गरेको किफायती इलेक्ट्रिक गाडी (ईभी) प्लेटफर्मभन्दा रोबोट्याक्सी र ह्युमोनाइड रोबोटहरूमा ध्यान केन्द्रित गर्न थालेका छन्, जसले कम्पनीलाई परम्परागत कार निर्माता होइन, कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स कम्पनीको रूपमा पुनः परिभाषित गर्दैछ । गत महिना टेस्लाले केही तलबसम्बन्धी मामिलाहरूको समीक्षा गर्न विशेष समिति गठन गरिएको जनाएको थियो, तर विस्तृत विवरण भने खुलाएको थिएन । मार्च महिनामा मस्कले टेस्लाबाट प्राप्त हुने ५६ अर्ब डलरको तलब पुनःस्थापना गर्न अदालतमा अपील सुरु गरेका थिए, जसमा तल्लो अदालतको न्यायाधीशले कानुनी त्रुटि गरेको दाबी गरेका थिए । यस महिनाको सुरुमा डेनहोमले वाल स्ट्रीट जर्नलको त्यो रिपोर्टलाई अस्वीकार गरेकी थिइन्, जसमा भनिएको थियो कि बोर्डका सदस्यहरूले मस्कको विकल्प खोज्न कार्यकारी खोज फर्महरूसँग सम्पर्क गरिरहेका छन् । बेलायती कारहरूलाई छुट दिँदा अमेरिकी अटो निर्माता आक्रोशित टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड