यूएसएआईडीका ५ सय बाइक तथा ११८ गाडी चोभारमा थन्किए

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालस्थित कार्यालय बन्द भएपछि त्यसअन्तर्गतका ५१८ सवारीसाधन काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा राखिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ती सवारीमध्ये ५०० वटा मोटरसाइकल र ११८ वटा चारपांग्रे गाडी छन् ।  समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले डेढ महिनाअघि पार्किङ शुल्कको आधारमा ती सवारीसाधन सुक्खा बन्दरगाहमा राखिएको जानकारी दिए । ‘दैनिक प्रति गाडी १०० रुपैयाँ र मोटरसाइकलको आकारअनुसार शुल्क लिइरहेका छौं,’ उनले भने । गजुरेले ती सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको समेत बताए । यूएसएआईडीको कार्यालय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती गर्ने निर्णयसँगै सन् २०२५ को जनवरी २० पछि बन्द गरिएको थियो ।  कार्यालय बन्द भएपछि त्यसका सवारीसाधनलाई चोभारस्थित सुक्खा बन्दरगाहमा सारिएको हो ।  व्यवसायीहरूले बजेटमा कर बढ्ने हल्लाका बीचमा ल्याएका आवश्यकभन्दा बढी गाडी हाल चोभार सुक्खा बन्दरगाहमै थन्किएका छन् । बन्दरगाहमै १ हजार २ सय सवारीसाधन रहेको जनाइएको छ ।

किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा

काठमाडौं । किया इण्डियाका दुई पूर्वकर्मचारीहरूमाथि इञ्जिन चोरीको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । उनीहरूमाथि तीन वर्षको अवधिमा कार निर्माता कम्पनीको कारखानाबाट १ हजार ८ इञ्जिन चोरी गर्न स्क्र्याप डिलरहरूसँग मिलेमतो गरेको आरोप छ । यद्यपि ती इञ्जिनहरूको मूल्य २.३ मिलियन अमेरिकी डलर (झन्डै ३१ करोड ५ लाख रुपैयाँ) थियो । प्रहरी अनुसन्धानले यस घटनाले उद्योग सञ्चालन, सरोकारवालाहरूको विश्वास र रोजगारीको सुरक्षामा व्यापक असर पारेको भन्दै राज्यहरूबीचको अपराध सञ्जालको चिन्ता पनि उठाएको छ । कियाले गत मार्चमा भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीमा कम्पनीको आन्तरिक अभिलेख समीक्षा गर्दा यसको सहायक कार निर्माता कम्पनी हुन्डाईबाट प्राप्त केही इञ्जिन हराएको र यसमा पूर्व तथा वर्तमान कर्मचारीहरूको मिलेमतो भएको शंका व्यक्त छ । १६ अप्रिलमा जारी प्रहरी दस्तावेजअनुसार प्रारम्भिक अनुसन्धानले किया इण्डियाका दुई पूर्व कर्मचारी- इञ्जिन डिस्प्याच सेक्सनका टिम लिडर र सेक्शन हेडले नक्कली बिल र हेरफेर गरिएको गेट पास प्रयोग गरी कारखानाबाट अवैध रूपमा इञ्जिनहरू बाहिर पठाएको देखाएको छ । उनीहरूले कम्तीमा दुई अन्य व्यक्तिसँग मिलेर इञ्जिन बाहिर लैजान मद्दत गरेका गरेका थिए भने अन्य दुई स्क्र्याप डिलरहरूले ती इञ्जिनहरू भारतको राजधानी नयाँ दिल्लीसम्मका ग्राहकलाई बेचेका थिए । अनुसन्धान अधिकृत के। राघवनले १६ अप्रिलमा जारी गरेको दस्तावेजमा पटकपटक अवैध कारोबार, नक्कली वा हेरफेर गरिएको नम्बर प्लेट भएका ट्रकहरूको प्रयोग गरिएको उल्लेख गरेका छन् । राघवनले गोपनीयता कारण थप टिप्पणी गर्न अस्वीकार गरे । किया इण्डियाले रोयटर्सलाई दिएको वक्तव्यमा गत वर्ष कम्पनीले आफ्नो इन्भेन्टरी व्यवस्थापन प्रणाली सुदृढ गर्दै जाँदा यी गडबडीहरू पत्ता लागेको जनाएको छ । कम्पनीले आन्तरिक अनुसन्धान गरी प्रहरीलाई खबर गर्‍यो र हाल आन्तरिक प्रक्रियाहरू अझ कडा बनाउँदै निगरानी प्रणाली बलियो पार्ने काममा जुटिरहेको छ । कियाको कारखानामा इञ्जिन डिस्प्याच सेक्सनका पूर्वप्रमुख ३७ वर्षीय विनायगमूर्ति भेलुचामी हाल हिरासतमा छन् र उनले जमानतको लागि राज्य उच्च अदालतमा निवेदन दिएका छन् । उनले चोरीमा संलग्न रहेको आरोप अस्वीकार गरेका छन् । उनी सन् २०२३ मा कम्पनीबाट बाहिरिएका थिए । अर्का आरोपित कर्मचारी ३३ वर्षीय पूर्व टिम लिडर पाटन सलीम हुन्, जो सन् २०२० देखि २०२५ सम्म कारखानामा कार्यरत थिए । प्रहरी दस्तावेजअनुसार उनको हालको ठेगाना अज्ञात छ र दस्तावेजमा उल्लेख गरिएका दुईवटा फोन नम्बर निष्क्रिय छन् । यी दुवै पूर्व कर्मचारीहरूलाई हालसम्म कुनै आरोपमा औपचारिक रूपमा मुद्दा चलाइएको छैन, तर अनुसन्धानमा आरोपितको रूपमा नाम उल्लेख गरिएको छ, जुन अझै प्रारम्भिक चरणमा छ । प्रहरी दस्तावेजका अनुसार उच्च स्तरको पूर्वयोजना र आन्तरिक पहुँचको दुरुपयोगु भएकोले दोषी ठहरिएमा भारतीय कानुनअनुसार उनीहरूलाई १० वर्ष वा सोभन्दा बढी सजाय हुनसक्छ । भारतमा चोरीका घटना सामान्य भए पनि कियाको योजस्तो दीर्घकालीन र ठूलो परिमाणको कर्पोरेट स्तरको चोरी दुर्लभ मानिन्छ । कियाले २०२५ जनवरीमा स्टक मिलान गर्दा इञ्जिन गायब भएको देखेपछि प्रहरीलाई यसबारे जानकारी दिएको थियो, जसको एक महिना अघि कम्पनीले कारखानाको सिसिटिभी फुटेजमा अनधिकृत गाडीहरूको गतिविधि पनि फेला पारेको थियो । मार्च महिनाको उजुरीमा कम्पनीले ९४० वटा इञ्जिन हराएको उल्लेख गरेको थियो । प्रहरीले जाँचका क्रममा नौ वटा मोबाइल फोन बरामद गरेको छ, जसमा ह्वाट्सएपका स्क्रिनसट, ढुवानी बिल र ट्रकका तस्बिरहरू थिए । 'अपराधबाट आर्जन गरिएको पैसा व्यक्तिगत आवश्यकता, ऋण तिर्न, अचल सम्पत्ति किन्न वा व्यवसायमा पुन: लगानी गर्न प्रयोग गरिएको थियो,' प्रहरी दस्तावेजमा उल्लेख छ । टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता  

टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता

काठमाडौं । टोयोटा मोटरले फोर्कलिफ्ट निर्माता टोयोटा इन्डस्ट्रीजलाई ३३ अर्ब अमेरिकी डलरको सम्झौतामा निजीकरण गर्ने भएको छ । यो सम्झौता समूहभित्रको क्रस-सेयरहोल्डिङ प्रणाली (एउटै व्यावसायिक समूहभित्रका कम्पनीहरूले एक-अर्काको सेयर किनेर आपसी स्वामित्व बनाएको प्रणाली)  खोल्ने ऐतिहासिक कदम हो, जसले टोयोडा परिवारको प्रभाव अझ बलियो बनाउने अनुमान गरिएको छ । कम्पनीहरूका अनुसार निजीकरण भएपछि टोयोटा इन्डस्ट्रीजले दीर्घकालीन व्यापारिक रणनीति अपनाउन सक्नेछ । जापानी बहुराष्ट्रिय कम्पनीहरू एक-अर्कामा राखिएका लगानीलाई अन्त्य गर्ने सरकारी अभियान अन्तर्गत बढ्दो दबाबमा छन् । 'यसले समूहभित्रको क्रस(सेयरहोल्डिङ केही हदसम्म सरलीकृत गर्छ,'मर्निङस्टारका वरिष्ठ विश्लेषक भिन्सेन्ट सनले भने, 'हामीलाई लाग्छ टोयोटा मोटरले भविष्यमा सम्भावित स्वचालित (लजिस्टिक्स) प्रविधि उपयोग गर्न टोयोटा इन्डस्ट्रीजमा लगानी गर्नु उचित निर्णय हो ।' टोयोटा समूहको कुल अधिग्रहण लागत करिब ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) हुने कम्पनीका प्रवक्ताले बताए । यसमा टोयोटा इन्डस्ट्रीजका सेयरहरू १६ हजार ३०० येन प्रतिशेयरको दरले किन्ने गरी २६ अर्ब डलरको टेन्डर अफर समावेश छ, जुन मंगलबार सम्झौता घोषणा हुनुअघि बन्द भएका १८ हजार ४०० येनको बजार मूल्यभन्दा निकै कम हो । सम्झौताका लागि नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । समूहको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ, जबकि टोयोटा मोटरका अध्यक्ष अकीओ टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भोटिङ अधिकार नभएका प्राथमिक सेयरहरूमा ७०० अर्ब येन लगानी गर्नेछ । टोयोटा मोटर र समूहका अन्य कम्पनीहरू- ऐसिन, डेन्सो र टोयोटा त्सुशोले टोयोटा इन्डस्ट्रीजमा रहेका आफ्ना सेयरहरू बेच्नेछन् र टोयोटा इन्डस्ट्रीजले राखेका उनीहरूका सेयरहरू फिर्ता लिनेछन् । ुटोयोटा समूह मानिस, वस्तु, सूचना र ऊर्जा सर्नसक्ने माध्यममा केन्द्रित हुँदै मोबिलिटी कम्पनीमा रूपान्तरण हुँदैछ,' कम्पनीहरूले भनेका छन्, 'टोयोटा इन्डस्ट्रीजले वस्तुहरूको यातायातमा केन्द्रित रहनेछ ।' यद्यपि यो सम्झौता अपेक्षित नै थियो, मूल्य केही चकित पार्ने खालको हुनसक्छ। सञ्चारमाध्यमहरूका अनुसार टेन्डर अफर करिब ४२ अर्ब डलर हुने अपेक्षा गरिएको थियो, जुन वास्तविक अफरभन्दा ६२ प्रतिशत बढी हो । टोयोटाले अप्रिलमा टोयोटा इन्डस्ट्रीजको सम्भावित बाइआउटमा सहभागी हुने विचार गरिरहेको बताएको थियो । गत सेप्टेम्बरसम्म टोयोटासँग टोयोटा इन्डस्ट्रीजको करिब २४ प्रतिशत स्वामित्व थियो, जबकि टोयोटा इन्डस्ट्रीजसँग विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता टोयोटाको करिब ९ प्रतिशत र डेन्सोको ५ प्रतिशतभन्दा बढी सेयर थियो । त्यस्तै, भोल्क्सवागनले २०३० सम्म जर्मनीमा ३५ हजार जागिर कटौती गर्ने योजना अगाडि बढाइरहेको छ । टोयोटा इन्डस्ट्रीज जुन पहिला टोयोडा अटोमेटिक लूम वक्र्सको नामले चिनिन्थ्यो, १९२६ मा सकिची टोयोडाले स्वचालित चर्खा निर्माण गर्न स्थापना गरेका थिए । त्यस कम्पनीभित्रैको अटोमोटिभ डिभिजन पछि अलग भई टोयोटा मोटर बनेको थियो । मस्कले घोषणा गरेको टेस्लाको सस्तो ईभी परियोजना रद्द, कार्यकारी र लगानीकर्ता आक्रोशित