अटो लोनमा बैंकहरुबीच प्रतिष्पर्धा, न्यूनतम व्याजदर ४.५ प्रतिशतसम्म
काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुछ्रे, मेगा र सानिमा लगायतका बैंकले न्युनतम ब्याजदरमा अटो लोन प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । बैंकहरुले न्युनतम सेवा शुल्क सहित अधिकतम कर्जा अवधीमा अटो लोन उपलब्ध गराएउन लागेका हुन् । हिमालयन बैंक हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा शुन्य दशमलब २५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शोका दौरान नाम गराएर ३० दिनपछिसम्म यो अफर अनुसार सवारी साधन खरिद गर्न सकिन्छ । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुबिधा उपलब्ध गराउँछ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले अटो लोन नाममा ६ दशमलब २५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण सात वर्षका लागि उपलब्ध गराउँछ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत कायम गरिएको छ । बैंकले अन द स्पट फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलब ९९ प्रतिशतमा ब्याजदरमा स्पेशल अटो लोन उपलब्ध गराएको छ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तोकिएको छ भने कर्जा अवधी ७ बर्ष रहेको छ । बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । एनएमबी बैंक यो बैंकले पाँच बर्षे कर्जा अवधीका लागि एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६ दशमलब ४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुबिधा दिएको छ । मेगा बैंक मेगा अटो लोनका नाममा बैंकले ७ प्रतिशतको ब्याजदरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिईरहेको छ । यसले पनि ७ वर्षको कर्जा अबधि तोकेको छ । मेगाले दुई दिनमै कर्जा प्रवह गर्ने समेत बताएको छ । माछापुछ्रे बैंक एमबीएल इजी कार लोन अफरसहित माछापुछ्रे बैंकले शुन्य दशमलब ६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटोलोन प्रवाह गर्छ । यसको ब्याजद ६ दशमलब ७५ प्रतिशत मात्रै रहेको छ । बैंकले तीन दिनमा कर्जा प्रवाह गर्ने बताउँदै कर्जा अबधि ७ वर्ष नै तोकेको छ । सानिमा बैंक सानिमाले ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । बैंकले ७ बर्षे कर्जा अवधी तोकेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले पनि शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा सात वर्षका लागि अटो लोन दिईरहेको छ । लक्ष्मी बैंकले पाँच बर्षे कर्जा अबधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । सिभिल बैंक सिभिल बैंकले फियट र स्कोडाका कारहरुको खरिदमा ४ दशमलब ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदैछ । यसको सेवा शुल्क पनि शुन्य दशमलब ५ प्रतिशत मात्रै तोकेको छ । यसको कर्जा अबधि पनि ७ वर्ष नै रहेको छ । सिभिलले अन्य कम्पनीका सवारी साधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख
काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’ एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ
नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै
काठमाडौं, १३ भदौ । भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं अटो शो हुँदैछ । नजिकिँदै गरेका चाडबाडलाई लक्षित गरेर आयोजना हुँदै आएको अटो शोमा सहभागी अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गर्दैछन् । केहि कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरिसकेका छन् भने केहिले शोकै दौरान सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । टाटाले ल्यायो टिआगो मोटर, मूल्य २२ लाख ५५ हजार रुपैयाँ नजिकिँदै गरेको चाडबाडका अवसरलाई छोपेर आयोजना गरिएको अटो शोको पुर्व सन्धयामा टाटा मोटर्सले नयाँ उत्पादन टिओगो नेपाली बजारमा भित्र्याएको हो । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याचव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका थिए । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १ दशमलब २ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । कार बिग्रेमा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । टिआगोको बजार मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । यो कार सन् २०१६ को फेब्रुअरीमा भारतमा पहिलो पटक बिक्री शुरु गरिएको थियो । हाल यो कार भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले ओगटेको कम्पनीको दावी छ । रेनाउल्टको डस्टर र क्विड आयो रेनाउल्ट कम्पनीको ह्याच ब्याग सेगमेन्टका कार डस्टर र क्विड नेपाली बजारमा भित्रिएका छन् । रेनाउल्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत सुमित सावानीको उपस्थितीमा नेपाली बजारमा भित्र्र्याइको हो । बिशाल ग्रुपको एडभान्स अटोमोबाइल प्रालीले रेनाउल्टको कार नेपाली बजारमा भित्र्याएको हो । अटो शोमा व्यापाक बजारीकरण गर्ने उदश्यसहित रेनाउल्टका कार नेपाल भित्र्याएको एडभान्स अटोमोबाइल प्रालीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले बताए । कियाको स्पोर्टेएज नयाँ लुक्ससहित किया मोटर्सको एसयुभी गाडी स्पोर्टेज नयाँ लुक्ससहित नयाँ भर्सनमा आएको छ । नाडा अटो शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाइ नेपाली बजारमा भित्र्याएको हो । यसमा पहिलेभन्दा स्पोर्टी लुक्स थपिएको छ भने सेफ्टी फिचर्सहरु पनि बढाइएको छ । १९९९ सीसीको इञ्जीन छ रहेको कारले शहरी इलाकामा प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो कार डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध छन् । यसका ८ वटा भेरियन्टहरु नेपाली बजारमा ल्याएको छ । तीमध्ये पनि पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स वान, एलएक्सटु र इएक्स वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् । त्यसैगरी डिजेल इञ्जिनमा ६ वटा भेरियन्ट उपलब्ध छन् । एलएक्स वान, एलएक्स टु, इएक्स वान, इएक्स टु, इएक्स (अटो ट्रान्समिसन) भेरियन्ट नेपालमा आएको छ । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् । स्पोर्टएज विभिन्न आठ कलरमा उपलब्धे छन् । क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ । पेट्रोल इञ्जिनको एलएक्स वानको बजार मूल्य ७६ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ७८ लाख ९५ हजार र र इएक्स वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डिजेल इञ्जिन तर्फ भने एलएक्स वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ८४ लाख ९५ हजार, इएक्स वानको ८५ लाख ९५ हजार, इएक्स टुको ८७ लाख ९५ हजार र इएक्स (अटो ट्रान्समिसन)को ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य डाट्सुनको रेडी गो कार नेपाली बजारमा साउन ११ गते नै भित्रिएको हो । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५र३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी छ । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ । अशोक लेलैण्डको प्यासेजर भेइकल आउँदै नाडा अटो शो २०७३ मै आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरु भित्र्याउँदैछ । यु२५१८ टिपर र लाइट कमर्सियल भेइकल दोस्त ल्याउन लागेको हो । नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानी कर्ताहरुको मन जित्न सफल मानिएको दोस्त प्यासेञ्जर नामक अर्को एसीभी गाडीको सफ्ट लञ्च गर्दैछ । त्यसको बुकिङ पनि आरम्भ हुँदैछ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बसको पनि अटो शोमै कन्सेप्ट लञ्च गरिँदैछ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने जानकारी दिए । टोयोटाको इनोभा आउँदै टोयोटा कम्पनीको आधिकारीक नेपाल बिक्रेता युनाटेड टे«डर्स सीण्डीकेटले टोयोटाको इनोभा एसयुभी कार बजारमा ल्याउँदैछ । नाडा अटो शोकै दौरान सो कार सार्वजनिक गरिने कम्पनीले जनाएको छ । हुण्डाइको टक्सान नयाँ मोडलमा यसैबिच, हुण्डाईले नेपाली बजारमा राम्रो हिस्सा ओगट्न सफल टक्सान कारको नयाँ मोडल अटो शोकै दौरान सार्वजनिक गर्ने जनाएको छ । आइसरको प्रो सेरिज पनि नयाँ मोडलमा आइसर मोटर्सको नेपाली बिक्रेता बतास अर्गनाईजेसनले आइसर प्रो सेरिजिका सवारी साधनको नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । करिब छ महिना पहिले नै प्रो सेरिज नेपाली बजारमा भित्र्याएको कम्पनीले त्यसको सफलतासँगै नयाँ मोडलमा ल्याउन लागिएको जनाएको छ । नेपाली बजारमा उपस्थिती जनाएका अधिकांश कम्पनीहरुले कुनै न कुनै प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको नाडाले जनाएको छ । नेपालमा गत आर्थिक वर्षमा ६५ अर्ब ६९ करोड मुल्य बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएको थियो । नेपाली सडकमा २३ लाख ३९ हजार एक सय ६९ वटा सवारी साधन गुडिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।