तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ

काठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।

सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै भर्न सकिने

काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिए । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । रासस

साङयाङको नयाँ शोरुम उद्घाटन, क्रिशमस र नयाँ वर्षमा ५ लाख छुट अफर

काठमाडौं, ३ पुस । कोरियाली कार उत्पादक कम्पनी साङयाङको नयाँ शोरुम उद्घाटन भएको छ । नेपालका लागि कोरियाली राजदुत चो यांगले नक्सालस्थित नयाँ शोरुमको उद्घाटन गरेका हुन् । नेपालमा साङयाङ कारको आयात कर्ता आइएमएस मोटर्स प्रालीले नयाँ शोरुमको सुरुवात गरेको हो । शोरुमको उद्घाटनसँगै क्रिशमस र नयाँ बर्ष २०१७ को उपलक्ष्यमा साङयाङ कारको खरिदमा नगद ५ लाखसम्म छुट अफर पनि घोषणा गरिएको छ । यस्तो छुट अफर १८ डिसेम्बरदेखि ६ जनवरीसम्म लागु हुनेछ । शोरुम उद्घाटन गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत चो यांग जिनले कोरियाली जनताले जस्तै नेपाली जनताले पनि साङसाङ कार चढेर सुरक्षा र आनन्द महशुस गर्न सक्ने दावी गरेका थिए । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर बजार विस्तार अभियानलाई तिब्र बनाउने बताए । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुसिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत घोषणा गरेको छ । आइएमएस मोटर्सका अध्यक्ष दिपक मलहोत्राले आक्रामक बजार विस्तार अभियान सञ्चालन गर्ने बताएका थिए । हाल नेपालमा साङयङका एक्सएलभी, कोराण्डो, रेक्सटन, एक्टियोन लगायतका लक्जरी एसयुभी कार उपलब्ध गराएको छ । साङयङका कारहरुमा अल्ट्रा हाई स्ट्रेन्थ, बुटस्पेश, डुअल अटोमेटिक एसी, ब्ल्युटुथ कनेक्टिभीटी लगायतका सुबिधा रहेका छन् । साङयङ मोटर कम्पनी दक्षिण एसियाको चौथो ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक-अप ट्रक, भ्यान, ट्रक तथा बसहरु निर्माण गर्दै आएको छ ।