विद्युतीय एसयूभी एमजी जेडएसको प्रि-बुकिङ शुरु
काठमाडौँ । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रि-बुकिङको घोषणा गरेको छ । यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ, प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् । यस्ता छन् विशेषता विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । मूल्य ४९ लाख ९९ हजार नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मुल्य रु ४९,९९,००० रहेको छ र यस मुल्यमा ७ किवा एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ ।
ग्वार्कोमा निसान र डाटसन गाडीको नयाँ शोरुम उद्घाटन
काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् । शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।
यातायात व्यवसायीको लगानी डुब्न दिदैनौँः मन्त्री महासेठ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको लगानी डुब्न नदिने बताए । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘यातायात क्षेत्रलाई सरकारको सधैँ साथ सहयोग रहन्छ ।’ उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले आफूहरु रुपान्तरित भएर कम्पनीमा आइसकेको बताए । अध्यक्ष कर्माचार्यले सरकारबाट थप सहयोगको अपेक्षा गरेको र सबै यातायात व्यवसायीहरु कम्पनीमा जाने समेत वताए । त्यसैगरी सिप्रदी सिईओ राजनबाबु श्रेष्ठले नेपालको बाटो र भौगोलिक क्षेत्रलाई हेरेर मात्र आफ्नो कम्पनीले गाडी भित्र्याएको बताए । लोत्से सहकारी संस्थाका अध्यक्ष दीपक कुवँरले सरकारले बसपार्कलाई व्यवस्थित र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।