बिक्री शुरु भएको छोटै अवधिमा बिक्री भए २२२ निसान किक्स

काठमाडौँ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ । नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको कम्पनीले जनाएको छ । अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायमगर्ने विश्वास गरिएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनीय सफलता प्राप्त गरेको जनाइएको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको बताइएको छ ।

टाटा मोटर्स कार्निभल सम्पन्न, बुकिङ भए १०३ थान नयाँ गाडी

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानएको छ । उक्तकार्निभल ४ दिन सम्म चलेको थियो । बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडी हेर्न र किन्नका लागि यो कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । यस अवधिमा कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भई लाभ समेत लिएका छन् । यो कार्यक्रमले सुस्ता भइरहेको अटोमोबाइल बजारलाई जागरुक बनाएको टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

अशोक लेलैण्डका गाडी किन्दा रिलायन्स फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने छन् ।