सोमबारबाट बिक्री शुरु भएका हिरोका तीन नयाँ मोडल यस्ता छन्, मूल्य कति ?

काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोका दुई नयाँ उत्पादन ‘एक्सपल्स टी’ र ‘एक्सट्रिम २०० एस’ र त्यसैगरी प्लेजर स्कुटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ को विक्री सोमबारबाट शुरु गरेको छ । भारतमा केहि महिना अघि सार्वजनिक भएका यी तीन मोडलहरुलाई हालसालै नेपालमा सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा पनि शोकेस गरिएको थियो । आउनुस जानौं यी तीन मोडलहरुको वारेमाः एक्सपल्स २०० टी यो मोटरसाइकल हिरोको नयाँ अफरोडिङ्ग मोटरसाइकल ‘एक्सपल्स २००’ को टुरिंग भर्जन हो । यसको टुरिंग विशेषतालाई ध्यानमा राखेर हिरोले यसमा १७ इञ्च अलोए व्हिल्स र रोड टायर्स दिएको छ । एक्सपल्स २०० को भन्दा कम सीट हाइट भएको हुनाले यो मोटरसाइकल सानो हाइट हुनेहरुले पनि रुचाउँछन् भन्ने अनुमान गरिएको छ । सेफ्टि फिचरका रुपमा सिंगल च्यानल एबीएस दिइएको यस मोटरसाइकलमा डुअल डिस्कब्रेक पनि दिइएको छ । त्यसैगरी एक्सपल्स २०० टीमा रहेको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,३२,००० तोकिएको छ । एक्सट्रिम २०० एस हिरोको केहि वर्षअघिको लोकप्रिय मोडल ‘करिज्मा’ को दवदवा पछिल्लो समयमा फितलो हुँदै गएपछि हिरोले आफ्नो स्पोर्टी सेग्मेन्टलाई पूनः बलियो बनाउन ‘एक्सट्रिम २०० एस’ बजारमा ल्याएको हो । यो मोटरसाइकल बजारमा विक्री भइरहेको ‘एक्सट्रिम २०० आर’ को फेयर्ड भर्जन हो जसमा सो बाइकमै प्रयोग भएको १९९.६ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इञ्जिनको प्रयोग गरिएको छ । यो इञ्जिनले १८.४ पिएसको पावर र त्यसैगरी १७.१ एनएमको टर्क प्रोड्यूस गर्छ । अन्य फिचर्सको रुपमा यसमा एलईडी हेडलाइट, एलईडी टेललाईट र ब्लूतुथ कनेक्शन सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर पनि दिइएको छ । त्यसैगरी १४९ के.जी.को कर्ब वेट रहेको यो बाईकमा डुअल डिस्कब्रेकका साथै सिंगल च्यानल एबीएस पनि दिइएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य रु. ३,२२,००० तोकिएको छ । प्लेजर प्लस बजारमा प्लेजर स्कूटरको लोकप्रियता घट्दै गएपछि पूनः पकड जमाउन हिरोले केहि फेरवदलका साथ सो स्कूटरको अप्डेटेड भर्जन ‘प्लेजर प्लस’ बजारमा ल्याएको हो । फेरवदलका रुपमा हिरोले प्लेजर प्लसमा पावरफूल इञ्जिन र रेट्रो लूक्सका साथै केहि नयाँ फिचरहरु पनि समावेश गरेको छ । यो स्कूटरको ११०.९ सीसीको नयाँ इञ्जिनले ८.१५ पीएसको पावर र ८.७ एनएमको टर्क प्रोड्यूस गर्छ भने यसको कर्भी प्यानल र ठूलो हेडलाइटले यसलाई रेट्रो लूक्स प्रदान गरेको छ । अन्य स्पेशल फिचरहरुको रुपमा यसमा अपडेटेड एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, ओपन ग्लोव बक्स कम्पार्टमेन्ट, यूएसबी चार्जिंग पोर्ट, इन्टिग्रेटेड ब्रेकिंग सिस्टम र त्यसैगरी बुट लाइट समेत समावेश गरेको छ । नेपाली बजारमा यो स्कुटरको मूल्य रु.१,८६,००० तोकिएको छ ।

फोर्स मोटर्सको शोरुम हेटौंडामा, ग्राहकलाई ४ लाख सम्मको छुट

काठमाडौं । हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ । कम्पनीले महान् चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुब थापाले बताएका छन् । कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाख सम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीको लागी प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख कि.मी सम्मको वारेन्टी सुविधाका साथै ६ पटक सम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ । बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यस गाडीको काठमाण्डौंको गैरीधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भईरहेको प्रवन्ध निर्देशक निरन के.सीले बताए । विक्री संगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

नयाँ विशेषतासहित भक्सवागनको ‘अमिओ’ कार आउँदै, मूल्य ९ लाख ९९ हजार

नयाँदेल्ली। जर्मन अटोमेकर कम्पनी भक्सवागनले आफ्नो अमिओ कम्प्याक्ट सेडान मोडलमा जीटी लाइन ट्रिम समावेश गरेर बजारमा ल्याउने भएको छ । यसअघि लञ्च भएका पोलो र भेन्टोमा जस्तो अमिओ जीटी लाइनमा न्यू फ्रन्ट ग्रिल र बम्पर डिजाइन चाहिँ छैन । तर यसमा भेन्टो जीटी लाइनमा भएजस्तै कस्मेटिक चेञ्जहरु भने देख्न सकिनेछ । अमिओको स्पोर्टी भर्जनमा न्यू सनसेट रेड पेन्ट शेड, ब्ल्याक रुफ, क्रोम फिनिस्ड डोर ह्याण्डल्स, फ्रन्ट फेन्डरमा जीटी लाइनको ब्याज, ओआरभिएम कभर्स र बुट लिड स्पोइलर रहेका छ । त्यसैगरी डोरमा जीटी लाइनको डेकल्स दिइएको छ । यी बाहेकका अरु सबै फिचर्स र सेफ्टी किटहरु चाहिँ अमिओकै अर्को टप–स्पेक भेरियन्ट हाइलोन प्लसजस्तै नै छन् । भक्सवागनले भारतीय बजारमा डिजेल अमिओ जीटी लाइनको मूल्य रु.९.९९ लाख तोकेको छ । त्यसैगरी पेट्रोल अमिओ जीटी लाइनको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । तर बजारमा आइपुग्दा भने रु.७.९९ लाख पर्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय बजारमा अमिओ जीटी लाइनको आगमन भएपछि यसले मारुती सुजुकी डिजायर, फोर्ड एस्पायर, हुण्डाइ एक्सेन्ट र होण्डा अमेजजस्ता प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिनेछ भन्ने अनुमान गरिएको छ । तर यो कार नेपाली बजारमा तत्काल आउने सम्भावना छैन ।