अनलाइन शपिङ साइटले ल्यायो ‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट

काठमाडौं । दशैंमा खुशियाली डिलिवर गर्ने बाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ । यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भौचर), मिस्ट्री बक्स्, कलेक्टिबल भौचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्ने हुन्छ । दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाची आरटिआर १६० फोर भि जित्ने मौका पाउनेछन ्। लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् । दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, “दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।” बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु ः उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (नबिल बैंक,स्टाण्डर्ड चार्टड,सानीमा बैंक,मेगा बैंक, ग्लोबल बैंक,एनआइसी बैंक,माछापुछे बैंक) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । यस लगायत अन्य धेरै अफरहरु पनि टप ब्रान्डहरुमा दामी डिल्स्ः यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये टिभीएस, सियोमी, सामसुङ, भियानेट, समरा, होलिडज, हुवावे, साने, एलजी, होम ग्लोरी, एडिडास, भ्यान्स, सोनम ग्यर्स, मन्त्र विशेष, क्रियशन, लिगो, टेक्नििक, जुआस, रंगोली, एण्ड अमार्य फेसन हाउस पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ । दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्साराको बालि, दुबई, इजिप्टका होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै टिभिएस,एनटीओआरओ, स्कुटर, हिटाची, ४३ स्मार्ट टिभिएस भियानेट, प्याकेज, एमआइ फोन, मन्त्र नेपाल, टाभलिङ गितार, सोनम गियर्स, एडिडासका उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियागो गाडी लिएर आएको छ ।

सत्यदीप इन्टरनेसनलको आयोजनामा मकिनोकाे ‘डिलर्स मिट २०१९’ सम्पन्न

काठमाडौं – सत्यदीप इन्टरनेसनलको आयोजनामा मकिनो अटोमोटिभ्सको डिलर मिट शनिबार होटल हिमालयमा सम्पन्न भएको छ । उक्त आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका डिलरहरुको सहभागिता थियो । सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्ष यता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताउदै सबै ब्रान्डका गाडी वा बाइकमा सो कम्पनीका उत्पादन ओरिजिनल इक्विपमेन्ट (ओई) का रुपमा प्रयोग भएको बताए । आगामी दिनमा मकिनोले जापानको आरके चेनसँग मिलेर नयाँ प्रविधिको चेन समेत उपलब्ध गराउने योजना बनाएको समेत उनले बताए । मकिनो अटोमोटिभ्सका सिनियर एक्सपोर्ट म्यानेजर अमन कोहलीले मकिनोका विभिन्न उत्पादनमा प्रयोग गरिएको प्रविधिको वारेमा जानकारी गराउदै ग्राहकको माग बमोजिम यसमा अझै सुधार गर्न सकिने बताएका थिए । नेपालमा मकिनोका विभिन्न पार्ट्सको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली ग्राहकलाई उपलब्ध गराइरहेका विभिन्न पार्ट्सको वारेमा जानकारी गराउदै आगामी दिनमा अझै गुणस्तरीय पार्ट्स उपलब्ध गराउनका लागि प्रयत्नरत रहने बताए । यसरी, सत्यदीप इन्टरनेसनलले सवारी साधनमा प्रयोग गरिने मकिनोका क्लच प्लेट र ब्रेक एसेम्बली उपलब्ध गराइरहेको र नेपाली बजारमा मकिनोका पेपर क्लच, क्लच एसेम्बली, ब्रेक शु, ब्रेक प्याड आदि लोकप्रिय रहेका छन् ।

यसकारण लोकप्रिय छ मोटरहेडको टेक्केन २५०

काठमाडाैं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. ले टेक्केन २५० लाई केहि वर्ष अघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढि रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जन्र र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस् मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकुल्ड इञ्जिनले १८ बीएचपीको पावर र १७ एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा ह्याभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्ससङ्ग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन का छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ ।