यस्तो छ ‘एनएस २०० एफआई’, एबीएसका साथ पनि चाँडै आउने
काठमाडौं । बजाजले केही समय अघि एनएस २०० को ‘एफआई’ भेरियन्टलाई नेपालमा सार्वजनिक गरेको थियो । नाडा अटो शोमा पनि शोकेस गरिएको यस मोडेलको बजार मूल्य भने कम्पनीले रु.३ लाख ३४ हजार ९ सय तोकेको छ । ‘बजाज पल्सर एनएस २०० एफआई’ को डिजाइन पहिलाकै मोडेलजस्तो रहेको छ । तर यस मोडेलले भने पहिलेको मोडेलभन्दा पावर र माइलेज चाहिँ केही बढी प्रदान गर्छ । ६–स्पिड गियरबक्स दिइएको यस बाइकमा १९९.५ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २३.१७ बिएचपिको पावर र १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिन फ्यूल इन्जेक्टेड इञ्जिन हो जसको विशेषता बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपमा ल्याउनु र त्यसैगरी इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्नु हो । त्यसैगरी, यस बाइकले १३० केएमपीएच प्लस टप स्पिड र पहिलेको तुलनामा १५ प्रतिशत बढी माइलेज पनि प्रदान गर्छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि निट्रोक्स मोनो शक दिइएको यस बाइकका दुवै चक्कामा भने डिस्क ब्रेक दिइएका छन् । नेपालका लागि बजाज टू व्हिलर्सको आधिकारीक विक्रेता एचएच बजाजले यस बाइकको कार्बुरेटर भेरियन्टको मूल्य भने ३ लाख १९ हजार ९ सय तोकेको छ । कम्पनीले जनाए अनुसार अब नेपाली बजारमा एबीएस र एफआई इञ्जिन दुइटै समाबेस भएको ‘एनएस २००’ चाँडै आउँदैछ र यसको मूल्य चाहिँ अझ केही बढी हुनेछ । कम्पनीले यो दशैं र तिहारको अवसरमा ‘बजाज भविष्यवाणी’ योजना ल्याएको छ, जस अन्तर्गत बजाजका कुनैपनि बाइक किन्नु अघि रु.१ लाख सम्म एडभान्स क्यास जित्न सकिनेछ भने किनिसकेपछि पनि फेरि अर्को रु.१ लाख सम्मको क्यास प्राइज जित्न सकिनेछ ।
टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुुनासो आउन दिन्नौँ-यातायात व्यवसायी
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ । महासङ्घको प्रदेश नं ३ कार्यालयको कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुुले दुुःख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पारे । यात्रुुले अनावश्यक हैरानी खेप्नुु नपरोस् भन्ने हेतुुले लामा तथा मध्यम दूरीमा चल्ने महासङ्घ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनले बताए । टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासङ्घको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए । चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुुलाई टिकट काट्ने नाममा अनावश्यक दुुःख दिने, टिकट दिने सिट उपलब्ध नगराउने, यात्रुुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताए । मुुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुुड्दै आएको बताइएको छ । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिए । यात्रुलाई सुुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुु¥याउन बिग्रिएका सडक र पुलपुुलेसा बाधक रहेको हुुँदा कतिपय स्थानमा तत्काल सुुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराए । रासस
नक्सालमा सुजुकीको विश्व स्तरीय शोरुम शुभारम्भ
काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो (शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी) तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका हुन् । हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न र अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडिका रेन्जहरु स्क्रस, सियाज, एर्टिगा तथा एक्सएल ६ उपलब्ध छन् । ग्राहक एवम् कम्पनी बिचको सम्वन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएको यो सुजुकीको ३७औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयर पार्टसम्वन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा सिजि मोटोकर्पका विज्नेस शाखा प्रमुख सिरज पन्तले बताए । ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्वन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे । नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढि सर्टिफाइड पार्टस् आउटलेटहरु रहेका छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्जलगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।