कारहरुको लागि होण्डाको ड्रिम एक्सचेञ्ज योजना 

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले तीन दिनका लागि होण्डा ड्रिम एक्सचेञ्ज योजना ल्याएको छ । असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने एक्सेन्ज योजनामा कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने छ । योजना अविधि भर होण्डाका ग्राहकहरुले एक्सचेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यान्त्रिक परीक्षण तथा सार्वजनिक यातायातमा जनचेतनामुलक अडियो विमोचन

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, लोत्से बहुउदेशीय प्रा.लि. तथा सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा नयाँबसपार्क गोङ्गबुमा यान्त्रिक परीक्षण शुभारम्भका साथै सार्वजनिक यातायातमा जनचेतनामुलक अडियो विमोचन कार्यक्रम सम्पन्न गरिएको छ । चाडपर्व विशेष शुभकामना आदानप्रदानका साथै सार्वजनिक यातायात र यात्राको सुरक्षाका लागि सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा लोत्से बहुउदेशीय प्रालिको विशेष पहलमा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परीक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा बोल्नु हुँदै सिप्रदी कम्पनीज्का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुँदा सवारी साधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परीक्षण गरी सेवा पुर्याउन पाउँदा खुशी लागेको बताए । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल रहेका थिए ।

यस्तो छ ‘एनएस २०० एफआई’, एबीएसका साथ पनि चाँडै आउने

काठमाडौं । बजाजले केही समय अघि एनएस २०० को ‘एफआई’ भेरियन्टलाई नेपालमा सार्वजनिक गरेको थियो । नाडा अटो शोमा पनि शोकेस गरिएको यस मोडेलको बजार मूल्य भने कम्पनीले रु.३ लाख ३४ हजार ९ सय तोकेको छ । ‘बजाज पल्सर एनएस २०० एफआई’ को डिजाइन पहिलाकै मोडेलजस्तो रहेको छ । तर यस मोडेलले भने पहिलेको मोडेलभन्दा पावर र माइलेज चाहिँ केही बढी प्रदान गर्छ । ६–स्पिड गियरबक्स दिइएको यस बाइकमा १९९.५ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २३.१७ बिएचपिको पावर र १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिन फ्यूल इन्जेक्टेड इञ्जिन हो जसको विशेषता बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपमा ल्याउनु र त्यसैगरी इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्नु हो । त्यसैगरी, यस बाइकले १३० केएमपीएच प्लस टप स्पिड र पहिलेको तुलनामा १५ प्रतिशत बढी माइलेज पनि प्रदान गर्छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि निट्रोक्स मोनो शक दिइएको यस बाइकका दुवै चक्कामा भने डिस्क ब्रेक दिइएका छन् । नेपालका लागि बजाज टू व्हिलर्सको आधिकारीक विक्रेता एचएच बजाजले यस बाइकको कार्बुरेटर भेरियन्टको मूल्य भने ३ लाख १९ हजार ९ सय तोकेको छ । कम्पनीले जनाए अनुसार अब नेपाली बजारमा एबीएस र एफआई इञ्जिन दुइटै समाबेस भएको ‘एनएस २००’ चाँडै आउँदैछ र यसको मूल्य चाहिँ अझ केही बढी हुनेछ । कम्पनीले यो दशैं र तिहारको अवसरमा ‘बजाज भविष्यवाणी’ योजना ल्याएको छ, जस अन्तर्गत बजाजका कुनैपनि बाइक किन्नु अघि रु.१ लाख सम्म एडभान्स क्यास जित्न सकिनेछ भने किनिसकेपछि पनि फेरि अर्को रु.१ लाख सम्मको क्यास प्राइज जित्न सकिनेछ ।