कोलकातामा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालन
काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउ हो । सीएफएस निर्माण र संचालनमा नेपाल सरकारबाट भएको महत्वपूर्ण पहल र प्राप्त सफलताका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाई आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्ने तर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्न जाने महासंघको विश्वास छ । आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अव कम खर्चमै कार्गो राख्न सक्ने छन् । उक्त सीएफएसमा करिव ५ सय कन्टेनर राख्न सकिने वुझिएको छ । सीएफएसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले विहीवार एक समारोहका बीच शुभारम्भ गरे । शुभारम्भ समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, कोलकत्तास्थित महावाणिज्य दूत, नेपाली उद्यमी व्यवसायीहरू, कोलकाता पोर्टका उच्च अधिकारीहरूको उपस्थिति थियो । उक्त समारोहमा भाग लिइरहनु भएका महासंघका उपाध्यक्ष प्रधानले नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्ने बताउनु भयो । कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैया ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दावी छ । यसले एकातिर व्यवसायीको लागत घटाउंछ भने अर्कोतिर त्यसको फाइदा अन्ततोगत्वा नेपाली उपभोक्तामा पर्ने उनले बताए । २०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू भएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।
एमभी दुगड ग्रुपले ल्यायो जी ९० मोटर ग्रेडर, नेपाली सडकमा बहुउपयाेगि
काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी ९० मोटर ग्रेडर समय सापेक्ष, सरल र सस्तो भएको कम्पनीले जनाएको छ । नेपालको ८६ प्रतिशत सडक सिङ्गल वा डबल लेनको मात्र रहेको, उकालो, ओरालो, घुम्तीहरु धेरै भएको सडकमा यो मोटर चलाउन सजिलो हुने कम्पनीले जनाएको छ । २ वर्षको वारेन्टी, त्यसअवधिमा असीमित घण्टा वारेन्टी भएको यो मोटरका ग्राहकलाई स्पोर्ट सर्भिस सुविधा हुने, स्पेयर पार्ट सजिलै उपलब्ध हुने र मूल्य पनि सरल हुने कम्पनीले जनाएको छ । फोर ह्विल ड्राइभ विथ डिफिरेन्सियल लक, ९१ एचपी पावरका साथ २२०० आरपीएच, ट्रान्सिमिसन फोर स्पीड, ६ ह्विल इक्वयल साइज लगायत सुविधा भएकोले यो मोटर उपभोक्ताबीच आकर्षक बन्ने कम्पनीको अध्यक्ष मोतिलाल दुगडले बताए । १३७ वर्षको व्यवसायिक इतिहास भएको यस ग्रुपले बैकिङ, बीमा, मोटर, ट्रेडिङ, जलविद्युत लगायतका क्षेत्रका लगानी विस्तार गर्दै आएको छ । यस ग्रुपले यसअघि पनि व्याक हो लोडर, रोलर, ग्रेडरको बिक्री तथा बिक्री पछिको सेवा दिदै आएको छ ।
नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लञ्च
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ फाइभ डब्लू–३० र म्याक अल्फा जेनिथ टेन डब्लू–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जीनमा यस्को बहुबिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेशनको उत्पादन मध्येको एक उत्पादन भएको सिप्रदी टे«डिङ्गका सिइओ राजनबाबु श्रेष्ठले बताए ।