नाडा अटो शोमा टोयोटाका २ हाइब्रीड मोडल सार्वजनिक

काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ । नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ । यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।

निसान गाडीमा आकर्षक उपहार योजना

काठमाडौँ । नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत रु.३१,९९९/– बराबरको एमआई एट लाइट मोबाइल निःशुल्क दिने जनाइएको छ । गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउने छन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एकवर्षसम्मको बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेतको प्रावधान राखिएको छ । नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने जनाइएको छ ।

जिप कम्पास ट्रायल हक सार्वजनिक, नेपाली बजार मूल्य एक करोड २४ लाख

काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ । नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायल हकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ । जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख नब्बे हजार रुपैयाँ कायम गरिएको छ ।