नाडामा दिपलको बिग ब्यांग अफर, दिपल एस०७ अब प्रि-बजेट मूल्य ७१.९९ लाखमा
काठमाडौं । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरेको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो शो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको छ । बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफरमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन् । यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्ने सुविधा दिएको छ । यो अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीको अनुभव लिन पाउने कम्पनीले बताएको छ । नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको कम्पनीको दाबी छ । यसमा १५ भन्दा बढी फिचरहरू छन् जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन् । वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जस्ता आकर्षक फिचरहरू रहेका छन् जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ । भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको कम्पनीले बताएको छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ ।
सेरेस-३ को मूल्य ५० लाखभन्दा कम, बाहिरियाे दुवै भेरियन्टको मूल्य
काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले नाडा अटो शोमा कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने सेरेस ३ को मूल्य तोकेको छ । सेरेस ३ को मूल्य कम्फर्टो मूल्य ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने र प्रिमियमको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफरअन्तर्गत पर्न आउने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सेरेस स्टल ए६ मा सेरेस ब्राण्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन् ।
यी हुन् नाडामा सार्वजनिक भएका ‘केई’ का तीन मोडल, कुनको मूल्य कति ?
काठमााडैं । केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ल्याएका तीन वटा गाडसँगै मूल्य पनि सार्वजनिक गरेको छ । नाडा अटो शोको उद्घाटनसँगै लक्ष्मी ई मोबिलिटीले ल्याएको ‘केई’ ब्राण्डका तीन वटा नयाँ मोडेलका गाडी र त्यसको मूल्य सार्वजनिक भएको हो । सार्वजनिक भएको इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ जसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ भने ३०० किलोमिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, इक्वीट ०४ को ३०० किलोमिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एक्स बी प्रो-ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोमा यस गाडी किन्नका लागि अफरसमेत राखिएकाे छ । नाडा अटो शामा यो गाडी किन्नेले एक वर्षको बिमा र एक वर्षको सडक करको सुविधा पाउनेछन् । नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन् ।