टीभीएसको बाईक किन्दा उतीम लाल साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् । साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले ५ लाख ५ हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार र खरिद पश्चात ५ लाख रुपैयाँ जित्न सफल भएका हुन् । महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिदअघि ५ हजार रुपैयाँ जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद १ लाख रुपैयाँ, ४ जनाले नगद ५० हजार रुपैयाँ, १० जनाले नगद २५ हजार रुपैयाँ, १५ जनाले नगद १५ हजार रुपैयाँ र १८ जनाले नगद ५ हजार जित्न रुपैयाँ सफल भइसकेका छन् । नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो । टीभीएस संग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेको कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् ।

सिप्रदी ट्रेडिंगले पशुपति दर्शन यातायातलाई दियो १० वटा बस

काठमाडौं । सिप्रदी ट्रेडिंगले १० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले रुपन्देहीमा एक कार्यक्रमको आयोजना गर्दै टाटा एलपीओ १६२२/६२ बीएस६ मगना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायातलाई हस्तान्तरण गरेको हो । त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो । कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने कम्पनीको भनाइ छ । ‘टाटा एलपीओ १६२२/६२ मेग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ,’ कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीकाअनुसार बीयस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ । एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ । ‘अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दुरीका लागि विशेषरुपमा तयार पारिएका यी मगना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’, कार्यक्रममा बोल्दै सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने । यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क थियो।

र्‍याली अफ हिमालयाजका विजेता साहलाई रोयल इन्फिल्डले गर्‍यो सम्मान

काठमाडाैं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डीका विजेता राइडर दीपक साहलाई रोयल इन्फिल्डले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका साथ राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभबाट सम्मान गरिएकाे हो । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर साह विजयी बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका उनलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा ९५ हजार रुपैयाँ सहित सम्मान गरिएकाे हो । राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ । भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाइ भएको कुन्जुम पाससमेत राइडरहरूले पार गरेका थिए । हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।   विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । सफलतापश्चात राइडर साहले भने,  ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयीसमेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’ साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालयनमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्‍याली अफ चाम्बाको विजयीसमेत भएका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त सवारी हो ।