बजाजको नयाँ परफमेन्स बाइक एन१६० र एन१२५ सार्वजनिक, ग्राण्ड कार्निभलमा छुट

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर एन१६० र एन१२५ मोडल सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक गरिएका यी दुई नयाँ मोटरसाइकलमा पर्फमेन्स, प्रविधि र स्टाइलको संयोजन गरिएको छ । पल्सर एन१६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबीएस, अपसाइड डाउन फोर्क्स र स्मार्ट नेभिगेसन सुविधा छन् । यस्तै एन१२५ मा १२४.५८ सीसीको इन्जिन, उत्कृष्ट इन्धन सक्षमता र ५ स्पिड ट्रान्समिशन छन् । गोल्छा ग्रुपका मार्केटिङ हेड अमित चालिसेले नयाँ मोडलले नेपाली बजारमा पर्फमेन्स बाइकको परिभाषा फेरिने विश्वास व्यक्त गरे । भृकुटीमण्डपमा १६–२१ वैशाखसम्म चल्ने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न, टेस्ट राइड गर्न र स्थानमै फाइनान्सको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । खास अफरहरूमा जीरो सर्विस चार्ज, उच्चतम भ्यालुएसन, नगद र अन्य उपहारहरू, तथा निःशुल्क एक्सेसरीज पनि समावेश छन् ।

केई अटो सम्मेलनमा लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्स सम्मानित

काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा सम्पन्न 'केई अटो ग्लोबल कन्फरेन्स २०२५' मा ‘मोस्ट प्रमिसिङ पार्टनर अवार्ड’ प्राप्त गरेका छन् । नेपालमा केई मोटर्सका आधिकारिक वितरकद्वयले पाएको यो अवार्डले ५० भन्दा बढी अन्तर्राष्ट्रिय वितरकहरूमध्ये उत्कृष्ट साझेदारका रूपमा उनीहरूको पहिचान बलियो बनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक छलफल र व्यवसायिक सञ्जाल विस्तारका अवसरहरू प्रस्तुत गरिएका थिए । केई ब्रान्डलाई नेपाली बजारमा सफल रूपमा प्रवर्द्धन गर्ने, ग्राहक सन्तुष्टि हासिल गर्ने र नविनतम मोडेलहरूको तयारीमा अग्रसर रहने प्रतिबद्धताका लागि यो अवार्ड दिइएको हो । केई नेपाल अब नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसार डिजाईन गरिएका नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारीमा रहेको छ । ती सवारी साधनहरू आधुनिक प्रविधि, मजबुत प्रदर्शन र उचित मूल्यमा उपलब्ध गराइने लक्ष्य छ । अवार्डले नेपालभर नवप्रवर्तनशील र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।

बजाज ग्रान्ड कार्निभलमा पुराना बाइकको भ्यालुयसन ग्यारेन्टी, नयाँ बाइकमा छुट र सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ नामक बृहत मोटरसाइकल एक्सचेन्ज योजना ल्याएको छ । यो योजना वैशाख १६ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । योजना अन्तर्गत ग्राहकहरूले २० भन्दा बढी भ्यालुयटर्स बाट पुराना बाइकहरूको ग्यारेन्टीसहित उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रममा ग्राहकहरूले अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा ९.९९ प्रतिशत ब्याजदरमै सरल ऋण सुविधा समेत पाउनेछन् । यस योजनाले मोटरसाइकल खरिद प्रक्रियालाई झन्झटरहित बनाउँदै ग्राहकलाई घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोत प्रमाणपत्र जस्ता कागजात बिना पनि एक घण्टाभित्र ऋण पास गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ । बजाज ग्रान्ड कार्निभल मा ग्राहकका लागि गेम जोन, टेस्ट राइड लगायत थप आकर्षण पनि रहनेछ । कम्पनीका अनुसार यो नेपालको सबैभन्दा ठूलो बाइक एक्सचेन्ज मेला हो, जसमा ग्राहकले आफ्नो पुरानो बाइक साटेर बजाजका नयाँ आकर्षक मोडेल पाउने विशेष अवसर पाउनेछन् ।