ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी
काठमाडौं । बीवाईडी र चेरीजस्ता चिनियाँ सवारी निर्माता कम्पनीहरू युरोपेली आयोग (ईयू) मा चिनियाँ-निर्मित विद्युतीय सवारीहरूमा लाग्ने आयात शुल्कबाट बच्न प्लग-इन हाइब्रिड सवारी (पीएचईभी) बढी बेच्ने गरेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको एक रिपोर्टमा उक्त तथ्यांक उल्लेख गरिएको हो । अनुसन्धान संस्था रो मोशनका अनुसार यी दुई ब्रान्डहरूले सन् २०२५ को मार्चमा क्रमशः ३ हजार २६९ र ७५७ वटा पीएचईभी ईयूभित्र बेचेका थिए, जुन सन् २०२४ को जुलाईमा अस्थायी शुल्क लागू हुँदा झण्डै शून्य बिक्री थियो । चिनियाँ–निर्मित ब्याट्री-विद्युतीय सवारी (बीईभी) हरूमा ईयूले ४५.३ प्रतिशतसम्मको शुल्क नोभेम्बरदेखि पूर्ण रूपमा लागू गरेको छ । अमेरिकी शुल्कको असर सामना गरिरहेका बेला ईयू र चीन बीचमा यी शुल्कहरू केही कम गर्ने विषयमा वार्ता चलिरहेको छ । ईयूको शुल्क र युरोपमा ब्याट्री-विद्युतीय सवारीको अपेक्षाभन्दा ढिलो स्वीकृतिका कारण बीवाईडी र लीपमोटरजस्ता ईभी निर्माता कम्पनीहरूले युरोपेली बजारका लागि आफ्नो रणनीति फेरिरहेका छन् । मंगलबार, बीवाईडीले यो वर्ष जर्मनीमा थप दुई पीएचईभी मोडेलहरू ल्याउने घोषणा गरेको थियो । बीवाईडीले ईयूमा बेचिने बीईभीमा २७.५ प्रतिशत शुल्क तिर्छ, जबकि पीएचईभीमा मात्र १० प्रतिशत । यसले जर्मनीमा बेचिने प्रत्येक अट्रो थ्री बीईभीमा १० हजार २५७ युरो (११ हजार ६५६ डलर) शुल्क तिर्नुपर्छ, जबकि सील यू पीएचईभीमा मात्र ३ हजार ९९९ युरो शुल्क लाग्छ । बीवाईडीको मार्च महिनामा ईयूमा बीईभीको बिक्री ४ हजार ६३३ पुगेको थियो, जुन मार्च २०२४ को तुलनामा दोब्बर हो । तर पीएचईभी बिक्री शून्यबाट ३ हजार २६९ मा पुगेको छ । चेरी जसले पनि बीईभीमा १० प्रतिशत आधारभूत शुल्क र २१.३ प्रतिशत अतिरिक्त शुल्क तिर्छ, उसले ३१० बीईभी र ७५७ पीएचईभी बिक्री गरेको थियो । एसएआईसले ३५.३ प्रतिशतको सबैभन्दा उच्च बीईभी शुल्कको सामना गरिरहेको छ । तर उसले पीएचईभीको बिक्रीमा बीवाईडी वा चेरीजत्तिको वृद्धि गर्न सकेको छैन । 'निर्माताहरूले बजारमा पुग्न वैकल्पिक बाटो पत्ता लगाउने समय मात्र पर्खन बाँकी थियो,' रो मोशनका सदस्यता सम्पादक डिडी बोस्टकले भने, 'र अहिले तिनीहरूले त्यो बाटो हाइब्रिडमार्फत पाएका छन् ।’ नयाँ सीईओको खोजीमा टेस्ला
नामी गाडी ५.९९ लाखमा, थाइल्याण्ड ट्रिप र आइफोन १६ प्रो म्याक्स जित्ने मौका
काठमाडौं । नेपालका प्रमुख विद्युतीय सवारी साधन ब्रान्डहरू डोङफेङ (नामी) र सेरेसले नयाँ अफरमार्फत देशभरका ग्राहकलाई चकित तुल्याउने ‘प्री बजेट ब्याश’ योजना सार्वजनिक गरेका छन् । वैशाख १८ गतेदेखि २२ गतेसम्म सीमित अवधिका लागि सञ्चालन हुने यो अफर अन्तर्गत, ग्राहकहरूले नामी ब्रान्डको स्टाइलिश गाडी मात्र ५.९९ लाख रुपैयाँमा तथा पावरफुल सेरेस ईभी ८.९९ लाख रुपैयाँमा आफ्नो घर लैजान सक्नेछन् । कम्पनीका अनुसार यो अफर देशभरका नामी र सेरेसका आधिकारिक शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले ईभी गाडीहरूको टेस्ट ड्राइभ गर्न, पुराना गाडी साटफेर गर्न मिल्ने एक्सचेन्ज क्याम्प मा सहभागी हुन र नयाँ प्रविधिको अनुभव लिन सक्नेछन् । यस अफरमा नामीको गाडीमा अधिकतम १ लाख रुपैयाँसम्म र सेरेसमा २ लाख रुपैयाँसम्मको विशेष लाभ प्रदान गरिनेछ । अझ रमाइलो कुरा त के भने, ग्राहकले गाडी बुक गरेपछि दुई दिनमै छिटो डेलिभरी प्राप्त गर्न सक्नेछन् । अफर अवधिभर गाडीको टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ । त्यस्तै, गाडी बुक गर्ने ग्राहकहरूले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने पक्का अवसर पाउनेछन् । अभियानलाई थप रोमाञ्चक बनाउन दुई वटा लक्की ड्र पुरस्कार पनि राखिएको छ । एउटा भाग्यमानी जोडीले थाइल्याण्डको रोमाञ्चक ट्रिप जित्नेछन् भने, टेस्ट ड्राइभमा सहभागी हुनेमध्ये एकजना भाग्यमानीले आइफोन १६ प्रो म्याक्स प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘प्री बजेट ब्याश’ योजना ईभीमा रुचि राख्ने ग्राहकहरूका लागि हरियो भविष्य तर्फको सार्थक कदम हो । अफरको लाभ लिन इच्छुक सबै ग्राहकहरूलाई आफ्नो नजिकको नामी वा सेरेस शोरूममा बैशाख १८ देखि २२ गतेभित्र जान आमन्त्रित गरिएको छ ।
हुलास हायर पर्चेजको नाफामा १९०.५० प्रतिशत उछाल, वितरणयोग्य नाफा ४० करोड बढी
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ करोड ५९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड २ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १९०.५० प्रतिशत बढेको देखिन्छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले १० करोड ४६ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको ब्याज आमदानी ४२.११ प्रतिशत बढेको हो । चालु आजको चैतसम्म कम्पनीले नेट फि एण्ड कमिसन आम्दानी ३२ करोड २५ लाख ८६ हजार रुपैयाँ, सञ्चालन नाफा २३ करोड २२ लाख ८३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४७ करोड १२ लाख ४२ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ र अन्य जगेडामा १९ करोड १ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ४० करोड ७ लाख ७३ हजार रुपैयाँ छ । गत वर्षको चैतमा वितरणयोग्य नाफा २५ करोड २९ लाख ४६ हजार रुपैयाँ थियो । चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३.४५ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा यस्तो आम्दानी ८.३७ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ छ । यसअवधिमा कम्पनीको रिटर्न अन इक्विटी (आरओई) १३.७० प्रतिशत रहेको छ ।