नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नीति निर्माण गर्ने सर्वोच्च निकाय, विश्व स्वास्थ्य महासभाको ७९औं सत्रको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । स्विट्जरल्याण्डको जेनेभास्थित ऐतिहासिक ‘पाले डे नेसन्स’मा आज आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई यो जिम्मेवारी सुम्पिने निर्णय भएको हो । महासभाको सोही उद्घाटन सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो वक्तव्यका क्रममा मन्त्री मेहताले नेपालको जनस्वास्थ्यका प्राथमिकता, स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि र विश्वव्यापी स्वास्थ्य चुनौतीहरूमा नेपालको प्रतिबद्धताबारे धारणा राख्नेछिन् ।
‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराइने बताएका छन् । ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै वाग्लेले आगामी बजेट सुधारवादी बजेट आउने बताए । उनकाअनुसार सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौँ ऐन संशोधन, सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ । ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको आधार निर्माणमा सरकारले प्राथमिकता दिइरहेको छ । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेको छ । अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ । आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे । युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिए । पूर्वाधार विकासमा सरकारले एकीकृत दृष्टिकोण अपनाउने बताउँदै उनले सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइने बताए । नेपाललाई आन्तरिक रूपमा, क्षेत्रीय रूपमा र विश्वसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य सरकारको रहेको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेकाअनुसार सरकारले सामाजिक क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण, आधारभूत वित्तीय पहुँच र दिगो सामाजिक सुरक्षा संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । उनले वैदेशिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाइने बताए । विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सञ्जाललाई केवल भावनात्मक सम्बन्धका रूपमा नभई लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको माध्यमका रूपमा उपयोग गरिने समेत उनको भनाइ थियो । भौतिक पूर्वाधार विस्तारमा निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारको पूँजीगत खर्च मात्र पर्याप्त नहुने बताए ।
घरजग्गा कारोबारबाट वैशाखमा सवा ६ अर्ब राजस्व संकलन
काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व संकलन भएकामा वैशाखमा देशभरका मालपोत कार्यालयले कूल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट तीन अर्ब ३१ करोड ९५ लाख ५० हजार एक सय १७, पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ संकलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख ७८ हजार तीन सय १८ संकलन भएको छ। यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड एक लाख ५५ हजार पाँच सय ७१, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब २२ करोड ८४ लाख ६० हजार पाँच सय ६२ संकलन भएको थियो । यस्तै, पुँजीगतलाभकर वापत रु दुई अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ संकलन भएको थियो । मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट रु चार करोड ६२ लाख ९९ हजार सात सय ८० बराबरको रकम संकलन भएको विभागले जनाएको छ । त्यस्तै, गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार नौ सय ३२ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघमा भने ५ अर्ब ९९ लाख २४ हजार पाँच सय ३६ बराबरको राजस्व संकलन भएको थियो।
६ वटा स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौं । रिक्त रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो । मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइट आवेदन दर्ता गराउन सक्नेछन् ।
ग्लोबल स्कुल अफ साइन्सले लियो प्रवेश परीक्षा, उत्कृष्ट २५ जनाले छात्रवृत्ति पाउने
काठमाडौं । ग्लोबल स्कुल अफ साइन्स(जीएसएस) ले कक्षा ११ का लागि सञ्चालन गरेको प्रवेश परीक्षामा झण्डै ९ हजार विद्यार्थी सहभागी भएका छन् । आइतबार सम्पन्न प्रवेश परीक्षामा देखिएको विद्यार्थीको ठूलो सहभागिताले संस्थाप्रति विद्यार्थी र अभिभावकले राखेको विश्वास झल्काएको जीएसएसका कार्यक्रम निर्देशक गोकुलदेव बडूले बताए । उनका अनुसार जीएसएसले निर्माण गरेको शैक्षिक वातावरण, अनुशासन, व्यवस्थापन र समर्पित शिक्षक टोलीप्रतिको भरोसाका कारण विद्यार्थीको आकर्षण बढेको हो । प्रवेश परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी पूर्ण छात्रवृत्तिका लागि अन्तर्वार्तामा सहभागी हुन योग्य हुनेछन् । सोमबार हुने अन्तर्वार्ताबाट छनोट भएका उत्कृष्ट २५ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउने जीएसएसले जनाएको छ । अन्तर्वार्ताको नतिजा सोमबार साँझ सार्वजनिक गरिनेछ । त्यस्तै, ४० प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी भने कलेज भर्नाका लागि योग्य हुनेछन् । उनीहरूले सोमबार बिहानदेखि नै भर्ना प्रक्रिया सुरु गर्न सक्ने कार्यक्रम निर्देशक बडूले जानकारी दिए । जीएसएसले पढाइसँगै विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित वातावरण तयार गरेको दाबी गरेको छ । कलेजका अनुसार शिक्षकहरूको मेहनत, विद्यार्थीको राम्रो प्लेसमेन्ट तथा निरन्तर उत्कृष्ट नतिजाका कारण अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको हो । ‘यो भिड प्रचारले नभई विश्वासले आएको हो,’ कार्यक्रम निर्देशक बडूले भने, ‘यसले संस्थालाई अभिभावकप्रति अझ जिम्मेवार बनाएको छ ।’
कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पती
काठमाडौं । कान्स फिल्म फेस्टिभल–२०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा सहभागी भएका छन् । मोरङको उर्लाबारी निवासी खनाल दम्पतीले आफ्नो कुकुर ‘मोगली’लाई प्रेमको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढाइ गरेर प्रस्तुत गरेका थिए । एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए । कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पुर्याइरहेको छ । कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ । वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ । फेस्टिभलमा सहभागी हुन हिजोमात्रै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरिसकेकी छन् । यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।
पृथ्वीको गति नै ढिला बनाउने थ्री गर्जेज ड्याम
चीनको याङ्त्से नदीमा अवस्थित थ्री गर्जेज ड्यामलाई विद्वानहरू आधुनिक इन्जिनियरिङको दिग्गज संरचनाको रूपमा लिन्छन् । यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध पनि हो । यो बाँध आधुनिक चीनका राष्ट्रपिता मानिने डा. सन यात–सेनको मस्तिष्कको उपज हो । उनले सन् १९१९ मा प्रकाशित आफ्नो पुस्तक ‘इन्टरनेसनल डेभलपमेन्ट अफ चाइना’ मा पहिलो पटक याङ्त्से नदीमा बाँध बनाएर ३ करोड हर्सपावर बराबरको ऊर्जा निकाल्न सकिने कल्पना गरेका थिए । सन् १९४० को दशकमा कम्युनिस्ट नेता माओ त्सेतुङले पनि यस परियोजनामा चासो देखाए र यसको प्रशंसामा कवितासमेत लेखे । तर, आर्थिक संकट र प्राविधिक अभावका कारण दशकौंसम्म यो योजना कागजमै सीमित रह्यो । अन्ततः सन् १९९२ मा चिनियाँ राष्ट्रिय जनकंग्रेसले यसलाई औपचारिक रूपमा पारित गर्यो । यसको औपचारिक निर्माण कार्य सन् १९९४ डिसेम्बर १४ देखि सुरु भएपनि परियोजना पूर्ण रूपमा सम्पन्न हुन झन्डै १८ वर्ष लाग्यो । याङ्त्से नदीमा आउने बाढी चीनका लागि शोकको कारण बन्दै आएको थियो । सन् १९३१ को बाढीमा झन्डै १४ लाख मानिसले ज्यान गुमाएका थिए भने सन् १९५४ मा ३० हजारभन्दा बढीको मृत्यु भयो । त्यसैले करोडौं नागरिकको जीवन रक्षा गर्नु यसको प्राथमिक उद्देश्य थियो । औद्योगिकीकरणतर्फ लम्किरहेको चीनलाई कोइलामुक्त, स्वच्छ र विशाल परिमाणमा जलविद्युत ऊर्जाको आवश्यकता थियो । नदीको बहावलाई नियन्त्रण गरी ठूला मालवाहक जहाजहरूलाई चीनको भित्री भाग (जस्तै चोङकिङ सहर) सम्म सहजै पुर्याउन बाँध बनाउनु पर्ने अर्काे मुख्य कारण हो । यसलाई मानव इतिहासकै सबैभन्दा ठूलो परियोजनामध्येको एक मानिन्छ । यसको औपचारिक निर्माण कार्य सन् १९९४ डिसेम्बर १४ देखि सुरु भएपनि परियोजना पूर्ण रूपमा सम्पन्न हुन झन्डै १८ वर्ष लाग्यो । बाँधको मुख्य संरचना सन् २००६ मा पूरा भयो । तर, सम्पूर्ण जलविद्युत गृहहरू र जहाज ओसारपसार गर्ने ‘शिप लिफ्ट’ प्रणाली पूर्णरूपमा तयार भई २०१२ मा बल्ल व्यावसायिक सञ्चालनमा आयो । बाँध निर्माण भएपछि यसको पछाडि एउटा विशाल कृत्रिम ताल बनाइयो जसको क्षेत्रफल र गहिराइले भूगोल नै बदलिदियो । यस कृत्रिम तालमा ३९.३ बिलियन क्युबिक मिटर (झन्डै ३९.३ अर्ब घनमिटर) पानी जम्मा हुँदै आएको छ । निर्माण कार्यको चरम बिन्दुमा यस आयोजनामा एकैपटक २ लाख ५० हजारभन्दा बढी कामदार, इन्जिनियर र प्राविधिकहरू अहोरात्र खटिएका चिनियाँ सञ्चारमाध्यमहरू जनाउँछन्। थ्री गर्जेज ड्यामको आकार जति विशाल छ, यसमा प्रयोग भएका सामग्री र लागतको तथ्यांक पनि उत्तिकै अचम्मलाग्दो छ । चिनियाँ सरकारको आधिकारिक तथ्यांक अनुसार यसको अनुमानित लागत झन्डै २२.५ अर्ब अमेरिकी डलर (करिब १८० अर्ब युआन) भनिएको छ । तर, अन्तर्राष्ट्रिय विज्ञहरू र स्वतन्त्र संस्थाहरूका अनुसार, विस्थापितहरूको पुनर्वास र वातावरणीय क्षतिपूर्ति समेत जोड्दा यसको वास्तविक लागत ३७ देखि ५९ अर्ब अमेरिकी डलर सम्म पुगेको अनुमान गरिन्छ । यो बाँध बनाउन मात्रै २ करोड ८० लाख क्युबिक मिटर (२८ मिलियन क्युबिक मिटर) कंक्रिट (सिमेन्ट, बालुवा र रोडाको मिश्रण) प्रयोग भएको थियो । यसका साथै ४ लाख ६३ हजार टन स्टिल प्रयोग गरिएको थियो, जसले फ्रान्सको आइफेल टावरजस्ता ६३ वटा टावरहरू सजिलै बनाउन सकिन्छ । बाँध निर्माण भएपछि यसको पछाडि एउटा विशाल कृत्रिम ताल बनाइयो जसको क्षेत्रफल र गहिराइले भूगोल नै बदलिदियो । यस कृत्रिम तालमा ३९.३ बिलियन क्युबिक मिटर (झन्डै ३९.३ अर्ब घनमिटर) पानी जम्मा हुँदै आएको छ । त्यसैगरी, यो ताल ६०० किलोमिटरभन्दा बढी लम्बाइ र औसत १.१ किलोमिटर चौडाइमा फैलिएको छ । यसको क्षेत्रफल सिङ्गापुरको कुल भूमिभन्दा पनि ठूलो छ । बाँधले नदीको पानीको सतहलाई समुद्र सतहभन्दा १७५ मिटरसम्म माथि उठाएको छ। पृथ्वीको गति नै ढिला थ्री गर्जेज ड्यामका कारण पृथ्वीको घुम्ने गति सुस्त भयो भन्ने कुरा विज्ञानले नै पुष्टि गरिसकेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूका अनुसार यो बाँधमा पानी पूर्ण रूपमा भरिँदा पृथ्वीको गति दैनिक ०.०६ माइक्रोसेकेन्ड (एक सेकेन्डको १० लाख भागको ६ भाग) ले ढिलो भएको छ । साथै यसले गर्दा पृथ्वीको अक्ष पनि २ सेन्टिमिटरले सरेको छ र पृथ्वीको आकार बीचमा अलिकति चेप्टो भएको छ । थ्री गर्जेज ड्याम विश्वकै सबैभन्दा ठूलो क्षमता भएको जलविद्युत केन्द्र हो । यसको कुल उत्पादन क्षमता २२ हजार ५०० मेगावाट रहेको छ, जसमा ३२ वटा मुख्य टर्बाइन र दुई वटा साना टर्बाइनहरू जडान गरिएका छन् । यसको पछाडि भौतिक विज्ञानको ‘मोमेन्ट अफ इनर्सिया’ र ‘कोणीय संवेग संरक्षणको नियम’ ले काम गरेको छ । जब ३९.३ अर्ब टन पानी समुद्र सतहभन्दा १७५ मिटर उचाइमा जम्मा गरियो, तब पृथ्वीको पिण्ड यसको केन्द्रभन्दा अलि टाढा र माथि विस्थापित भयो । जब कुनै व्यक्ति स्केटरमा घुमिरहेका बेला आफ्नो हात फैलाउँछन्, उनको घुम्ने गति कम हुन्छ र जब हात शरीरको नजिक ल्याउँछन् तब गति बढ्छ । बाँधले ठूलो परिमाणको पानीलाई पृथ्वीको सतहभन्दा माथि उठाएकाले पृथ्वीको घुम्ने गति अलिकति सुस्त हुन पुगेको हो । यस बारेमा सन् २००५ मा नासाका वरिष्ठ वैज्ञानिक डा. बेन्जामिन फङ चाउ र उनको टोलीले भू–उपग्रहको तथ्यांक र जियोडाइनमिक्स मोडेलको प्रयोग गरेर पुष्टि गरेका थिए । थ्री गर्जेज ड्यामको सफलतापछि चीनले योभन्दा पनि झन्डै ३ गुणा ठूलो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ, जसले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । विद्युत उत्पादन थ्री गर्जेज ड्याम विश्वकै सबैभन्दा ठूलो क्षमता भएको जलविद्युत केन्द्र हो । यसको कुल उत्पादन क्षमता २२ हजार ५०० मेगावाट रहेको छ, जसमा ३२ वटा मुख्य टर्बाइन र दुई वटा साना टर्बाइनहरू जडान गरिएका छन् । यसको उत्पादन ऋतुअनुसार फरक पर्छ । वर्षायाममा यसले दैनिक औसत ५४० देखि ६०० मिलियन किलोवाट–घन्टा (केडब्ल्यूएच) सम्म विद्युत उत्पादन गर्छ । मासिक रूपमा हेर्दा अनुकूल समयमा यसले १५ देखि १८ बिलियन किलोवाट–घन्टासम्म बिजुली उत्पादन गर्दछ । सन् २०२० मा यसले वार्षिक १११.८ बिलियन किलोवाट–घन्टा बिजुली निकालेर विश्व कीर्तिमान कायम गरेको थियो । चीनले यो बाँधबाट वार्षिक खर्बौं रुपैयाँ बराबरको आम्दानी गरिरहेको छ । सन् २०१८ सम्ममा चीनले यसको निर्माणमा लागेको सम्पूर्ण सावाँ लगानी बिजुली बेचेर र ढुवानी करबाट असुल गरिसकेको दाबी गरेको छ । हाल यसले चीनको ठूलो औद्योगिक क्षेत्रलाई सस्तो र निरन्तर ऊर्जा दिइरहेको छ, जसले गर्दा कोइला आयातमा चीनको अर्बौं डलर जोगिएको छ । भारतको सिमानामा अझ ठूलो बाँधको तयारी थ्री गर्जेज ड्यामको सफलतापछि चीनले योभन्दा पनि झन्डै ३ गुणा ठूलो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ, जसले दक्षिण एसियाको भू–राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । चीनले तिब्बतको पर्यटकीय एवं रणनीतिक क्षेत्र ‘मेडोग’ मा यारलुङ जाङ्बो नदीमा सुपर–ड्याम बनाउने घोषणा गरेको छ । यो नदी भारत पसेपछि ब्रह्मपुत्र बन्दछ र बंगलादेश हुँदै हिन्द महासागरमा मिसिन्छ । हिमालय क्षेत्रको ‘ग्रेट बेन्ड’ (जहाँ नदी अचानक मोडिएर भारततर्फ झर्छ) मा यो बाँध बनाउने योजना छ । यस प्रस्तावित सुपर बाँधको विद्युत उत्पादन क्षमता मात्रै ६० हजार मेगावाट हुने अनुमान गरिएको छ, जुन थ्री गर्जेजभन्दा झन्डै तेब्बर हो । यसले चीनको ‘कार्बन न्यूट्रल’ लक्ष्यलाई सघाउने चिनियाँ अधिकारीहरूको भनाइ छ। यो परियोजना भारतको अरुणाचल प्रदेशको सीमानाभन्दा केही किलोमिटर मात्र टाढा पर्ने भएकाले भारत र बंगलादेश अत्यन्तै चिन्तित छन् । युद्ध वा तनावको स्थितिमा चीनले अचानक बाँधको ढोका खोलिदिएमा उत्तर–पूर्वी भारत र बंगलादेशमा अभूतपूर्व र विनाशकारी बाढी आउन सक्छ । अर्कोतर्फ सुख्खा याममा चीनले पानी थुनिदिएमा ती क्षेत्रमा पानीको हाहाकार हुन सक्छ । यो भूकम्पीय हिसाबले अत्यधिक संवेदनशील क्षेत्रमा पर्दछ । यति ठूलो पहाडी क्षेत्रमा ड्याम बनाउँदा र पानीको भारी वजनले गर्दा ‘कृत्रिम भूकम्प’ जाने र बाँध फुट्ने खतरा रहन्छ, जसले तल्लो तटीय क्षेत्रमा प्रलय ल्याउन सक्छ । चीनले ब्रह्मपुत्र नदीको हाइड्रोलोजीकल डाटा (पानीको बहावको तथ्यांक) समयमै साझेदारी नगर्ने गरेको आरोप भारतले लगाउँदै आएको छ । यसको काउन्टरमा भारतले पनि अरुणाचल प्रदेशमा आफ्नोतर्फबाट ठूला जलविद्युत परियोजना र भण्डारण बाँधहरू (जस्तै–दिबाङ परियोजना) बनाउने घोषणा गरेको छ, ताकि चीनले छोड्ने अनियन्त्रित पानीलाई व्यवस्थापन गर्न सकियोस् । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्रीहरू : इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति सुनमा ब्रेक, रुपैयाँमा दबाब
श्रीमानको अनावश्यक हस्तक्षेप
काठमाडौं । सर्वोच्च अदालतमा दायर हुन आएका रिट निवेदन तथा दरपिठविरुद्धका निवेदनहरू दर्ता नगरी रोकेको विषयमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गम्भीर चासो व्यक्त गर्दै तत्काल दर्ता गर्न आदेश दिएकी छन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले दायर गरेको रिट निवेदन तथा अधिवक्ता गीता थापाको दरपीठ आदेशविरुद्ध परेको निवेदनसमेत सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध गरेको गुनासो आएपछि मल्लले हस्तक्षेप गरेकी हुन् । उनले सोमबार जारी गरेको आदेशमा अदालतमा दर्ता हुन आएका निवेदनहरू होल्डमा राख्ने अधिकार सर्वोच्च अदालत प्रशासनलाई नरहेको उल्लेख गर्दै इजलासले निर्णय गर्ने विषयसमेत प्रशासनिक तहबाट रोकिएको पाइएको बताएकी छन् । आदेशमा दरपीठविरुद्धका निवेदनसमेत इजलाससमक्ष प्रस्तुत नगरी राखिएको उल्लेख छ । आदेशमा नेपालको संविधानले प्रत्येक नागरिकलाई अदालतको ढोका ढकढक्याउने जन्मसिद्ध अधिकार दिएको उल्लेख गर्दै अदालतमा आएका दाबी, उजुरी वा निवेदन कानुनबमोजिम दर्ता गरी न्यायिक प्रक्रिया अगाडि बढाउनु अदालतको दायित्व भएको स्पष्ट पारिएको छ । कामु प्रधानन्यायाधीश मल्लले निवेदन दर्ता नगरी रोक्नु न्यायप्राप्तिको बाटोमा अवरोध भएको टिप्पणी गरेकी छन् । उनले यस्तो कार्यले न्यायपालिकाप्रतिको जनआस्था कमजोर बनाउने समेत उल्लेख गरेकी छन् । आदेशमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशनका कारण दर्ता नगरिएको जानकारी गराएको उल्लेख छ । त्यसपछि संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ प्रयोग गर्दै उनले हस्तक्षेप गरेको जनाइएको छ । मल्लले वैशाख २३ र २५ लगायतका दिनमा दर्ता हुन आएका सबै रिट निवेदन तथा दरपीठविरुद्धका निवेदन सोमबार दिउँसो १ बजाभित्र दर्ता गर्न र मंगलबारको पेसीमा चढाउन मुख्य रजिष्ट्रारलाई निर्देशन दिएकी छन् । साथै सोको जानकारी आफूलाई दिनसमेत आदेश दिइएको छ । सर्वोच्च अदालत प्रशासनभित्रै रिट दर्ता प्रक्रियालाई लिएर उत्पन्न विवादले न्यायपालिकाको पारदर्शिता, निष्पक्षता र स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ । सपना प्रधान मल्लको आदेश: यसमा वरिष्ठ अधिवक्ता डा. श्री दिनेश त्रिपाठी लगायतका निवेदकहरूले नेपालको संविधानको धारा १३३ बमोजिम दायर गरेको निवेदनमा सर्वोच्च अदालत प्रशासनबाट वरिष्ठ अधिवक्ता डा. श्री दिनेश त्रिपाठी, अधिवक्ता डा. श्री प्रेमराज सिलवालको रिट निवेदन तथा अधिवक्ता श्री गिता थापाको मिति २०८३।०१।२५ गते भएको दरपीठको आदेश उपर पर्न आएको निवेदनसमेत मिति २०८३।०२।०४ मा तथा संवैधानिक इजलासमा प्रस्तुत गर्नुपर्ने रिट तथा अन्य रिट निवेदनहरूसमेत सर्वोच्च अदालतबाट दर्ता समेत नगरी न्यायको बाटो अवरोध गरिएको व्यहोराको गुनासो एवं उजुरी मिति २०८३।०२।०२ तथा मिति २०८३ । ०२।०४ मा लिखित रुपमा पर्न आएको देखियो । यस अघि पनि मौखिक रुपमा गुनासो दर्ता भएको र नेपाल बार एसोसिएसनलेसमेत सर्वोच्च अदालतले निवेदनसहितको फाईल दर्ता दरपीठ नगरी मौन साँधी आएको सम्बन्धमा प्रेस विज्ञप्ति मिति २०८३ । ०१ | ३० मा जारी गरी हाम्रो ध्यानाकर्षण गराएको थियो । साथै निवेदकहरू र कानून व्यवसायीहरू समेत उपस्थित भई यस विषयमा प्रधानन्यायाधीशको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपालको संविधान, अन्य कानून र न्यायका मान्य सिद्दान्त बमोजिम न्याय सम्बन्धी अधिकारको प्रयोग अदालतबाट हुने व्यवस्था संविधानले नै गरेको छ । न्यायको अन्तिम याचना गर्ने स्थान भनेको न्यायापालिका नै हो । कुनै पनि अन्यायमा परेको व्यक्ति वा संस्थाको तर्फबाट संविधान र कानून बमोजिम अदालतको ढोका ढक्ढक्याउने जन्मसिद्द आधारभूत मानव अधिकार सबैलाई प्राप्त छ । सोही बमोजिम अदालतमा पर्न आएका दावी, उजुरी वा निवेदनको कानून बमोजिम दर्ता गरी आवश्यक कानूनी प्रकृया अवलम्वन गरी उपयुक्त निकासा वा न्याय निरुपण गर्ने काम अदालतबाट । मिति २०८३ । ०१ । २५ मा दर्ता दरपीठ उपरको निवेदनहरू समेत दर्ता नगरी भैरहेको हुन्छ रोकिराख्ने अधिकार सर्वोच्च प्रशासनलाई रहे भएको देखिँदैन । इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइयो । दरपीठ उपरको आदेश इजलाससमक्ष समेत प्रस्तुत नगरी राखिएको पाइयो । यस क्रममा अदालतको अधिकारक्षेत्र व्यवस्थित गर्न तथा न्यायलाई छिटो छरितो, सर्वसुलभ, निष्पक्ष, प्रभावकारी र जनजउत्तरदायी बनाउन न्याय प्रशासनको संचालन गर्न कानूनले न्यायाधीश तथा कर्मचारीहरूलाई आ-आफ्नो काम, कर्तव्य र अधिकार प्रदान गरेको हुन्छ । यस सम्बन्धमा प्रस्तुत विषयमा यस सर्वोच्च अदालतमा दायर गर्न ल्याएको दरपीठको आदेश उपर तथा अन्य रिट निवेदन दर्ता नगरी राखेको भन्ने उजुरी/निवेदन परेकोमा अदालत प्रशासन र कानूनले तोकेको जिम्मेवारी पूरा नगरेको र न्यायिक मर्यादाको सम्मान नगरेको प्रश्न उपस्थित हुन आएको देखियो । नेपालको संविधान तथा कानूनले तोकेको काम, कर्तव्य र जिम्मेवारी पुरा नगर्न छुट कोही कसैलाई पनि हुँदैन । कुनैपनि नेपाली नागरिक वा व्यक्तिले आफ्नो संवैधानिक तथा न्याय सम्बन्धी हकको प्रचलन गर्नबाट रोक्नु कानूनी शासनको भंगता हुन जान्छ । यसरी निवेदकले ल्याएको निवेदन नै कानून बमोजिम दर्ता गर्न अधिकार तोकिएको अधिकारीबाट दर्ता नगरी राख्दा न्यायमा पहुँचमा अवरोध पुग्ने त छँदैछ, साथै कानून बमोजिमको न्यायिक प्रकृयाको समेत उल्लङ्घन हुनजाने स्पष्ट छ । यस सम्बन्धमा सम्पूर्ण माननीय न्यायाधीशहरू समक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशमा सिफारिस माननीय न्यायधीशले नै निर्देशन दिनु भएकोले नगरेको भन्ने कुरा जानकारी गराउनु भयो । नेपालको संविधानको धारा १३६ ले न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको छ । यस्तो विशेष अवस्था र परिस्थितिमा अदालतको न्याय प्रशासन संचालनमा देखिएको अवरोधलाई सम्बोधन गर्न नेपालको संविधानको धारा १३६ न्याय प्रशासन ऐन, २०७३ को दफा ३५, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गर्न अत्यावश्यक हुन आएको छ । सर्वोच्च अदालत नियमावलीको नियम ८ को उपनियम (१) को खण्ड (७) बमोजिम अदालतमा दर्ता हुन आएको लिखत दर्ता गर्न वा दर्ता गर्न नमिल्ने देखिएको लिखत दरपिठ गर्ने अधिकार मुख्य रजिष्ट्रारलाई प्राप्त भएको अवस्थामा मिति २०८३।०१।२३, २०८३ । ०१ । २५ लगायतका मितिमा निवेदकको तर्फबाट दर्ता गर्न वा दर्ता नगरी ढिलाई गरी रिट दर्ता शाखामा, मुद्दा हेर्ने रजिष्ट्रार र मुख्य रजिष्ट्रारले अल्मल्याउन खोजी न्ययिक प्रकृयालाई नै अवरोध पुर्याउनु न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रता माथिको उदासिनता र अकर्मण्यता हो। कानूनले तोकेको विधि र प्रकृया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध (Obstruction of Justice) र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ । यस्तो अवस्थामा नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ बमोजिम प्रधान न्यायधिशको हैसियतले आवश्यक निर्देशन एवं आदेश गर्नुपर्ने आवस्थाको विद्यमानता देखियो । यसर्थ, प्रस्तुत विषयमा निवेदन दर्ता गर्न ल्याएको निवेदन आजै एक बजे भित्र सबै रिट निवेदनहरू तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी भोली मिति २०८३ साल जेष्ठ ५ गेत मंगलबारको तारेख तोकी पेशीमा चढाई नियमानुसार गर्नु र सोको जानकारी मलाई दिनु भनी यस अदालतको मुख्य रजिष्ट्रारको नाममा यो आदेश गरी दिएको छ । मसमक्ष पेश भएका उजुरीको छायाँप्रति यसै साथ छ । सबै निवेदकहरूलाई यसको जानकारी दिनू ।