विकासन्युज

मांसाहारी बिना पनि पूरा हुन्छ आइरन, आइरनले भरिपूर्ण यी शाकाहारी खानेकुरा खानुहोस्

काठमाडौं । के राति गहिरो निद्रा लागे पनि सधैं अल्छी वा थकित अनुभव भइरहन्छ ?  थोरै काम गर्दा चक्कर लाग्ने, सास फेर्न गाह्रो हुन थाल्ने हुन्छ ? अझ कहिलेकाँही त बिना कारण शरीर दुख्न थाल्छ.। बिना कुनै कारण तपाईंलाई सास फेर्न गाह्रो वा कमजोरी महसुस हुन सक्छ । यदि तपाईंलाई यस्तै समस्या छ भने बेवास्ता गर्न हुँदैन  । यी संकेतहरूले प्रायः शरीरमा फलामको कमीलाई संकेत गर्छन् ।  फलाम एक खनिज हो जसले हाम्रो शरीरलाई रगत बनाउन मद्दत गर्छ । यसका साथै यसले हाम्रो मष्तिष्कलाई सक्रिय राख्न, हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र दिनभरि ऊर्जा कायम राख्न मद्दत गर्छ । प्रायः मानिसहरू सोच्छन् कि मांसाहारी खाना खाएर मात्र आइरनको आवश्यकता पूरा हुन्छ, तर यो सत्य होइन ।  शाकाहारीहरूका लागि पनि फलामका धेरै उत्कृष्ट र प्राकृतिक स्रोतहरू उपलब्ध छन्, जुन घरमा सजिलै उपलब्ध हुन्छन् र दैनिक आहारमा समावेश गर्न सकिन्छ । कालो तील कालो तील सानो हुन सक्छ, तर यसलाई फलामको खजाना मानिन्छ । एक चम्चा कालो तीलमा ४–६ मिलिग्राम फलाम हुन्छ । यस्तो समस्या देखिँदा कालो तीलको प्रयोग गर्नु राम्रो मानिन्छ ।  लुडे  लुडेको साग मात्र नभइ दाना समेत शरीरका लागि फाइदाजनक हुन्छ । यसको पातमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । एक कचौरा पकाएको लट्टे सागमा २ दशमलव ३–५ मिलिग्राम फलाम हुन्छ ।  सोयाबिन सोयाबिन प्रोटिन र आइरन दुवैको राम्रो स्रोत हो । आधा कचौरा पकाएको भटमासले ४–५ मिलिग्राम आइरन प्रदान गर्न सक्छ । कोदो जाडोमा धेरै फाइदाजनक मानिने कोदो पनि यस सूचीमा समावेश छ । एक कचौरा पाकेको कोदोमा लगभग ६ मिलिग्राम फलाम पाइन्छ । पीठोलाई रातभर भिजाएर रोटी बनाउँदा अझ राम्रो पोषक तत्व प्राप्त हुन्छ । गुड गुड गुलियो मात्र होइन, खनिज पदार्थले पनि भरिपूर्ण हुन्छ । २० ग्राम गुडले १–२ मिलिग्राम फलाम प्रदान गर्न सक्छ । यदि गुड परम्परागत तरिकाले बनाइएको छ भने शरीरका लागि निकै फाइदाजनक हुन्छ । मखाना मखाना टाढाबाट हेर्दा फूल उठेको मकै जस्तो देखिन्छ । यो नियमित खाँदा मुटु र मिर्गौला स्वस्थ हुन्छ । भुटेको मखाना हल्का र स्वस्थकर खाजा हो । एक कचौरा मखानामा लगभग १ मिलिग्राम आइरन र राम्रो मात्रामा म्याग्नेसियम हुन्छ । गहत  गहतमा अन्य सामान्य दालहरू भन्दा फलामको मात्रामा बढी शक्तिशाली हुन्छ । आधा कचौरा पकाएको गहतको दालले ५–६ मिलिग्राम फलाम प्रदान गर्दछ ।  

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, 'उहाँसँग सरकारमै रहेको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।' केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा सहभागी सेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था तथा भावी रणनीतिबारे आ–आफ्ना धारणा राख्दै छलफल गरेका थिए । साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विशेष महाधिवेशन भव्य बनाउने तयारी : काठमाडौंका होटेलमा १५ सय कोठा बुक

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै आयोजक समूहले काठमाडौंमा व्यापक तयारी अघि बढाएको दाबी गरेको छ । आयोजकका अनुसार देशभरबाट आउने प्रतिनिधिका लागि राजधानीका विभिन्न क्षेत्रमा ठूलो संख्यामा होटल कक्ष बुकिङ गरिएको छ । ठमेल, नक्साल, सुन्धारा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा करिब ३ हजार महाधिवेशन प्रतिनिधिका लागि १ हजार ५ सय कोठा बुक गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए । विशेष महाधिवेशन प्रतिनिधिका लागि आवास तथा खानपान व्यवस्थापन समितिका प्रमुख रमेश धमलाले क्षेत्रगत आधारमा बसोबासको संयोजन मिलाउने तयारी गरिएको जानकारी दिएका छन् । धमलाका अनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रतिनिधिहरूको व्यवस्थापन गरिनेछ । आवास, खाना र आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले क्षेत्रगत संयोजनको मोडालिटी बनाइएको उनले बताए । महिला प्रतिनिधि, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका प्रतिनिधिका लागि छुट्टै प्राथमिकता दिइने आयोजक पक्षको भनाइ छ । आवश्यक परे स्वास्थ्य तथा सहयोगी सेवासमेत उपलब्ध गराउने तयारी गरिएको समितिले जनाएको छ । काठमाडौंमै स्थायी बसोबास भएका वा आफन्तको घरमा बस्न सक्ने प्रतिनिधिलाई त्यहीअनुसार समन्वय गर्न आग्रह गरिएको आचार्यले बताए । आयोजक समूहले प्रत्येक निर्वाचन क्षेत्रका लागि राजनीतिक फोकल पर्सन तोक्ने तयारीसमेत अघि बढाएको छ । फोकल पर्सनमार्फत प्रतिनिधिको आवागमन, बसोबास तथा सम्पर्क व्यवस्थापन सहज बनाउने लक्ष्य राखिएको नेता आचार्यले जनाए । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना हुने जनाउँदै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उनीहरूले पार्टीभित्र देखिएका विवाद, संगठनात्मक जटिलता तथा भावी राजनीतिक दिशाबारे खुला बहस आवश्यक रहेको तर्क गर्दै आएका छन् । तर संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ । विधान र प्रक्रिया अनुसार अघि बढ्नुपर्ने धारणा राख्दै संस्थापन पक्षले विशेष महाधिवेशन आवश्यक नरहेको जिकिर गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।

'एलओडी क्लब' डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६  का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो ।  डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ । एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ । मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'सबमिटमा' क्लिक गर्नुपर्छ ।  प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।  छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ । विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा रहेको छ । सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए । उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको  छ ।   'एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,' उनले भने, 'नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ । जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ ।'  एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए । एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ । एलओडी क्लबले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान बनाइसकेको क्लबका निर्देशक श्रेष्ठले बताए ।

विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पुष २७ गते युवा भेला गर्ने भएको छ । तरण दल, नेविसंघ, महिला संघलगायतका भातृ संगठनको आयोजनामा युवा भेला गर्न लागिएको तरुण दलका सभापति विद्वान गुरुङले जानकारी गराए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुन लागेको उक्त कार्यक्रममा निर्वाचन केन्द्रित प्रशिक्षण दिइने गुरुङले बताए । उनका अनुसार निर्वाचनमा युवा परिचालनको रणनीति तय गर्न भेला गर्न लागिएको हो । पुष २७ गते भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशनको आयोजना गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत भेलालाई भव्य बनाउन पार्टीका सबै भातृ संस्थाहरू सक्रियतापूर्वक लागेको जानकारी दिए ।

आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा। रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार (आज) सम्पन्न २८ औं वार्षिक साधारणसभामा थपलिया निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । साथै सभाले नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ  र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित  भएका छन्। परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ ।  ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।