सिटी एक्सप्रेसको दशैँ तिहार योजनाको विजेता घोषित, साथै नयाँ लोगो सञ्चालनमा
काठमाडौं, २१ पुस । दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतिय गोला प्रथा मार्फत छनौट गरेको हो । बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे श्री सन्दिलिपकुमार महतो छनोट भएका छन् । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका छन् । कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा सँंग–सँगै कम्पनीले नयाँ लोगोपनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
काठमाडौं, २१ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा शान्तिनगरस्थित रहेको निःसहाय सेवा सदनलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदनमा आश्रय लिइरहेका ४५ जना वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पनि निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको थियो । बैंकले १०औँ वार्षिकोत्सव कै अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग
काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पतालको आर्थिक अवस्था कमजोर भएका १५ जना मोति बिन्दुका बिरामीको मोति बिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले अस्पताललाई ३७ हजार ५ सय रुपैयाँको चेक हस्तातरण गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।
यती डेभलपमेण्ट बैंकको सेयर स्वामित्व परिर्वतन, ५० प्रतिशत हकप्रद आँउदै
काठमाडौं, २१ पुस । यती डेभलपमेण्ट बैंकको संस्थापक सेयर स्वामित्व परीवर्तन भएको छ । कम्पनीको सेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ । बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङ्ग ले स्विकृती प्रदान गरेको हो । परिवर्तन अघि बैंकको संस्थापक समूहको शेयर स्वामीत्व अनुपात ६८.३१ प्रतिशत तथा सर्वसाधारण समूहको ३१.६९ प्रतिशत रहेको थियो । साथै, बैंकले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात (२ बराबर १) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।
धौलागिरिमा फेला पर्यो सेन्चुुरी पदमार्ग (फोटो फिचरसहित)
काठमाडौं, २१ पुस । धौलागिरि हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणि आधारशिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरि सेन्चुरी टे«क’ एक्सप्लोर गरेको थियो ।राजधानीमा उक्त पदमार्गको शुभारम्भ गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ । धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने संभावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने छ । प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो । यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, फ्रेण्ड्स एडभेञ्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए । यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ । पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे«क संभव छ । संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे«कको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ ।
सुबिसु इन्टरनेट १७ औँ वर्षमा प्रवेश, संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल
काठमाडौं, २१ पुस । नेपालको एक अग्रणी इन्टरनेट सुबिसु केवलनेट बिहीबारबाट १६औं बर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा शुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ । १६ बर्षको अन्तरालमा कम्पनीले आफ्ना ग्राहकहरुलाई थप नविन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु दिँदै आएको छ । ग्राहकहरुलाई डिजिटल टिभी सेवा, इन्टरनेट टिभी ओटिटि सेवा र ब्रोड व्याण्ड सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भन्छन् “सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसँग रहोस भन्ने चाहान्छौँ । १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”
रामचन्द्र संघाई विरुद्ध व्यापारिक साँझेदार सुभाष खेतान र रमेश अग्रवालको ६ आरोप
काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत हिस्सेदारका रुपमा रहेका खेतान र अग्रवालले राजश्व अनुसन्धान विभाग, अख्तियार, सम्पति सुद्धिकरण विभाग, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई बोधार्थ दिएर नेपाल आयल निगमलाई लेखेको पत्रमा संघाई विरुद्ध गम्भिर प्रकृतिका ६ वटा आरोप लगाइएको छ । रामचन्द्र संघाईले भारतबाट ग्यास ढुवानी गर्दा बढि रकम भाडा तिरेर राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गरेको आरोप पनि उनीहरुले लगाएका छन् । त्यस्तै, संघाईले ५० प्रतिशत लगानी कर्तालाई बाइपास गरेर उद्योग कब्जा गरेको, बुलेट ढुवानीमा बढि भाडा तिरेर राजश्व चुहावट गरेको, विदेशी मुद्रा अपचलन गरेको, उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्नेगरि न्युन गुणस्तरका सिलिण्डर बेचेको, भूकम्प र भारतीय नाका बन्दीका समयमा कालोबजारी गरेको लगायतका आरोप लगाएका छन् । उनीहरुले नेपाल आयल निगमलाई कात्तिक २५ गते पत्र लेखेर पिडिओ रोक्का गरि कारवाही अघि बढाउन माग गरेका थिए । संघाईले उपभोक्ताहित प्रतिकुल तथा राजश्व चुहावटको काम समेत गरेकाले उनी माथी तत्काल अनुसन्धान गरेर कारवाही गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । खेतान र अग्रवालले सिद्धार्थ ग्यास उद्योग प्रालीमा आफुहरुको ५० प्रतिशत हिस्सा रहेको र सो सम्बन्धी मुद्धा पाटन उच्च अदालतमा विचाराधिन रहेकाले पनि संघाईलाई अदालतको मानहानीको कारवाही पनि गरिनुपर्ने दावी गरेका छन् ।
बिहीबार मात्र गुडविल फाइनान्सको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २१ पुस । बिहीबार मात्र गुडविल फाइनान्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको ९ लाख ७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २८५ रुपैयाँमा किनबेच भएको छ ।