विकासन्युज

मंगलबारको नेप्सेमा सामान्य अंकको गिरावट, ४० करोडको सेयर कारोबार

काठमाडौं । दिनभर केही उतारचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजारमा नेप्से परिसूचक ४ अंकले घटेर १२७४ दशमलब ९७ अंकमा अडिएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा करिब १० करोड रुपैयाँ बराबरको गिरावट भएको दखिन्छ । सोमबार ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार जम्मा ४० करोड बराबरको सेयर कारोबार भएको छ । मंगलबार कारोबार भएका होटल र विकास बैंक समूह बाहेक बाकी सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३३ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद रद्द गरिँदै

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा यसअघि गरेको निर्णय अगामी साधारणसभाबाट रद्द गर्ने तयारी गरेको छ । गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित रिलायबल डेभलपमेन्ट बैंकले चैत २ गतेको लागि साधारणसभा बोलाउने भएको छ । यसअघि रिलायबलले ग्लोबल आइएमई बैंकसँग एक्वायर प्रक्रियामा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । तर रिलायबलका केही सेयरधनीले साधारणसभाको निर्णय कार्यान्वयन नभई मर्ज तथा एक्वायरमा जानु गल्ती हुने भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी गरेको थिए । बोर्डले पूर्व घोषित हकप्रद सेयर निष्काशन नगरि एक्वायर प्रक्रियामा जाँदा लगानी कर्तामाथि अन्याय हुने भन्दै हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायरमा जान निर्देशन दिएको थियो । बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिए । रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ । उक्त एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया ढिला भएको तर प्रयास जारी रहेको बताए । ‘रिलायबल डेभलपमेन्ट बैंकले सम्बन्धीत नियामक निकायको सहमति पाएपछि पुरानो सम्झौता अनुसार एक्वायर प्रक्रिया अगाडि बढ्न सक्छ’ अध्यक्ष ढकालले भने । स्रोतका अनुसार रिलायबलले १ बराबर १ हकप्रद सेयर निष्काशन गर्दा अक्वायर सम्बन्धी सहमतिभन्दा फरक स्थिति बन्ने जनाउँदै त्यो अवस्थामा एक्वायर नगर्ने संकेत दिएको छ । ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस डेभलपमेन्ट बैंकलाई आगामी असार मसान्तसम्ममा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन सजिलो छैन । बैंकका प्रवद्र्धकहरु वाणिज्य बैंकमा एक्वायरमा जान तयार भए पनि साधारण सेयरधनी हकप्रद सेयर जारी गर्नु पर्ने माग गर्दै नियामक निकायमा गएका थिए । जतिबेला कम्पनीको सेयर प्रतिकत्ता ५८३ रुपैयाँ सम्म पगेको थियो । एक्वायर प्रक्रियामा गएपछि गत असोज १२ यता यस बैंकको सेयर कारोबार भएको छैन । यस बीचमा नेप्से ३२ प्रतिशतले घटेकोले साधारण सेयरधनीमा पनि हकप्रद सेयरको रुची कम भएको बैंक उच्च स्रोतले बतायो । ‘पहिला हकप्रद सेयरको पक्षमा रहको सेयरधनी अहिले मर्ज तथा अक्वायरमा जान सुझाव दिदै आउनु भएको छ’ बैंक व्यवस्थापन समूहका एक पदाधिकारीले भने । यसअघि साधारणसभाले गरेको निर्णय अर्को साधारणसभाले सच्याउन सक्ने कानुनी बाटोलाई समातेर चैतमा साधारणसभा गर्न लागिएको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो सम्भवत पहिलो घट्ना हो ।

रिलायबल डेभलपमेन्ट बैंकको ११औँ वार्षिक साधारणसभा आगामी चैत २ गते

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको ६५औँ बैंक सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार हाल कम्पनीको नेप्सेबाट हुने सेयर कारोबार रोक्का रहेको छ । ग्लोबल आईएमई बैंक लि. सँग प्राप्ती सम्बन्धि सम्झौताको काराणबाट बैंकको सेयरधनी दर्ता किताब बन्द रहेको बैंकले जनाएको छ । साथै, कम्पनीले अब हुन लागेको साधारण सभाको लागि भिन्दै सेयरधनीहरुको दर्ता किताव बन्द गर्नु नपर्ने बताएको छ । तैपनि यस अघि कारोबार भई दाखिल खारेज हुन बाँकी सेयरहरु फागुन २० गते भित्र दाखिल खारेज गर्न गर्न आग्रह गरेको छ । साथै, सो दिन सम्म दाखिल खारेज भएका सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन र बोनस सेयरका लागि योग्य हुने बैंकले जनाएको छ ।

भार्गव विकास बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन १२ गते बुक क्लोज

काठमाडौं । भार्गव विकास बैंकले सेयरधनीलाई शतप्रतिशत(एक बराबर एक अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन १२ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय फागुन २ गते बसेको १५८औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

एक्सीएमजीको शोरुम ललितपुरमा सञ्चालन

काठमाडौं । एक्सीएमजीको नेपालको लागि आधिकारिक विक्रेता आईडिएमसी प्रा.लि.ले एक्सीएमजी नामक हेभि इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन आईडिएमसी प्रा.लि.का अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कम्पनी लि (एक्सीएमजी), चिनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा गरेका थिए । एक्सीएमजीले २००० टन क्षमताको अल टेरिन क्रेन ५००० टन सम्म क्षमताका क्राउलर क्रेन, चीनमा सबैभन्दा बढी क्षमताको १२ टनको लोडर मेसिन, १०० मीटर माथि आकाशमा पनि आगो निभाउन सक्ने कम्पनीले जनाएको छ । शोरुमको स्थापन संगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ । मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसी प्रा.लि. ले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । कम्पनीका अनुसार विश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरु मध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनीले भक्तपुरको सानोठिमी स्थित आफ्नै मर्मत संभारकेन्द्रको स्थापना समेत गरि सकेको छ । उक्त सेवा केन्द्रबाट कम्पनीले चाईनीज विषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले दिएका छन् ।

व्याजदर वृद्धिले निक्षेप वृद्धिमा सहयोग गरेन, अझै निक्षेप संकलन भन्दा कर्जा लगानी बढी

काठमाडौं । निक्षेप परिचालनको हिसावले निजी क्षेत्रको बैंक मध्ये उत्कृष्ट बैंक हो नेपाल इन्भेष्टमेन्ट बैंक । पुस मसान्तसम्ममा उसले १ खर्ब १६ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ । उसको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७८ प्रतिशत छ । १ महिनाअघि यति राम्रो पोजिशनमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मुद्दती खातामा १२ प्रतिशत व्याज दिने विज्ञापन प्रकाशित गर्यो । अधिकांश वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिने भनेका छन् । शुरुमा उच्च व्याजदरको स्कीम ७० दिन, ८० दिन वा ९० दिन अवधिका हुन्थे, अहिले १ वर्ष अवधिको स्कीमहरु सार्वजनिक भईरहेको छन् । एनएमबी बैंकले त २ वर्ष अवधिको स्कीम ल्यायो १२ प्रतिशत व्याजदरमा । बैंकहरुले जारी गरेको यी स्कीमले तरलताको अभाव लामो समय लम्बिने संकेत गरेको छ । माघ महिनामा पनि निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको देखिएको छ । वाणिज्य बैंकहरूले पछिल्लो पाँच सातामा ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा निक्षेप संकलने १२ अर्ब कम अर्थात ७० अर्ब निक्षेप संकलन गरेका छन् । सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार पुस १५ गतेसम्म १८ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेका बाणिज्य बैंकहरूले माघ २१ गतेसम्म १९ खर्ब ३६ अर्ब रुपैयाँ संकलन गरेका छन् । पुुस दोस्रो सातासम्म १५ खर्ब ३५ अर्ब कर्जा लागनी भएकोमा पाँच सातामा १६ खर्ब १७ अर्ब पुगेको छ । बजारमा निक्षेप संकलन पनि उतार चढाव देखिएको छ । गत पुस ३० गते १९ खर्ब ७ अर्ब भएको निक्षेप संकलन माघ १४  गते आइपुग्दा १८ खर्ब ८२ अर्बमा सीमित भएको छ । यसरी हेर्दा १५ दिनको अवधिमा २५ अर्बले निक्षेप घटेको देखिन्छ । यसरी निक्षेप घट्नुको कारण वाणिज्य बैंकहरूको निक्षेप विकास बैंक वा फाइनान्स कम्पनीमा सर्नु भएको बैंकर्सहरुको बुझाईछ । पुस ३० पछि निक्षेप संकलन घटेपनि कर्जा लगानी भने बढिनै रहेको छ । पुस ३० गतेसम्म १५ खर्ब ९० अर्ब रहेको बाणिज्य बैंकहरूको कर्जा लगानी माघ १४ गतेसम्म २१ अर्ब रुपैयाँले बढेर १६ खर्ब ११ अर्ब पुगेको छ । बैंकहरुले पहिले नै गरेको प्रतिवद्धता अनुसार कर्जा लगानी गर्दा लगानी विस्तार भएको तर नयाँ कर्जा लगानीको निर्णय ज्यादै कम भएको दाहालले बताए ।

शिखर इन्स्योरेन्सले १३ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेप्सेको ‘क’ वर्गमा १०७ वटा कम्पनी सूचिकृत, हेर्नुहोस् कुन कुन परे?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत भएका छन् । मंगलबार नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ४५, बीमा समूहबाट १७, वित्त समूहबाट १४, जलविद्युत समूहबार ३, होटल र अन्य समूहबाट एक एक वटा कम्पनी गरि जम्मा १०६ वटा कम्पनी सूचिकृत भएका छन् । धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले ‘क’ वर्गमा सुचिकृत गर्दै आएको छ । शर्त अनुसार चुक्ता पूँजी कम्तिमा २ करोड रुपैयाँ भएको, साधारण सेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय-व्यय विवरण पेश गरेको हुनुपर्ने नेप्सेले जनाएको छ । हेर्नुहोस् सूचिकृत भएका १०७ कम्पनी