विकासन्युज

याङग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी ल्याउन सरकारको तयारी, मेलम्चीको दोस्रो आयोजनाको काम सुरु

काठमाडौ । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट मेलम्चीमा मिसाई राजधानीमा थप ३४ करोड लिटर पानी ल्याउनका लागि आवश्यक सडक संरचनाको प्रारम्भीक काम सुरु भएको छ । परामर्शदाता ईप्टसा इन एसोसियसन विथ टीएस, ईसिल्ट टीएमएस जिओकमले प्रारम्भीक वातावरणीय परीक्षण (आईई) को काम सुरु गरेको छ । उसले आईईले पार्ने प्रभावका बारेमा सार्वजनिक सूचना प्रकाशित समेत गरेको छ । मेलम्चीको दोस्रो आयोजना अन्र्तगत याङग्रीको बाँधस्थलसम्म पुग्न साढे १० किलोमिटर लामो सडकको स्तरन्नोती, याङग्री–इन्द्रावती दोभानबाट मुहालसम्म पुग्न २.२ किलोमिटर नयाँ सडक र ३ वटा नयाँ स्टिल स्ट्रक्चर पुलको निर्माणका लागि आईई गर्न लागेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यस्तै अर्को साढे ८ किलोमिटर लामो सडकको पनि काम एक साथ सुरु हुने भएको छ । याङरी र लार्के खोलाबाट थप पानी आपूर्ति गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ । स्पेनको इप्टसा कम्पनीले हाल आयोजनाको अध्ययन र डिजाइनको काम गरिरहेको छ । समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । सरकारले बजेटमा मेलम्ची अन्र्तगतको दोस्रो चरणको खानेपानी आयोजनाको काम सुरु गर्ने भनेको छ । हाल मेलम्चीले दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने छ । याङरी र लार्केबाट थप ३४ करोड गरी कुल ५१ करोड लिटर खानेपानी आपूर्तिको योजना छ । समितिले सिन्धुपाल्चोकको रिवर्मादेखि सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङबाट दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङ खन्ने र प्रशोधन केन्द्र निर्माणको काम जारी छ । सुरुङ खन्ने काम अब २ किलोमिटर केही बढी छ । यस्तै सुन्दरीजलमा साढे ८ करोड लिटर पानी प्रशोधन गर्नका लागि दोस्रो प्रशोधन केन्द्रको निर्माण सुरु हुदैछ । याङरी र लार्केखोलाको पानी ११ किलोमिटर लामो सुरुङबाट मेलम्चीको मुहान रिवर्मामा मिसाउने गरी काम अघि बढाउन लागेको हो । हालको सुरुङ संरचनाबाट थप पानी आपूर्ति गर्न सकिने देखिएपछि सरकारले याङरी र लार्केबाट थप पानी आपूर्तिको दोस्रो चरणको योजना सुरु गर्न लागेको हो । याङरी र लार्केखोलाबाट थप पानी आपूर्ति भएमा राजधानीमा ९ महिना दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने छ । छनौट हुने परामर्शदाताले २ वर्षभित्र डीपीआर तयार गरेपछि सन् २०१८ को अन्त्यदेखि याङरी र लार्केबाट थप ३४ करोड लिटर पानी आपूर्तिको काम सुरु गर्ने लक्ष्य लिएको छ । समय तालिका अनुसार काम भएमा सन् २०२२ सम्म राजधानीमा मेलम्चीबाट ५१ करोड लिटर पानी आपूर्ति हुने छ । याङरी र लार्केबाट थप ११ किलोमिटर डाइभर्ससन सुरुङबाट पानी आपूर्ति गर्न करिव ३० अर्ब रुपैयाँ (३० करोड डलर) लाग्ने देखिएको उनले बताए । एसियाली विकास बैंक (एडीबी) ले यो मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्न तयार रहेको जानकारी गराएको छ । मेलम्चीको मुख्य लगानीकर्ता एडीबी नै हो । एडीबीले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्ने भने पनि औपचारिक रुपमा सम्झौता हुन बाँकी छ । राजधानीमा मेलम्चीबाट आपूर्ति हुने पानी प्रवाह गर्नका लागि आयोजना कार्यान्वयन निर्देशनालयले भुमिगत पाइप विच्छाउने काम जारी राखेको छ । पाइप विच्छाउने काम अन्तिम चरणमा पुगेको छ ।  

मङ्सिर ४ र २१ मा प्रदेश र केन्द्रको निर्वाचन गर्न प्रमुख तीन दललाई निर्वाचन आयोग सुझाव

काठमाडौ । एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार साँझ भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारीसहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर ४ र अन्य जिल्लामा मंसिर २१ गते दुवै तहको निर्वाचन हुने गरी मिति तोक्न प्रस्ताव गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा भएको सो छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने भए एक दुई दिनमा मन्त्रिपरिषद्बाट मिति तोक्न, यही भदौ ५ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी विधेयक संसद्बाट पारित गर्न र भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ । निर्वाचनसम्बन्धी ती दुई विधेयक संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भएकाले त्यसलाई सहमतिमा छिटो पारितका लागि प्रमुख दलका प्रमुख सचेतक र समितिमा रहेका सदस्यसमेत रहेको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छलफलमा सहभागी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले निर्वाचनसम्बन्धी कानून बनाउन लाग्नुपर्ने समयमा संविधान संशोधनको प्रस्तावमा नअल्मन आफूहरुले आग्रह गरेको बताउँदै सरकारले सोसम्बन्धी कानुनको विधेयक ल्याउन ढिला गरेकाले हाल चटारो परेको विचार राखे । राष्ट्रिय जनता पार्टी नेपाललाई चित्त बुझाउन संविधान संशोधन विधेयकमा यही भदौ ४ गते मतदान हुने कार्यतालिका छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आयोगले उक्त मिति प्रस्ताव गरे पनि शुक्रबार थप छलफल गरेर सरकारले टुङ्गो लगाउने प्रतिक्रिया दिए । उनले भने “हाम्रो जोड एकै मितिमा गर्ने भन्ने हो, यसमा आयोगसँग थप परामर्श गरेर निर्णय गरिनेछ ।” सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति तोक्ने व्यवस्था छ । बैठकमा प्रधानमन्त्री देउवासहित, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलगायत हुनुहुन्न्थ्यो । बुधबार काँग्रेस, एमाले र माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि आयोगलाई आग्रह गर्ने सहमति गरेका थिए । संविधानबमोजिम ती तहको निर्वाचन आगामी माघ ७ गतेभित्र गरिसक्नुपर्छ । रासस

आइएमई लाइफ इस्योरेन्स सञ्चालनमा, दुई वर्षमा अग्रणी जीवन बीमा कम्पनी बन्ने घोषणा

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवीचापागाँईले काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त कम्पनीको कारोबार शुभारम्भ गरेका छन् । यस कम्पनीले बीमा समितिबाट गत असार २० गते संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रमलाई संबोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरु मध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपकका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई वर्षभित्र यस कम्पनीलेलाई नेपालको अग्रणी जीवन बीमा कम्पनी बनाउने घोषणा गरेका छन् । उनले आईएमई ग्रुपको ६ हजार भन्दा बढी नेटवर्क र गुडवीलको धरातलमा उच्च स्तरको प्रगति हासिल गर्न सक्ने बताए । कम्पनीको अध्यक्ष डा. रामहरि अर्याल कानुन र नियामकको निर्देशन अनुसार कम्पनी चलाउने र संस्थागत सुशासनलाई जोड दिने बताए । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेल छोटो अवधिमा नै ग्राहकलाई उत्कृण्ठ सेवा र लगानीकर्तालाई उत्कृष्ठ नाफा दिन व्यवस्थापन समूह प्रतिवद्ध रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेले कारोवार शुभारम्भको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एनआईसी बैंकले बचतकर्तालाई ९ वर्षमा दोब्बर भुक्तानी दिने, लगानीकर्तालाई वार्षिक २१ प्रतिशत लाभांश

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले दीर्घकालिन प्रकृतिको बचत योजना ल्याएको छ । बैंकले दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिने जनाएको छ । न्यूनतम एक लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा बचत गरेको रकमको दोब्बार भुक्तानी दिने बैंकले जनाएको छ । साथै निक्षेपको व्याजमा लाग्ने कर बैंकले नै तिर्ने जनाएको छ । नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले व्याज आम्दानी कर लाग्छ । उक्त कर बैंकले नै भुक्तानी गरि निक्षेपकर्तालाई बैंकले दोब्बर भुक्तानी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गरिएको उनले जानकारी दिए । आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २०प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको छ । ‘हामी निक्षेपकर्तालाई उचित प्रतिफल दिन्छौं र लगानीकर्तालाई पनि उचित प्रतिफल दिन्छौं’ प्रमुख कार्यकारी अधिकृत रिसालले बताए ।

गण्डकी विकास बैंकले मनाङमा शाखा खोल्यो, दुर्गमस्थानमा पनि आधुनिक बैंकिङ सेवा

काठमाडौं । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन वैँकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम क्षेत्रमा मात्र सीमित नगरी ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने बताए । मनाङ्ग जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले बैंकले यस क्षेत्रमा शाखा खोलेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जनाकारी थिए ।

औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्स र किंग्स कलेजबीच सहमति

काठमाडौं । फिनल्याण्डको औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले विल्डिङ यूनिभर्सिटी क्यापासिटी टु सपोर्ट विजनेश इन्कम्बिनेशन इन नेपाल परियोजना संचालन गर्ने घोषणा गरेको छ । उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको क्षमता बृद्धि गरी विद्यार्थीहरुले संचालन गर्ने उद्यम तथा ब्यवसायहरुलाई इन्क्युवेट गरी नेपालमा रोजगारी श्रृजनालाई बढावा दिने यस परियोजनाको उदेश्य रहेको छ । सन् २०२० सम्म संचालन हुने यस तीन वर्षे परियोजनालाई कार्यान्वयन गर्न औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान प¥ुयाइरहेका दुई शैक्षिक संस्थाहरु किंग्स कलेज, कुसोम, योङ इन्नोभेशन प्रा.लि र आईडिया स्टूडियो नेपालसँग साझेदारी थालेको छ । काठमाडांैमा बिहीबारको दिन एक समारोहबीच सो साझेदारी सम्बन्धि ज्ञापनपत्रमा सबै साझेदारहरुले हस्ताक्षर गरेका छन् ।    

सिटी एक्सप्रेस मनीद्वारा बाढी पीडितलाई “धुर्मुस सुन्तली फाउण्डेशन” मार्फत सहयोगको घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रा.लि. हालै आएको बाढी तथा पहिरो पीडितलाई सहयोगको घोषणा गरेको छ । बाढी तथा पहिरो पीडितको सहयोगार्थ सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लिमा कार्यरत सम्पूर्ण कर्मचारी, सिटी एक्सप्रेस बचत तथा ऋणसहकारी संस्था लिमिटेड र सिटी एक्सप्रेस ट्रेडिङ्ग कन्सर्न प्रा.लि.का सम्पूर्ण कर्मचारीहरुले एक दिनको तलब एवं सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि.ले समेत गरी जम्मा तीन लाख रुपैयाँ “ धुर्मुस सुन्तली फाउण्डेशन ” लाई उपलव्ध गराएकोछ । सो रकम “ धुर्मुस सुन्तली फाउण्डेशन ” ले बाढी तथा पहिरो पीडितहरुलाई उपलव्ध गराउने घोषणा प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका छन् । उक्त सहयोग “ धुर्मुस सुन्तली फाउण्डेशन ” ब्राण्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली )लाई हस्तान्तरण गरिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको व्यवसाय सुरु, ५ कम्पनी आउँदै

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त कम्पनीको कारोबार शुभारम्भ गरेका छन् । पछिल्लाे पटक सञ्चालनको इजाजत पाएका ६ वटा जीवन बीमा कम्पनी मध्ये आर्ईएमईले सबैभन्दा पहिला कारोबार सुरु गरेको छ । यस्तै समितिबाट अनुमति पाएको युनियन लाइफ इन्स्योरेन्स तत्काल संचालनमा आउने तयारीमा छ । बीमा समितिले केही दिनअघि २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएका ६ वटा जीवन बीमा कम्पनीलाई संचालन अनुमति दिएपछि कम्पनीले धमाधम व्यवसाय सुरु गर्न थालेका छन् । नयाँ अनुमति पाएका समेत गरी जीवन बीमा कम्पनीको संख्या १५ पुगेको छ । हाल नौ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यसअघिका नौ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान बाहेक अन्य कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । सेयर बजारमा बीमा कम्पनीको मूल्य अन्य वित्तीय संस्थाको तुलनामा उच्च भएपछि लगानीकर्ताको आकर्षण बढेको छ । समितिले ज्योति लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, रिलाइन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालन अनुमति दिएको छ । आईएमई लाइफले बिहीबारदेखि व्यवसाय सुरु गरेको छ । असार २० र साउन १८ गते दुई पटक जीवन बिमा संचालन अनुमति दिएको समिति नियमन विभाग प्रमुख शाम्बराज लामिछानेले बताए । बाँकीले व्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तयार गरिरहेका उनले जानकारी दिए । लाइसेन्सप्राप्त गरिसकेका कम्पनी भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् । एक दशकअघि एक दर्जन जीवन बिमा कम्पनीको संचालनका लागि आवेदन दिएकोमा अर्थ मन्त्रालयले १० वटालाई बिमा व्यवसाय संचालन गर्नका लागि सहमति दिएको थियो । १० मध्ये समितिले तोकेको मापदण्ड पु¥याउने ६ वटालाई नौ बुँदे शर्तसहित व्यवसाय संचालनका लागि अनुमति दिएको हो । स्टार्डण्ड लाइफ र युनि लाइफले बीमा व्यवसाय संचालनका लागि समितिले तोकेको मापदण्ड पुरा गर्न नसक्दा इजाजत पाएका छैन । सोमध्ये सिटिजन र स्टार लाइफ इन्स्योसेन्सले आफ्नो योजना समिमिा बुझाइ सकेका छन् । दुई कम्पनी बुझाउने तयारीमा छन् । व्यवसाय संचालनका लागि इजाजत पाएका कम्पनीले ६ महिनाभित्र व्यवसाय संचालन गर्न आवश्यक पूर्वाधार, कर्मचारी व्यवस्थापन सहित बीमकको मुख्य कार्यालय रहने स्थान तथा सम्पूर्ण भौतिक संरचना भएको विवरण समितिमा पेश गर्नुपर्छ । व्यवसाय संचालन गर्नका लागि समितिले तोकेका योग्यता पुरा गरेका व्यक्तिहरूबाट कम्तीमा जोखिम विभाग, पुर्नबिमा विभाग तथा दाबी विभाग प्रमुखको नियुक्त गरेको समितिलाई जानकारी दिनुपर्ने छ । व्यवसाय संचालन गर्न बिमकको व्यवसायिक नीति खुल्ने गरी जोखिमांकन, ग्राहक सेवा, बजार प्रवद्र्धन र पुर्नबिमा सम्बन्धि दिग्र्दशन समितिमा पेश गर्नु पर्नेछ । सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण निवारण नीति, प्रक्रिया तथा कार्यक्रम बनाइ समितिमा पेश गर्नु पर्छ । अनुमति पाउने अन्यमा सानिमा लाइफ, स्टार लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरूमा संस्थापक सेयर धनी धेरै छन् ।समितिले दिएको समय सीमाभित्र बाँकी कम्पनीले पनि अनुमति पाउने छन् । समितिले आगामी असार मसान्तसम्म जीवन बीमा कम्पनीका लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउन निर्देशन दिएको छ । संचालनमा रहेकामध्ये नेपाल लाइफले मात्र समितिले तोकेबमोजिमको चुक्तापूँजी पु¥याएको छ । अन्यले बोनस, हकप्रद र मर्जर प्रक्रियाबाट पूँजी वृद्धि गर्ने कार्ययोजना समितिमा पेश गरेका छन् । अधिकाँश पुरानै व्यवसायी अग्रपंतीमा रहेका स्थापित व्यवसायीले नै नयाँ व्यवसायको रुपमा बिमालाई रोजेका छन् । नयाँ बिमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि बैकर्स, विभिन्न क्षेत्रका उद्यमी व्यवसायी छन् । जसअनुसार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीः बोधप्रसाद त्रिपाठी, रमेश चोखानी, सुरज अधिकारी र सर्मिला श्रेष्ठ छन् । आईएमई लाइफ इन्स्योरेन्समा चन्द्रप्रसाद ढकाल, ग्लोबल बैंक, ईश्वरप्रकाश जोशी, पवनकुमार अग्रवाल, ज्ञानवहादुर जीसी, विष्णुप्रसाद उपाध्यय र जीवनबाबु श्रेष्ठ छन् । रिलायवल लाइफमा राधेश्याम अग्रवाल, मोहन उपाध्याय लोहनी, पुरुर्षोत्तम पौड्याल, रिलायवल इन्भेष्टमेण्ट र राजनसिंह भण्डारी देखिएका छन् । रिलाइन्समा पवनकुमार अग्रवाल, मनोजकुमार अग्रवाल, जगदिशकुमार अग्रवाल, अशोककुमार तोदी, सिद्धार्थ बैंक र ताराचन्द केडिया आबद्ध छन् । युनियनमा शुलभ अग्रवाल, शेखर गोल्छा, सन्दिपकुमार अग्रवाल, सावंरमल अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखा परेका छन् । सन नेपालमा राजेन्द्र शाक्य, सत्यनारायण कयाल, पवनकुमार वंसल, शुसीलकुमार धुरका, प्रमोद अग्रवाल, पुष्करभक्त शर्मा र नीता शर्मा रहेको समितिले जनाएको छ । अनुमति पाउने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स प्रदिपजंग पाण्डे, वीरेन्द्रबहादुर बस्नेत, कैलाशप्रसाद सिरोहिया, विकास जबरा, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, सुधीरबाबु खत्री, ताराचन्द्र खेतान, पशुपति मुरारका र रामेश्वर थापा संस्थापक लगानीकर्ता हुन् । स्टार लाइफ इन्स्योरेन्समा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, भवानीभक्त जोशी, नरेशवहादुर मल्ल, शेरबहादुर पाण्डे, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे रहेका छन् । सानिमा लाइफमा बद्रीप्रसाद ओझा, अरुणकुमार ओझा, गोपालप्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, वीरेन्द्र महत्तो छन् । महालक्ष्मीमा मनोरञ्जन रमण शर्मा, मोहनराज जोशी, दिपकराज काफ्ले, रमेशकुमार भट्टराई, उमेशलाल श्रेष्ठ, रविकुमार टिपडेवाला र ताराचन्द्र खेतान छन् ।