विकासन्युज

युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस सेयर दिने, रणनीतिक सााझेदार भित्राउदै

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । फाइनान्सले चुक्तपुँजी ८० करोड रुपैयाँ पु¥याउन बोनस सेयर वितरणको निर्णय गरेको हो । यस्तै भारतको कोचीस्थित मुथहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ । मुथहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । साझेदारी भित्राउन भएको छ ।

चक्रवर्ती हवी नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख रुपैयाँ संकलन

भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी दुई लाख ५० हजार रुपैयाँ अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १ सय ३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको बताए । सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर विगत दुई वर्षदेखि अदालतबाट अन्तरिम आदेस ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताए । कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उनी राससको सम्पर्कमा आएनन् । कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिएका छन् । पोखरेलले भने, “कलेजका प्रतिनिधिलाई बोलाएर तत्काल अवैधानिक भर्ना रोक्न मैले निर्देशन दिएको छु, भर्ना भएका विद्यार्थीले पैसा फिर्ता लान चाहेमा दिने र सिटिइभिटीविरुद्ध अदालत जान्छौँ भन्दै गएका छन् ।” यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको बताउँदै विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको बताए । विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उनले विगत दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए । कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिकरुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो । सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ । चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताए । सिटिइभिटीले पनि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै सदस्य सचिव वाग्लेले भने, “नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै छ, कि ऐन खारेज गर्नुपर्यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्ने र अदालतको आडमा स्टे अर्डर जारी गरे कलेज खारेजीको प्रक्रियामा अगाडि जान्छौँ ।” विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १ सय शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ । अदालतले सिटिइभिटी प्रशासन प्रमुख रमेश बखतीले चक्रवर्ती नर्सिङ कलेजले झुटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थी भर्ना गराएको सुन्नमा आएको बताउँदै सिटिइभिटीले भर्ना नहुन सार्वजनिक सूचना नै जारी गरेकाले त्यसको जिम्मेवारी सिटिइभिटीले नलिने बताए । विद्यार्थी भर्ना गर्न आएका अभिभावक चाँगुनारायण नगरपालिका–९ का नकुल राउतले कलेजले विद्यार्थीलाई भर्नाको नाममा ठगी गरेको बताउँदै भर्ना भएका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने बताए । भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका थिए । रासस ––––––

एप्पलले नयाँ आईफोन ८ मोडेल आज सार्वजनिक गर्दै

वासिङ्टन । अमेरिकाको एप्पल इंकले नयाँ उत्पादनको रुपमा आइफोन ८ आज सार्वजनिक गर्ने भएको छ । कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा एप्पलले आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स लञ्च गर्न लागेको हो । यसको मूल्य भने तय गरिएको छैन् । आईफोन ८ का लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ । आज सार्वजनिक हुने भनिएको सो आइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने छ । उच्चस्तरको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ । भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको आइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ। नेपाली समयअनुसार राती १० बजेर ४५ मिनेटमा विशेष समारोहका बीच स्टिभ जब्स थिएटरमा एप्पलले आफ्नो नयाँ आईफोन ८ सार्वजनिक गर्नेछ । छिट्टै नेपालमा आउने छ ।  

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा तीन वर्ष अघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा शुरु गरेको छ । विसं ०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो निजीस्तरमा पूर्वान्चलकै ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको अस्पताल ३०० शय्याको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि झण्डै ५ अर्ब रूपैयाँ भन्दा बढी लगानी गरिएको छ । अस्पतालमा यसअघि १५ शय्या आइसियुका थिए । बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहित अस्पतालले आइसियु सेवा विस्तार गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए। उनले भने , “दैनिक ८०० बिरामीले ओपिडीमा मात्रै सेवा लिन्छन् जटिल प्रकारका बिरामीका लागि आइसियु अपुग थियो र हामीले सेवा विस्तार गरेका हौँ ।” पचास शय्या आइसियु सेवासहित अस्पतालमा ३८ शय्या एनआइसियु, २५/२५ पिआइसियु तथा एचडियुका शय्या छन् । आइसियु सेवा सञ्चालनका लागिमात्रै एनेस्थेसिया विशेषज्ञ डा राजु श्रेष्ठको नेतृत्वमा ६ जना विशेषज्ञ डाक्टर कार्यरत रहने आइसियु उद्घाटन समारोहमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उहाँले अस्पतालका दुई आइसियु शय्यालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार अतिविशिष्ट बनाइने बताए । अस्पतालमा ७२ जना विशेषज्ञ डाक्टर कार्यरत रहेको जानकारी गराइएको छ जसमा छ–छजना महिला रोग विशेषज्ञ र एनेस्थेसिया, न्यूरो सर्जन तीन, अर्थाेपेडिक छ, मेडिसिन पाँच, नाक, कान, घाँटी रोग विशेषज्ञ तीन, दन्तरोग तीन, म्याग्जिलोफेसियल तीनलगायत रहेको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउनुभयो । ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पताल सञ्चालन यता पूर्वका पाँच लाखभन्दा बढीले सेवा लिइसकेका छन् । अस्पतालमा क्यान्सरको समेत उपचार शुरु भएपछि पूर्वका सर्वसाधारण अस्पतालको सेवाप्रति खुशी छन् । यहाँका सर्वसाधारण क्यान्सरको उपचारका लागि यसअघि भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौँ र भारतका विभिन्न अस्पतालमा जाने गरेका थिए । भारतको मेदान्त हस्पिटलसँग सहकार्य गर्दै अस्पतालले क्यान्सरको उपचार शुरु गरेपछि एक वर्षमा झण्डै ५० जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले बताउछन् । १.५ टेस्ला पावरको एमआरआई मेसिन भएको बिएण्डसी हस्पिटलले क्यान्सर रोगको विश्वस्तरीय उपचारकै लागि भर्खरै मात्र  ३० करोड रूपैयाँ पर्ने रेडियोथेरापी मेशिन अमेरिकाबाट खरिद गरेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए । रेडियोथेरापी मेसिन समुद्री मार्ग भएर आउँदा झण्डै डेढ महिना लाग्ने र त्यसपछि अस्पतालमा रेडियोथेरापी सेवासमेत शुरु गरिने उनकाे भनाइ छ । सो मेशिनका लागि अलग्गै भवनमा बंकर बनाएर राख्नु पर्ने र त्यसलाई प्रयोग गर्नका लागि मेदान्तमा कार्यरत अंकोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ) डा वीरेन्द्र यादव बिएण्डसी अस्पतालमा आइसकेको प्रसार्इंले बताए । बिएण्डसीको मापदण्ड पूरा छ  यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख गिरिराज सुवेदीले बिर्तामोडमा सञ्चालित बिएण्डसी हस्पिटलले मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पूरा गरेको बताएका छन् । यो अस्पताल पूर्वमै सुविधासम्पन्न र विशेषज्ञ चिकित्सक कार्यरत रहेको पाएँ, उनले भने । पूर्वका बासिन्दाले आफ्नै ठाउँमा यत्तिको प्रविधियुक्त अस्पतालमा आएर सेवा लिन सक्लान् या नसक्लान् त्यो भने भन्न सकिँदैन, सर्वसाधारणको मर्मलाई बुझेर यो अस्पतालले सेवा प्रदान गरोस् अस्पताल सञ्चालकलाई मेरो आग्रह छ, सुवेदीले भने ।  रासस

कोका–कोलाको दशैं र तिहारको मेगा अफरमा बाइक जित्ने मौका

काठमाडौं । कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘मन खोलौं कोकसँग ’ योजना बजारमा ल्याएको छ । कोका–कोलाले उपभोक्तालाई आकर्षित गर्न याे याेजना ल्याएकाे  हो । उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि नभएको योजना ल्याएकाे छ । साथै, यो अभियान भदौ २० देखी शुरु भएर असोज ३० गतेसम्म हुने कम्पनीले जानकारी दिएको छ । यो वर्षको अभियान मोटरबाईक जित्ने विशेष अवसरका साथ आएको छ । यसमा एउटा टिभीएस स्ट्राइकर १ सय २५ सीसी प्रत्येक दिन जित्न सकिने छ । यो अभियान अन्तरगत अन्य आकर्षक पुरस्कारहरु, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र १०० रुपैयाँको मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन् । यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नु पर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिने कम्पनीले जनाएको छ । कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने,‘यो वर्षको सबैभन्दा प्रतिक्षारत समयमा हामी आईपुगेका छौं, हाम्रा उपभोक्ताहरुले गत वर्ष निकै मनपराउनु भएको सम्बन्ध विषयको अभियान ‘मन खोलौं कोकसंग ’, यो वर्ष फेरी आएको छ, जसले तपाईलाई आफ्नो मनपर्ने मानिससंग उत्सवमय अवसर प्रदान गरेको छ । ’    

सहरी क्षेत्रमा नगद र ब्याज अनुदानमा सोलार जडान सुरु, वैकल्पिक ऊर्जा माग्यो प्रस्ताव

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको छ । केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि मंगलबार प्रस्ताव आब्हान समेत गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो । सरकारले विद्युतभार कटौती (लोडसेडिङ) हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम भुक्तानी हुने केन्द्रले बताएको छ । २ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ । जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । सिभिल बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबाट सरल कर्जा उपलब्ध हुने केन्द्रले जानकारी दिएको छ । यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ । पछिल्लो समयमा सडक बत्ति, घरयासी प्रयोजनमा सोलार प्रविधि जडान प्रभावकारी रुपमा अघि बढेको छ ।  

नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, असोज २४ सम्म आवेदन दिनुपर्ने

काठमाडौं । नेपाली सेनाले १५० जना अधिकृतका लागि जागिर खुलाएको छ । सेनाको जंगी अड्डाले अधिकृत क्याडेटमा १३ जना महिला, २२ जना आदिवासी जनजाती, १९ मधेशी, १० जना दलित, ३ जना पिछडिएको क्षेत्र र खुलातर्फ ८३ जनाका लागि जागिर खुलाएको छ । भदौ २७ देखि असोज २५ गतेसम्म जागिरका लागि निवेदन दिनुपर्ने अड्डाले जानकारी दिएको छ । प्रमाणपत्र योग्यता पुग्नेको उमेर न्युनतम १८ देखि २१ र स्नातक पास गरेकाको उमेर बढीमा २४ वर्ष हुनुपर्ने छ ।

मंगलबारबाट नयाँ १० को नोट चलनचल्तिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ । बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।