हुम्लाको प्रदेश ‘क’ मा एमालेका दलबहादुर रावल विजयी, पाँच वर्षपछि गाडी चढेर भाेट माग्ने बाचा
हुम्ला । जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए । विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन्। ‘सिमकोट हिल्सा नाका मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘सिमकोट हिल्सा सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, पाँच वर्षपछि गाडि चढेर चुनाव प्रचारमा हिड्छु, गाडी चढ्ने अवस्था भएन भने चुनाव नै उठ्दिनँ।’
परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन
मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् । उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो । जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ । उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।
काठमाडौं ९ मा एमाले, १० मा काँग्रेसको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गरेका काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए । त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन् । काठमाडौं ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको हो । क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन् । काठमाडौं १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ । काठमाडौं क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ । रासस
विश्व बैंकद्धारा आठ अर्ब ऋण स्वीकृत, पशुपालन नवप्रवर्तन परियोजनामा खर्च गरिने
काठमाडौं । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ । बैैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट दुईसय ७१ नगरपालिकाका दुईलाख पशुपालक किसान लाभान्वित हुनेछन् । परियोजनाबाट मूलभूत रुपमा महिला र पाँचसय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन । रासस
सिनर्जी पावरको सञ्चालकमा ६ जना निर्वाचित, अध्यक्षमा विष्णुराज अधिकारी
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ । साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सोही बैठकले संस्थापक समूह कै सञ्चालक सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, कम्पनीको संस्थापक समूहबाट अरुणसिंह बस्नेत र कल्याण विष्ट सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, प्रकाश अधिकारी र गोपालप्रसाद आचार्य सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।
वाम गठबन्धनले दुई तिहाइ मत पाएकाे संकेत, नेपाली कांग्रेस निकै कमजोर
काठमाडौं । मध्यान्न तीन बजेसम्ममा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि ३ स्थानमा विजयी हासिल गरेको छ । थप २९ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै प्रदेशसभामा एमालेले ७ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभा सदस्यतर्फ माओवादीले ३ स्थानमा विजयी हासिल गरेको छ भने १७ स्थानमा अग्रता कायम गरेको छ । २०७० सालको निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसका लागि २०७४ सालको निर्वाचन परिणाम निकै पीढादाही देखिएको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभा तर्फ ३ स्थानमा मात्र अग्रता कायम गरेको छ । काठमाडौं १, १० र रसुवामा कांग्रेसको अग्रता रहेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । अन्य दलले केन्द्रमा १ स्थानमा र प्रदेशमा २ स्थानमा अग्रस्थान लिएका छन् । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । प्रारम्भिक नतिजाले वामपन्थी गठबन्धनको दुईतिहाइ मत आउने देखिएको छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसको उपस्थिति संख्यात्मक हिसावले निकै कमजोर रहने देखिएको छ ।
नेपालका लागि इण्डोनेशियाका राजदूत सोमार्नोद्धारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् । सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदुत हन् । इण्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले सोहि अवसरमा इण्डोनेशिया-नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागि परेको बताएका छन् । त्यस्तै, दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट प्रयास भइरहेको उनले जनाए । राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताए । उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।
प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी
बाजुरा । बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याएका थिए । बलदेव रेग्मीले एक हजार ५२९ मतले काँग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । शनिबारसम्म मतगणनासकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ । बाजुरामा प्रदेशसभा १ मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा २ मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा यो वर्ष ६९ हजार ८३४ मतदाता रहेको थियो । रासस