कञ्चन डेभलपमेन्ट बैंकले ५ करोड ५५ लाखको बोनस सेयर बाँड्ने
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई चुक्तपुँजीको १२.३३ प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ५९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ पुनरागमन, विगतकाे द्वन्द्व विर्सेर सहकार्य गर्ने प्रतिवद्धता
काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तामाङ्ग सो बैंकका संस्थापक अध्यक्ष हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) ले प्रतिनिधिसभा सदस्य बैंकको अध्यक्ष बन्न नपाउने व्यवस्था गरेपछि केही महिना अघि मात्र तामाङ्गले पदबाट राजीनामा दिएका थिए । वाफिया बनाउने क्रममा सभासद्हरु बैंकको सञ्चालक बन्न पाउने कि नपाउने भन्ने विषयमा गभर्नर नेपाल र सभासद् इच्छाराज तामाङबीच नीतिगत विवाद भएको थियो । अन्तत उक्त विवादमा गभर्नर नेपाललाई सफलता मिलेको थियो । उक्त विवादलाई विर्सदै सपथग्रहण कार्यक्रममा आपसमा सहयोग गर्ने भनाई दुबैले व्यक्त गरेका राष्ट बैंक स्राेतले बतायाे । सभासद्को कार्यकाल सकिएपछि तामाङ्गलाई बैंक अध्यक्ष बन्न बाटो खुला भएको थियो । मंसिर २२ गतेदेखि शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निस्कासन गरेको यस बैंकले हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजी कोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
फुटबलमा नेपाल एक स्थान तल झर्यो
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले एक स्थान गुमाएको हो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानमा भारत १०५, माल्दिभ्स १५५ र अफगानिस्तान १४८ औँ स्थानमा छन् । त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१ औँ स्थानमा छन् । विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम, छैटौँमा स्पेन, सातैाँमा पोल्याण्ड, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा फ्रान्स र दशौँ स्थानमा चिली छन् । फिफाले प्रत्येक महिना बरियता सार्वजनिक गर्दछ । रासस
बीपीसीको एफपीओ पुसभित्रै, प्रतिकित्ता ५०१, एफपीओ किन्नेले लाभांश पनि पाउने
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले थप निष्कासन (एफपीओ) पुसभित्रै ल्याउने भएको छ । कम्पनी रजिष्टारको कार्यलयमा अद्यावधिक गर्ने काम सकिलगतै बीपीसीले एफपीओको आब्हानपत्र सार्वजनिक गर्ने भएको छ । कम्पनी रजिष्टारको काम सकिनसाथ एफपीओ निष्कासन हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । कम्पनी रजिष्टारको कार्यलयले यस वर्षदेखि नयाँ नियम लागु गरेकाले प्रक्रिया पुरा गर्नतर्फ समय लागेको उनले भनाई छ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने उनले बताए । एफपीओ गर्नुअघि वार्षिक साधारणसभा गर्न धितोपत्र बोर्डबाट विशेष स्वीकृति लिनुपर्ने उनको भनाई छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । एफपीओबाट बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३/७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।
जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड लाभांश बाँड्ने
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको छैटौ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीको स्वतन्त्र व्यवसायीक सञ्चालक मनोनयन गर्ने विषय सुचि रहेको छ ।
ज्योति विकास बैंकको साधारणसभा पुस ३० मा २३ करोड बोनस सेयर बाँड्ने
काठमाडौं । ज्योति विकास बैंकको १० औं वार्षिक साधारणसभा पुस ३० गते बस्ने भएको छ । सभामा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने २२ करोड ८ लाख रुपैयाँ राप्तिभेरी विकास बैंकको ६ प्रतिशतले हुन आउने ९४ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरिने भएको छ ।
हिमालयन बैंकको साधारणसभा पुस २८ गते, सञ्चालक समितिको निर्वाचन नहुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभमा बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव छ । पुस १० गतेसम्म सेयर लिने २५ प्रतिशत बोनस सेयर पाउने पाएका छ । विहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८४४ रुपैयाँ रहेको छ । बोनस सेयर र साधारणसभा प्रयोजनको लागि बैंकले पुस ११ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यस अवधिमा सेयर किन्नेले २५ प्रतिशत बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छैनन् । यो साधारणसभाले प्रबन्धपत्र तथा नियामावली संशोधन गरी ७ जनाको सञ्चालक समिति बनाउने छ । तर साधारणसभामा सञ्चालक समितिको निर्वाचन सम्बन्धी अजेण्डा नभएको बैंकले जनाएको छ । पूर्णा विवरणा पढ्न यहाँ क्लिक गर्नुहाेस् । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभा
लक्ष्मी ग्रुपले पार गर्यो ४४ वर्ष, सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना
काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो । लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमापोखरा स्थित कार्यालयमा १०७तथा काठमाडौंमा स्थित कार्यालयमा ६९ गरि कुल १७६जनाले रत्तदान गरेका थिए । त्यस्तै, लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि द्धारा बुढानिलकण्ठ तथा भद्रकाली मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै जादुगिरी कार्यक्रम तथा विभिन्नखेलहरुको आयोजना गरेको थियो । एसजीसीपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनकालागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मीगु्रपद्धारा सो संस्थाको नाममा १५ लाखरुपैयाँको आर्थिक सहयोग पनि गरिएको ग्रुपले जनाएको छ । यसका साथै ग्रुपका अन्यभातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जयाप्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि., र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि., आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सुजल फुड्सद्धारा नक्साल स्थित बालमन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । त्यसैगरी, सुजल डेरी प्रा.लि द्धारा कपनस्थित बाल बिकास स्कुलका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो । साथै, सुजल डेरी प्रा.लि.द्धाराहर्ट बीट चाइल्ड केयर संस्थाका बिधार्थीहरुलाई दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो । यसै सन्र्दभमा यस पटक आफनो बिशेषकार्यक्रममा लक्ष्मी गु्रप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र विन्धयावाशिनी धार्मीक क्षेत्र बिकास समितिबिच लिफट निर्माण गर्नेको लागी सम्भौतापत्रमा हस्ताक्षर गरियो । हस्ताक्षर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिकोतर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठर विन्ध्यवासीनी धार्मीक क्षेत्र विकास समितिको तर्फवाट उपाध्यक्ष पवित्र राज रेग्मीबाट गरिएको थियो । त्यसरी नै पोखरेली सास्कृतिक परिवारलाई यस ग्रुपकाकार्यकारी निर्देशक सुनिल श्रेष्ठले पोखरेली सास्कृतिक परिवारको अध्यक्ष दिपक समितलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथसाथै, यस लक्ष्मी ग्रुपमा आवद्व लामो समयसम्म कार्यरत कर्मचारीहरु क्रमश प्रल्हादभक्तका यस्थ, टिकाराम वस्ताकोटी, सुकदेव गिरी र भुवनप्रसाद आचार्यलाई क्रमश २५ बर्ष र १५ वर्ष काम गरेकोमा सम्मानित गरिएको कम्पनीले जनाएको छ । विगत ४४वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।