विकासन्युज

नबिल बैंकले ल्यायो सि-आस्बा सेवा सन्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि-आस्बा सेवा सन्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आनिवार्य रुपमा सि-आस्बासेवा मार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सन्चालनमा ल्याएको हो । बैंकले ग्राहकलाई समयमै सि-आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सन्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाहरुबाट सि-आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर(सीआरएन) लिईसि-आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन् । साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि-आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ । बैंकले सि-आस्बा सँगै आबद्द सेवाहरु जस्तैः सि-आस्बा रजिस्ट्रेसन, हितग्राही(डिम्याट) खाता खोल्ने, सि-आस्बा प्राणाली मार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको छ ।

धेरै अन्न फलाउन किसानलाई खेतबारीमै ‘पाठशाला’

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज  प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए । कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उनको भनाइ छ । पाठशालामा कृषक समूह गठन गरी सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको शाहले बर्ताए ।-रासस  

सेयर बजार घट्दा लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिए, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला बुधबार लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिएका छन् ।बुधबार ओम डेभलपमेन्टको प्रतिकित्ता २२९ रुपैयाँमा ३ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ८२४ कित्ता सेयर किनबेच भएको छ । ओमको सेयर प्रतिकित्ता २२७ देखि २३० रुपैयाँसम्म कारोबार भएको छ । ओम डेभलपमेन्टले साधारणसभामा जाने प्रयोजनको लागि आगामी फागुन १४ गतेदेखि २५ गतेसम्म ११ दिन बुक क्लोजको घोषणा गरेपछि लाभांश पाउने आशमा लगानीकर्ता ओमको सेयर किनेका हुन् । ओमको ११औँ वार्षिक साधारणसभा फागुन २५ गते हुदैछ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ओमपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ । बुधबार बीमा कम्पनीको प्रतिकित्ता १२ हजार ७७५ रुपैयाँमा ३ करोड १० लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ४६२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । बुधबार सेयर बजार ९.६४ अंक घटेर १ हजार ३८७ अंकमा झरेको छ । बजार घटेपछि यसको असर कारोबार रकमा पनि परेको छ । बुधबार २८ करोड ५५ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार १२ करोड रुपैयाँ घटेको छ । बुधबार सबै परिसूचकको सेयर घटेको छ ।

सेञ्चुरी बैंकको थप ५ वटा शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ५ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा गरी साे मात्राकाे शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । यी सबै शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् । उक्त ५ शाखा सहित बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ङादि ग्रुप र सिद्धार्थ क्यापिटलबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता

काठमाडौं । श्री ङादि ग्रुप पावर लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सिद्धार्थ क्यापिटलले ङादि ग्रुपको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण काम गर्नेछ । उक्त सम्झौतापत्रमा ङादि ग्रुपका तर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल ङादि ग्रुपको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ रहेको छ । ग्रुपले उक्त पूँजीको १० बराबर ३ को अनुपात अर्थात १६ लाख ०६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गर्दै छ । सो मात्राको हकप्रद सेयर निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकेको हो ।

स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउन विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

सिमरा, बारा । प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुन लागेको ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो । सेजको लागि छु्याइएको जग्गामा पहिलोचरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रोचरणको निर्माण शुरु भएको छ । दोस्रोचरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, भवन, बालसंरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सडक निर्माण थालिएको छ । सेजभित्र दर्जनौं उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए। चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए । वीरगञ्ज चिनी कारखाना लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गा अधिग्रहण गर्नु अगाडि उक्त क्षेत्रका स्थानीयवासी खनजोत गर्दैआएका थिए । सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन । चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए। पहिलोचरण अन्तर्गत ८३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी १ हजार २ सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो । रासस

निःशुुल्क लक्कि ड्रका विजेताहरुको नाम घोषणा

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले “निःशुुल्क लक्कि ड्र मा सहभागी हुनुहोस”भन्ने स्किम अन्तर्गत विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले उपत्यकाभित्र रहेको हिरो शो-रुमहरुमा आएका ग्राहकहरुले भरेका सर्भे फर्महरु मध्ये माघ महिनाको विजेताहरुको नाम सार्वजनिक गरेको हो । जस अन्तर्गत दिपक तामाुुुङ्गले बम्पर उपहार स्वरुप ३२ ईन्चको फिलिप्स टीभी, देव गिरीले फिलिप्सको ब्लेन्डर, सन्त गौतमले फिलिप्सको टोस्टर, पुष्पा श्रेष्ठले फिलिप्सको आइरन, सुरेश वोहराले फिलिप्सको हेयर ड्रायर,बच्चुु कुमारले फिलिप्सको दाह्री काट्ने मेशिन साथै सजेन राजकर्णीकार, पेमालामा, हरि काफ्ले, मजिन्द्र डंगोल, सिद्धार्थ वस्नेतले फिलिप्सको हेड फोन पुुुरस्कार जितेका छन् ।

वर्ल्ड मर्चेन्ट बैंकिङ्गको फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज

काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको आगामी फागुन ११ गतेदेखि ९ दिन बुक क्लोज हुने भएको छ । फाइनान्सले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि फागुन १९ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस संस्था आगामी फागुन १९ गते कम्पनीको १५औँ वार्षिक साधारणसभामा जाँदै छ ।