इन्धन संकट टार्न सरकारको नयाँ रणनीति, जोरबिजोरदेखि ‘वर्क फ्रम होम’ सम्मको तयारी
काठमाडौं । सरकारले सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुनसक्ने संकेत दिएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले आवश्यकता परेको खण्डमा सवारीसाधनमा पुनः जोर–बिजोर प्रणाली लागू हुन सक्ने बताएकी हुन् । ‘अहिलेको असहज परिस्थितिलाई व्यवस्थापन गर्न आवश्यक परे सरकारले जोर–बिजोर प्रणाली लागू गर्नेछ । हामी जनतालाई सकेसम्म ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न र सवारीसाधनको हकमा विद्युतीय साधन (ईभी) को प्रयोग बढाउन हार्दिक आह्वान गर्दछौं,’ उनले भनिन् । मन्त्री रावलका अनुसार इन्धनको खपत घटाउन र आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले विभिन्न विकल्पहरूमाथि छलफल गरिरहेको छ । सरकारले तत्कालको समस्या टार्ने मात्र नभई दीर्घकालीन समाधानका लागि पनि तयारी थालेको छ । मन्त्री रावलले दिएको जानकारी अनुसार इन्धनमा इथानोल मिसावट गर्ने नीतिलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । त्यसैगरी, सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था अगाडि बढाइएको छ । आपूर्तिमा देखिएको समस्याले सर्वसाधारणमा परेको असरप्रति सरकार संवेदनशील रहेको दाबी मन्त्री रावलको छ ।
यी हुन् बालेन सरकारले गरेका ८ निर्णय
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार बसेको बैठकले अर्थ मन्त्रालयअन्तर्गत सञ्चालन हुने बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् । पूर्वाधार विकासअन्तर्गत नागढुंगा सुरुङ मार्गको पश्चिम खण्डमा पर्ने धुनीबेसी नगरपालिका तथा पासाङल्हामु राजमार्ग अन्तर्गत वेत्रावती-धुन्चे-स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरिएको छ। त्यसैगरी, काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुर जिल्लाका विभिन्न वन क्षेत्रको ४६.३९ हेक्टर जमिन प्रयोग गर्न अनुमति दिइएको छ। साथै, १८ हजार ८९८ वटा रुख कटान गर्न पनि स्वीकृति प्रदान गरिएको छ। प्रशासनिक तथा संस्थागत सुधारअन्तर्गत ललितपुरको पुल्चोकस्थित जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी सार्ने तथा सो भवनमा जल तथा ऊर्जा आयोगको सचिवालय स्थानान्तरण गर्ने निर्णय गरिएको छ। बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट तथा नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा स्वीकृत गरिएको छ। मन्त्री रावलका अनुसार पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। पछिल्लो १५ दिनमै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै इन्धन खपत घटाउन आइतबार सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको बताइन् ।
पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय
काठमाडौं । पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । यसैगरी, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । त्यस्तै, किरण पण्डितलाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको छ ।
अर्थमन्त्रीले आफ्नै जिल्लावासीलाई बनाए डेपुटी गभर्नर, को हुन् किरण ?
काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । सरकारले दुइटा डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने भए पनि आजको बैठकले एक जनालाई मात्रै नियुक्त गरेको हो । पण्डित विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् । गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटेर चार जनाको नाममा छलफल गरेका थिए । तर, अर्थमन्त्री वाग्लेले अहिले एउटामात्रै डेपुटी गभर्नरलाई नियुक्त गर्ने बताएपछि मन्त्रिपरिषदलाई सोही किसिमले ब्रिफिङ गरेको बताए । पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यरत छन् । उनी राष्ट्र बैंकको प्रवक्तासमेत बनेका थिए । २०६२ मा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डितले कुनै पनि पदमा राजनीतिक दलमा आवद्ध नरहेको देखिएपछि सरकारले उनलाई नै नियुक्त गरेको हो । उनी अर्थमन्त्री वाग्लेको निर्वाचन क्षेत्र तहुँका स्थानीय हुन् । उनी कार्यकारी निर्देशकको सातौ वरियतामा छन् ।
किरण पण्डित बने राष्ट्र बैंकको डेपुटी गभर्नर
काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पाैडेल गभर्नरमा नियुक्त भएका थिए । भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काविल अर्थशास्त्रीका रूपमा परिचित छन् ।
उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिपछि यादवलाई सोमबार (हिजो) राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यादवको स्वास्थ्य परीक्षणको रिपोर्ट नर्मल आएको र केही रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।
सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरू
काठमाडौं। मन्त्रिपरिषद बैठक सुरु भएको छ । मंगलबार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।