विकासन्युज

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, चार अर्ब रुपैयाँको लगानी

चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्धारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताएका छन् । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत तीन अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै चार अर्ब रुपैयाँ पुगेको छ । विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ । साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्धारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्धारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । ६ अर्ब रुपैयाँको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए । रासस

सेन्ट्रल फाइनान्सले ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने भएको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार सम्पन्न संस्थाको २४८औं सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिकाे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे

काठमाडौं । राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ । खनालका अनुसार सो सडक ३३।२ किलोमिटर लामो छ । आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने बताए । शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पु¥याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो । मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन ।

भारतलाई कृषिजन्य सामाग्रीको निर्यातमा सहज गर्न आपुर्तिमन्त्री यादवको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजलाई नेपालबाट भारतमा निर्यात हुने वस्तुहरुमा सहजीकरण गर्न आग्रह गरेका छन् । विश्व व्यापार संगठनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बैठकमा भाग लिन पुगेका यादवले स्वराजसँगको भेटमा नेपालबाट निर्यात हुने कृषिजन्य सामाग्रीको निर्यातमा सहज बनाउन आग्रह गरेका हुन् । विशेषगरी नेपालबाट निर्यात हुने अदुवामा भारतीय पक्षबाट अवरोध आएपछि यादवले सो कुरा उठाएका हुन् । यादवले नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापारजन्य पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने लगायत विषयमा छलफल गरेका छन् । छलफलमा भारतीय मन्त्री सुरेस प्रभुले नेपाल-भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको र ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि गर्न इच्छुक रहेको विचार व्यक्त गरे । त्यसैगरी, परराष्ट्रमन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजामूलक किसिमले संवोधन गर्न आफ्नो तर्फबाट गृहकार्य भईरहेको र मूलरुपमा नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न भारत तयार रहेकाे बताइन् ।  

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर ६० अर्ब पुग्यो

काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर ६० अर्ब रुपैयाँ पुग्ने भएको छ । विनासकारी भूकम्प, नाकावन्दी र अमेरिकी डलर महंगिएपछि आयोजनाको लागत बढेर ६० अर्ब रुपैयाँ पुग्ने भएको हो । यस्तै आयोजना निर्माण अवधिको ब्याज (आईडीसी) पुँजीकरण गर्दा पनि आयोजनाको लागत बढने भएको हो । आयोजना निर्माणका लागि तामाकोसीले कर्मचारी संचय कोषबाट कर्जा लिएको छ । निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमानित लागत निर्धारण गरेर आयोजनाको निर्माण सुरु भएको हो । त्यसबेला आईडीसी समेत गरी ४१ अर्ब ६७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । भूकम्प, नाकावन्दी र ब्याज पुँजीकरणसमेत गरी आयोजनाको लागत ६० अर्ब रुपैयाँ पुग्ने अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले बताए । भूकम्प र नाकावन्दीले गर्दा आयोजनाको काम झण्डै डेढ वर्ष प्रभावित भएको थियो । यस्तै १ डलर बराबर ८० रुपैयाँ विनिमय हुदा आयोजना निर्माण सुरु भएकोमा पछिल्लो समयमा बढेर ११० रुपैयाँसम्म पुगेको थियो । अहिले पनि १०४ रुपैयाँको हारहारीमा छ । हालसम्म आयोजनामा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मंसिरदेखि माथिल्लो तामाकोसीबाट बिजुली बाल्न पाइने आगामी मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने भएको छ । आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भैसकेको छ । तामाकोसीको काम सकिन अब ६ प्रतिशत मात्र बाँकी छ । आयोजनाको काम अब अन्तिम चरणमा पुगेको छ । ६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने नयाँ कार्ययोजना तयार पारेको हो । आगामी डिसेम्बर १८ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने कार्यतालिका तय भएको तामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ । हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ । प्रसारणलाइनअन्र्तगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारणलाइनबाट न्युखिम्ती जोडिने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ ।

झापालीकाे नयाँ शैली, बेहुलो भाग्दा बाहुलार्इ ३५ लाख रूपैयाँ जरिवाना

झापा । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिरेका छन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिए। राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भने, “छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख दिन्छु । ” सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए । आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ । यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ । गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । सामान्य बोलचाल मात्रः बेहुली दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्। उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् । गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् । राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए । रासस

व्याजदर, कच्चा पदार्थ, डलरले स्टीलको मूल्य बढायो-कुन्दन जोशी

कुन्दन जोशी, महाप्रबन्धक-लक्ष्मी स्टील प्राईभेट लिमिटेड भूकम्पपछिको पूनर्निर्माण र पूर्वाधार निर्माणका कारण स्टील डण्डीको माग निकै बढेको छ । यहि बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको छ । यसरी उच्च दरको मूल्यवृद्धि किन भएको छ ? मूल्य घटाउने कम्पनीहरुले के प्रयास गरेको छन् ? प्रस्तुत छ यसै विषयमा विकासन्युजका लागि लक्ष्मी स्टीलका महाप्रबन्धक कुन्दन जोशीसँग गरिएकाे विकास वहस । पछिल्लो समय डण्डीको मूल्य किन बढेको हो ? आजभन्दा ३ महिना अघि भ्याटसहित डण्डीको प्रतिकिलो मूल्य ७३ रुपैंयाँ थियो, हाल ८४ रुपैंयाँ पुगेको छ । मूल्य बढ्नुको कारण भनेको कच्चा पदार्थको मूल्य बढ्नु र बैंकको ब्याजदर बढ्नु नै हो । यी दुबै कुराको मूल्यलाई समायोजन गरेको भए एक किलो डण्डीको मूल्य ९५ रुपैंयाँ हाराहारीमा पुग्ने थियो । हामीले त ८४ रुपैंयाँमा (भ्याटसहित) बेचिरहेका छौं । स्टीलका समानमा बढ्नुपर्ने जति मूल्य वृद्धि भएकै छैन् । भूकम्पपछिको पुनर्निर्माणमा माग बढेको स्टीलको मूल्य बढ्यो भन्ने आरोप पनि छ नि ? मूल्य वृद्धिको कारण भनेको कच्चा पदार्थ, बैंकको ब्याजदर र भन्सारकै कारण हो । यो आरोप सरासर मिथ्या हो । सरकारले बजार अनुगमन पनि गरिरहेको छ । मूल्य निर्धारणमा कम्पनीहरुको प्रतिष्पर्धा कस्तो छ ? कच्चा पदार्थको मुहान एउटै हो । कच्चा पदार्थ ल्याएर समान बनाउँदा लागत कति घटाउन सकिन्छ त्यसकै आधारमा मूल्यमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुने हो । उत्पादन लागत कम गर्न उद्योगहरुले के के गरिरहेका छन् ? स्टील मिलका हकमा लागत कम गर्ने प्रमुख आधार अटोमेसन नै हो । सेमी वा फुल अटोमेसन हुन्छ । मिलबाट निस्केको समानलाई बण्डल गर्दा मजदुर लगाउने कि अटोमेसन गर्ने ? त्यसले पनि लागतमा भूमिका खेल्छ । भविष्यमा स्टीलको मूल्य कस्तो रहला ? स्टीलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने कुरा हो । हामी कच्चा पदार्थमा भारतमाथी निर्भर छौं । भारतमा कच्चा पदार्थको मूल्य कति हुन्छ ? भन्सार दर कति हुन्छ ? बैंकको ब्याज दर कति हुन्छ भन्ने कुराले स्टीलको मूल्य निर्धारण हुन्छ । डलरको मूल्यमा हुने उतारचढावले पनि ठूलो प्रभाव पारिरहेको हुन्छ मूल्यमा । कच्चा पदार्थमा सरदर ४.७५ प्रतिशत भन्सार दर छ । भन्सार दरमा हुने परिवर्तनले पनि मूल्यमा असर गर्छ । स्टीलको मूल्य जुन स्तरमा वृद्धि हुनुपर्ने हो त्यो स्तरमा भएकै छैन । बजारले थग्ने मूल्यलाई पनि हामीले हेर्ने गरेका छौं । अलि बढि मूल्य वृद्धि भयो भने सरकारले अनुगमन गरिरहेको हुन्छ । आगामी दिन स्टीलको माग तथा खपत कस्तो रहला ? सरकारी बजेट निकासा समयमा नै भयो, उर्जा क्षेत्रको विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरु थपिने चरणमा छन् । १६ वटा मिल छन् अहिले । ती कम्पनीहरुको बजार केहि वर्ष पहिलो ९ लाख टन थियो भने यसपाली १३ लाख टन पुग्नेछ । उपभोक्ताले स्टील छनौटका आधार के बनाउँदा रहेछन् ? उपभोक्ताहरुले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् । हामीले उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छौं । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस) लाई हेर्छन् । सिन्धुपाल्चोकमा घर बनाउने उपभोक्ताले डण्डीका किन्न लागि काठमाडौं धाउँदैन् । त्यहाँ जुन कम्पनीको समान छ, त्यहि प्रयोग गर्छन् । अर्काे कुरा मूल्य पनि हो । शहरी क्षेत्रमा मूल्य हेर्छन् । कतिपय अवस्थाम घर बनाउने इञ्जिनियरहरुलाई सोधेर डण्डी खरिद गर्छन् । एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्छ । अहिलकै मूल्यमा भन्ने हो भने ४ लाख २५ हजार लाग्छ । कसैले डण्डीको मूल्य किलोको ९० पनि बनाएका हुन सक्छन् । त्यस्तो अवस्थामा २५ हजार बढि तिर्न छाडेर अर्कै कम्पनी रोज्न सक्छन् । लक्ष्मी स्टीलको बजार कस्तो छ ? हाम्रो बजार विस्तार धेरै अघि बढिसकेको छ । अहिले हामी वार्षिक एक लाख २० हजार टन उत्पादन गरेर बजारमा पठाईरहेका छौं । हामी उत्पादन लागत घटाउने अभियानमा छौं । सस्तोमा धेरै उत्पादन गरेर बजारमा पठाउने योजना छ । हाम्रा साना उपभोक्ताहरु धेरै छन् । गाउँ गाउँसम्म आफ्ना उत्पादन पुर्याउने अभियान चलाएका छौं । ठूला परियोजना भन्दा पनि आवासमा केन्द्रित हो ? हामी आवासमा अलि बढि नै केन्द्रित छौं । तर ठूला परियोजनाहरुमा पनि नपठाउने चाँही होइनौं । हामीलाई विश्वास गर्ने ठूला भवन, पूर्वाधारका आयोजनाहरुले पनि उत्पादनहरु लगिरहेका छन् । मेचीदेखि महाकालीसम्मै हाम्रो बजार छ । भैरहवामा हाम्रो प्लान्ट छ, करिब मध्य नेपालमामा प्लान्ट भएकाले बजारीकरण गर्न सहज भएको हो । कुन स्टील र कस्तो स्टील उपयोग गर्ने ? उपभोक्ताले कसरी थाहा पाउने गुणस्तरीय स्टील ? अहिले १६ वटा कम्पनीहरुले उत्पादन गरिरहेका छन् । भरोसा र गुणस्तरको कुरा नै उपभोगका आधार हुन् । गुणस्तर विभागले तीन तीन महिनामा गुणस्तर जाँच गरिरहेको हुन्छ । बजारबाट सामान उठाएर पनि परिक्षण गरिरहेको हुन्छ । गुणस्तर कायम गर्न सकिएन भने बेच्नै पाइँदैन् । सरकारी प्रोजेक्टहरुमा गुणस्तर प्रमाण नपाएका समान खरिद नै हुन्न । हामीले सरकारी गुणस्तरका सबै मापदण्ड पुरा गरेर उत्पादन र बजारीकरण गर्दै आएका छौं । स्टील उद्योममा भएको लगानी कत्तिको जोखिममा हुन्छन् ? कुनै पनि लगानी जोखिममुक्त पक्कै पनि हुदैन । विकास पूर्वाधार, ठूला भवन, सरकारी परियोजनाहरुको काम अघि बढेन भने उद्योगहरु जोखिममा पर्छन नै । स्टील उद्योगको क्षेत्रमा प्रयोग हुने प्रबिधिमा कस्तो परिवर्तन आईरहेको छ ? यो क्षेत्रमा पहिलो टोर भन्थे अहिले टिएमटी भन्ने आएको छ । पहिलो ४१५ ग्रेडमा बन्थ्यो अहिले ५०० ग्रेडमा बन्छ । ग्रेड भनेको स्ट्रेन्थ हो । पहिले १० वटा डण्डी हाल्नु पर्ने थियो अहिले ७ वटा हाल्दा हुन्छ ।

अनुशासन र पारदर्शिता भएका बैंकमा कर्जा दुरुपयोग बढ्यो, साढे १३ करोड ठगीमा २१ जना पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जति कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थामा ठगी भने बढ्दै गएको छ । पछिल्लो समयमा बैंकिङ ठगी बढ्दै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जानकारी दिएको छ । चालु आर्थिक सुरुभएयता विभिन्न बैठक तथा वित्तीय संस्थामा ठगी गरेको अभियोगमा २१ जना पक्राउ परेका छन् । साउनयता सीआईबीले पक्राउ गरेका व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थामा १३ करोड ५९ लाख रुपैयाँ ठगी गरेका छन् । यी मध्ये केहीलाई बैंकिङ कसुरमा मुद्धा चलाएको छ भने केहीमाथि अनुसन्धान गरिरहेको छ । गत शुक्रबार मात्र कमसल धितो राखी १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष तथा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका सञ्चालक विष्णुप्रसाद धिताललगायत १४ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबैलाई हिरासतमा राखी सीआईबीले अनुसन्धान थालेको छ । अनुसन्धान सकिएपछि उच्च अदालत पाटनमा मुद्धा दर्ता गर्ने सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए । एनसीसी बैंकको चुक्तापुजी बढाउन नेपाल राष्ट्र बैंकले एपेक्स डेभपलमेन्ट बैंकलाई मर्ज गराएको हो । मर्ज हुनुअघि एपेक्सको सम्पत्ति दाइत्व मूल्याँकन (डीडीए) गर्दा पनि खराब कर्जा देखिएन् । त्यसबेला ४७ रुपैयाँमा एपेक्सलाई एनसीसीमा मर्ज गराइएको थियो । राष्ट्र बैंकले एपेक्सको डीडीए प्रतिवेदनमा अध्ययन गरेको थियो । यसैगरी गत फागुन ९ गते हकभोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख रुपैयाँ कर्जा लिई बैंकलाई हानी नोक्सानी पुर्याएको आरोपमा सीआईबीले काठमाडौं महानगरपालिका ३०, धोविधाराका विनायक प्रेसका संचालक अशोकहर्ष बज्राचार्यलाई पक्राउ गरी उच्च अदालत पाटनमा बैंकिङ कसुर ऐनअनुसार मुद्धा दायर गरेको छ । कृषि बिकास बैंक, रामशाहपथ, मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार पेन्डिङ भएको देखाइ रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्यारउने उदेश्यका साथमा बैंकको मौज्दात रकम करिव ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीलाई मंसिर १६ गते सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले सोही काण्डमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर १ सितापाईला बस्ने दीपिकाका साथै तेह्रथुम सिम्ले गा।बि।स। वडा नं। ५ घर भई हाल जिल्ला कामनपा वडा नं। १६ बालाजु बस्ने प्रकाश घतानी र दोलखाको भीमेश्वर नपा वडा नं। ६ घर भई हाल जिल्ला कामनपा वडा नं। ३२ बस्ने रमेशकुमार थापालाई सीआईबीले पक्राउ गरेको थियो । यस्तै रामेछाप नपा वडा नं। ८ स्थाई घर भई हाल कामनपा वडा नं। ३२ वस्ने बैंकको शाखा कार्यालय न्युरोडका कामू मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, गोरखा पालुङटार(४ घर भई टोखा नपा वडा नं। ८ ग्रिनल्याण्ड बस्ने बैंकको न्युरोड शाखामा कार्यरत गोपाल गिरी, गोरखा बक्राङ(२ स्थायी घर भई हाल जिल्ला चन्द्रागिरी नपा वडा नं। बस्ने बैंकका न्युरोड शाखाका कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको थियो । बिभिन्न व्यक्ति वा संस्थाले बिभिन्न बैंकको चेक मार्फत कृषि बिकास बैंकमा जम्मा गर्न ल्याएको चेकमार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिई सकेपछी सोही चेकलाई प्रयोग गरी पुन गैर कानूनी रुपमा दीपिका तथा आफन्तको नाममा जम्मा गरी प्रेमहरि, गिरी र मरहट्ठा समेतले रकम हिनमिना गरि बैंकलाई नोक्सान पुर्याएको आरोप बैंकले लगाएको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा ठगि गरेको अभियोगमा काठमाडौं गागलफेदी स्थायी घर भई हाल चितवन बस्ने बिमल खड्कालाई ५ करोड ७५ लाख रुपैयाँ जरीवाना र ३ बर्ष कैद हुने ठहर भएकोमा उक्त कैद बेरुजु रही फरार रहेका थिए । खड्कालाई सीआईबीले माघ १३ गते चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाईएको सीआईबीले जनाएको छ । खड्काले आफु सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाडौको साङला गाविस वडा नं ९ समेतको जग्गाहरु धितो राखी ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी आफैले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पु(याएका थिए ।