१५ दिनदेखि काठमाडौं भ्यू टावरको काम राेकियाे, के गर्छ महानगरले ?
काठमाडौं । एपेक्स डेभलभमेन्ट बैंकको घोटला काण्डमा काठमाडौं टावर निर्माणका प्रमुख मनोजकुमार भेटवाल पक्राउ परेपछि भ्यू टावरको काम रोकिएको छ । आन्तरिक कारण देखाउदै कम्पनीले १५ दिन अघिबाट काम रोकेको हो । आन्तरिक कारण देखाउँदै कम्पनीले काम रोकेको महानगरपालिका इजिपी प्रमुख महेश काफ्ले बताए । ‘हामी भ्यु टावरको काम अगाडी बढाउन निरन्तर दबाब दिइरहेका छौं, गत १५ दिन अघि बाट रोकिएको काम अब ७ हप्तापछि सुरु हुन्छ’ काफ्लेले विकासन्युसँग भने । कम्पनीले हालसम्म काम रोकिएको कुनैपनि कारण पेश नगरेको महानगरका सहप्रवक्ता नवराज ढकालले बताए । ‘कम्पनीले लामो समयसम्म काम अघि नबढाए महानगर चुप लागेर बस्दैन, सम्झौता अनुसार कम्पनीले काम अघि नबढाए, कानूनी प्रक्रिया अनुसार अघि बढ्ने महानगरका सहप्रवत्ता ढकालले भने ।’ कम्पनीले सरकारलाई निर्माणधिन अवधिमा वार्षिक ९० लाख बुझाउनु पर्ने र निर्माण भैसकेपछि वार्षिक ३ करोड बुझाउने सम्झौता गरेको छ । तर गत वर्षको महानगरलाई तिर्नुपर्ने ९० लाख तिरेको छैन् । भेटवाल पक्राउ परेपनि काम नरोकिने बताउदैं आएको कम्पनीले आर्थिक अभावका कारण काम रोकेको हो । यसअघि भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२।६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी बैशाख ५ गते पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्दै गएको छ । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङ्गद्धारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आइतबार(अाज) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शपथ खाएका हुन् । अध्यक्ष गुरुङ्ग नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सरकारले २६ जिल्लाका ४ लाख गरीबलाई ६ महिनाभित्र परिचय पत्र वितरण शुरु गर्ने
काठमाडौं । सरकारले अगामी ६ महिभित्र २६ जिल्लाका गरीब घर पहिचान भएकाहरुलाई परिचयपत्र वितरणकाे कार्य शुरु गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रुकुमबाहेक पूर्व समेत गरी गरीब घर पहिचान भएका ३ लाख ९१ हजार ८३१ घर परिवारलाई आगामी ६ महिनाभित्र परिचयपत्र बितरणको कार्य प्रारम्भ गरिने बताएको छ । त्यस्तै बाँकी ५१ जिल्लाहरुमा गरीब घरपरिवार पहिचान गरी २ वर्षभित्र परिचयपत्र बितरणको कार्य थालनी गर्ने मन्त्री चक्रपाणी खनालले बताए । ‘यस्ता परिवारलाई थप आत्मनिर्भर र व्यवसायी बनाउन आवश्यकतामा आधारित ऋण ब्याज अनुदानको प्याकेज ल्याइनेछ,’ उनले भने ‘साथै शिक्षा विशेष प्याकेजहरु समेत ल्याउने सरकारले तयारी गरिरहेको छ । उनले आइतबार सार्वजनिक गरेको कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र प्रस्तुत गर्ने क्रममा सरकारले गरीब परिवार सम्बन्धि आगामी कार्यक्रमको प्रकाश पारेका हुन् ।
आइतबारको बजार निरन्तर ओरालो, फाइनान्स बाहेक सबै समूह राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर रूपमा ओरालो लागेको छ । बजार खुल्दा १३६६ अंकमा रहेको बजार १३५३ अंकमा झरेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १२.५१ अंकले घटेर १३३५३.६४ अंकमा झरेको छ । त्यस्तै, बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिनको बजारमा कुल १६० कम्पनीको ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दिनभर ६ हजार ६८२ कित्ता सेयर किनबेच भएका छन् । बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६८.३२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले घटेको छ भने बाँकी दोहोरो अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकैदिन ६.२५ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकर्ताले ७.७६ प्रतिशत कमाएका छन् । बजारमा नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
स्नातक उत्तीर्णले पनि बीमा कम्पनीको सीईओ हुन पाउने, कुलिङ पिरियड ६ महिना(पूर्ण पाठसहित)
काठमाडौं । काठमाडौं । स्नातक तह उत्तीर्णहरुले पनि अब बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ मार्फत स्नातक उत्तीर्णहरुले पनि बीमा कम्पनीको सिइओ बन्न पाउने व्यवस्था गरेको हो । चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति अब बीमा, व्यवस्थापन, वित्त, अर्थशास्त्र, गणित, इञ्जिनियरिङ, लेखा, चाटर्ड एकाउण्टेन्सीमा स्नातक उतिर्ण गरेर बीमा क्षेत्रमा १२ बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा १५ बर्ष वा दुबै क्षेत्रमा भए एक बर्षको अनुभवनसहित १३ बर्ष काम गरेकाहरुले बीमा कम्पनीको सीईओ बन्न पाउनेछन् । तिनै बिषयहरुमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा ८ बर्षको अनुभव हासिल गरेपछि सीईओ बन्न पाउनेछन् । अब बीमा कम्पनीका सिइओहरुले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्काे कम्पनीमा सीईओ बन्न पाउनेछन् । बीमा समितिले लामो छलफलपछि आइतबारदेखि लागु हुने गरि बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ ल्याएको हो । अब सीईओहरुले ७० बर्षसम्म मात्रै जागिर खान पाउनेछन् । सीईओहरुले ४ बर्षको व्यवसायीक योजना सञ्चालक समितिमा पेश गर्नुपर्नेछ । सञ्चालक समितिले सीईओले पेश गरेको व्यवसायीक योजना, तलब सुबिधा र करार सम्झौतासहितको विवरण बीमा समितिमा बुझाउनुपर्नेछ । बीमा समितिले चाहेको खण्डमा कारणसहित सच्याउन निर्देशन समेत दिन सक्ने व्यवस्था अघि सारिएको छ । त्यस्तै, निर्देशिकाले बीमा कम्पनीमा डेपुटी सीईओ अनिवार्य गरेको छ । अब आगामी ६ महिनाभित्र सबै बीमा कम्पनीहरुमा डेपुटी सीईओको नियुक्ती गरिसक्नुपर्नेछ । प्रत्येक पाँच पाँच बर्षमा बीमा कम्पनीहरुले डिडिए गराउनुपर्नेछ । अब बीमा कम्पनीका सञ्चालकहरुले विदेश भ्रमण जाँदा बीमा समितिको स्वीकृति लिनुपर्ने छैन् । सञ्चालकहरुले बीमा समितिलाई जानकारी गराएर विदेश भ्रमण्मा जान सक्नेछन् । समितिले बीमा कम्पनीका सञ्चालकहरुको भत्ता सम्बन्धी आधार पनि तोकिदिएको छ ।
महालक्ष्मी विकास बैंकको अध्यक्षमा पून: राजेश उपाध्याय, ९ प्रतिशत लाभांश पारित
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइबार(आज) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । साथै, कम्पनीको सभाले संस्थापक शेयरधनीको तर्फबाट राजेश उपाध्याय, संजय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ । सोही सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
वीरगञ्ज र लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा लाने सरकारकाे तयारी
काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा ल्याउने तयारी गरेको छ । आयातित चिनीलाई प्रतिस्थापन गरी स्वदेशमै उत्पादन बढाउने उद्देश्यले कृषि, पशुपन्छी, भूमि व्यवस्था र सहकारी मन्त्रालयले आगामी एक वर्षभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रदेश नं. ३ को वीरगञ्ज चिनी कारखाना र प्रदेश नं. ५ को लुम्बिनी चिनी कारखानालाई सहकारी मोडलमा ल्याउने विशेष पहल थाल्ने बताएकाे हो । सिंहदरबारमा कृषि, पशुपंछी, भुमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणका मार्गचित्र–२०७५ प्रस्तुत गर्दै मन्त्री चक्रपाणी खनालले मन्त्रालयले चिनी उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको अनुसार लुम्बिनी चिनी कारखना चलेको भए पनि वीरगञ्ज चिनी कारखाना हाल सञ्चालनमा आएको छैन । त्यस्तै उनले प्रदेश नं. ७ मा सहकारी चिनी उद्योग स्थापना गर्ने जानकारी गराए । उनको अनुसार सहकारी उद्योग प्रवद्र्धन गर्न ७ वटै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक ग्रामको स्थापना गरिनेछ । पहिलो चरणमा सहकारी उद्योग विकास र प्रवद्र्धन हुन सक्ने कम्तिमा २ प्रदेशहरु छनौट गरी कार्य प्रारम्भ गरिनेछ । यसैबीच उनले सहकारीको सम्बन्धमा भावि योजना प्रस्तुत गर्दै भने,‘सहकारी क्षेत्रमा सम्पत्ति शुद्दिकरण सम्बन्धि विषयलाई लागु र नियमन गर्न सम्पत्ति शुद्दिकरण निदेशक,२०७४ को प्रभावकारी कार्यान्वन गरिनेछ । साथै रु ५० करोडभन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरुको सघन अनुगमन तथा वित्तीय विश्लेषण गर्न विशेष संयन्त्रको निर्माण गरिनेछ ।
बनेपामा गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमाअभिकर्ता तालिम सम्पन्न
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ३ दिन सम्म संचालित उक्त तालिममा उक्त शाखाका प्रमुख चण्डिका वाग्लेलेबीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी दिएकी छिन् । साथै, वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएकी छिन् । वाग्लेले बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छबीलाई उच्च राख्न आग्रह गरेकी छिन् । ।