प्राइम लाइफको २ लाख ७१ हजार कित्ता हकप्रद पुनः लिलामीमा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिन लागिएको छ । कम्पनीलको २ लाख ७१ हजार ९७८ कित्ता साधारण हकप्रद सेयर बिक्रीका लागि जेठ २ गतेदेखि बिक्री खुला गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ ९ गते तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । प्राइमले चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।
पटकपटक लिलामी गर्दा पनि किन बिक्री भएन सिभिल बैंकको संस्थापक हकप्रद सेयर ? फेरी २९ लाख ९२ हजार कित्ता बिक्रीमा
काठमाडौं । पटकपटक खुला गर्दा पनि सिभिल बैंकका संस्थापक हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गरिएको छ । बैंकको आवेदन नपरेका २९ लाख ९२ हजार २१० कित्ता संस्थापक हकप्रद सेयर पुनः लिलामी गर्न लागिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जेठ २ गतेदेखि बिक्री खुलाइ जेठ ९ गते बैंकिङ समयसम्म हकप्रद खरिदका लागि अन्तिम दिन तोकेको छ । अंकित मूल्य १०० रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन मंसिर २२ देखि माघ १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको मध्ये संस्थापक समूहकको ३१ लाख २१ हजार ६०० कित्तालाई नपरेपछि पुनः लिलामी गर्न लागेको हो । गत चैत १४ गते बिक्री खुलाएको थियो । त्यसमा पनि आवेदन नपरेपछि पुनः लिलामी गर्न लागेको बिक्री प्रवन्धक लक्ष्मीले जनाएको छ । पहिलो पटक बिक्री खुला गर्दा पर्याप्त आवेदन नपरेपछि बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । मंगलबार बैंकको साधारण सेयर प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ ।
सकियो बजाज आरइ महा टेष्ट ड्राइभ मेला
काठमाडौं । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ नेपाली बजारमा बिक्री गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारी धनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यको साथ बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरइ महा टेष्ट ड्राइभ मेला सम्पन्न गरिएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको कम्पनीको भनाइ छ । टेस्ट ड्राइभमा स्थानीय डिलरहरु समेत समावेश भएको बताइएको छ । ड्राइभमा केन्द्रियदेखि स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए । कम्पनीकोअनुसार कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे । बजाज आरइ बुकिंग भएको थियो । विभिन्न लक्किड्रहरु मेला अवधिमा गरिएको थियो ।
बहुप्रतिक्षित एसयूभी रेनो क्याप्चर भित्रिदै, प्रि–बुकिङ खुला
काठमाडौं । एड्भान्स अटोमोवाइल प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपाल भर प्रि–बुकिङ खुल्ला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचरसहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कम्पनीको दावी छ । कम्पनीकोअनुसार आर्कष डिजाइनसहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा रहेको छ । पूर्ण स्टनिङ डिजाइनसहितको एसयूभी रेनोको ग्लोबल डिजाइन हो । जो दोहोरो कलरमा उपलब्ध हुने जनाइएको छ । सो प्रिमियम एसयूभी प्रिमियम फिचरसहित आउन लागेको हो । विशेषता रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाइट लगाइएको छ । अन्य फिचरर्सहरुमा पुर्ण अटोमेटिक टेम्पेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, किलेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट रहेका छन् । कम्पनीले रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध हुने बताएको छ । ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच४के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचरसहित ल्याइने जनाएको छ । कम्पनीकोअनुसार सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन । जसमा स्टेट अफ आर्ट टेक्नोलोजि अन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कनट्रोल जडान गरिएको छ । यसको अलावा डियुल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर रहेका छन् ।
बनेपामा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले गरेका हुन् । पाण्डेले कम्पनीले हालसम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिएका छन् । कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा बजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका छन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै, कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
उद्योग मन्त्रालयकाे प्रथमिकतामा एग्रो इन्डस्ट्रीज, स्थायी कर्मचरी नराखिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले एग्रो इन्डस्ट्रीज सञ्चालनलाई प्रथमिकतामा राखेको बताए । उनले त्यसको लागि सरकारले आवश्यक ऐन कानूनहरु निर्माण तथा परिमार्जन गरिरहेको जानकारी दिए । उनकाअनुसार सरकारले रासायनिक मलको उद्योग सञ्चालन गर्ने तयारी भइरहेकाे छ । ‘वढी उपभोग गरिने वस्तुहरुको उत्पादन बढाउने एग्रो इन्डस्ट्रीजलाई जोड दिएका छौं,’ उनले भने ‘जसबाट वस्तुकाे उत्पादन बढ्नेछ आयात घट्नेछ ।’ पहिलो चरणमा कपडा, चिनी, जुट लगायतको उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहको छ । त्यसले कपास, धागाे लगायतको उत्पादन वृद्धिमा सहयोग गर्नेछ। उद्योग सञ्चालनका लागि विदेशी लगानी सम्बधमा समेत छलफल भइरहेको मन्त्रलयको भनाइ छ । साथै मन्त्रालयले सम्बन्धित स्थानिय निकायका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको जानकारी दिएको छ । यद्यपि अब सञ्चालन हुने उद्योगहरुमा स्थायी कर्मचारी नराखिने मन्त्री यादवको प्रष्ट भनाइ छ । उनले उद्योगको कर्मचारीहरु अस्थायी हुने बताए । उनको अनुसार उद्योगहरु सार्वजनिक निजी सामुदायिक साझेदारी ‘पीपीपीपी’ मोडलमा सञ्चालन हुनेछन् । जसमा मजदुरहरुलाई समेत शेयर दिइनेछ । सबैको हिस्सा हुने त्यस्ता उद्योगमा सबैभन्दा बढी सरकारी स्वामित्व रहने उनले मंगलबार मन्त्रालयमा भएको पत्रकारहरुसँगको भेटमा बताए । यसैबीच उनले अहिले मुलुकमा हरेक क्षेत्रमा सिन्डिकेट भएको जानकारी दिदै केही दिनभित्रै अनुगमन गरी सार्वजनिक गर्न थालिने जानकारी दिए । ‘अहिले शिक्षा, उद्योग लगायतमा सिन्डिकेट देखिरहेका छौं,’ उनले भने ‘केही दिनभित्रै रिजल्ट देख्न सक्नुहुनेछ ।’ अबको मन्त्रिपरिषद बैठकमा समेत यो विषयलाई उठान गर्ने उनले बताए ।
सेञ्चुरी बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । हाल बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।