गभर्नर भन्छन्- गलत गर्ने बैंकलाई कारवाही गर्न खोज्दा माथि/माथि पुगेछन्
हामीले लगानी गरिसकेपछि प्रतिफल हेर्छौ, त्यो स्वभावीक हो र जहाँ पनि नाफा खोजिन्छ । तर बैंकिङ क्षेत्र चाँही त्यस्तो क्षेत्र हो जहाँ अरु क्षेत्रमा जस्ता प्रतिफल हेर्ने होइन् । मैले बारम्बार भन्दै आएको छु तर अलि धेरै बैंकरहरुले नसुनेको जस्तो पनि लागिरहेको छ । अब राम्रोसँग सन्नुस र बुझ्नुस पनि । बैंकिङ सेक्टर भनेको जनताको पैसालाई जिम्मेवारी पुर्वक लगानी गर्न स्थापना भएको क्षेत्र हो । जनताको पैसा तलमाथी हन्छ भने नियमनकारी निकाय सँधै उपस्थित भैरहेको हुन्छ । चाहे सन २००८ को संकट हो वा १९८५ तिर स्केन्डेभियन मुलुकमा भएको होस वा पुर्वी जर्मनीकै आर्थिक मन्दि नै किन नहोस् । निजी तथा सरकारी बैंकहरु अप्ठेरोमा पर्दा सरकारले नै उद्धार गरेर सञ्चालन गरेको थियो । किन की त्यहाँ सर्वसाधारणको पैसा जम्मा गरिएको हुन्छ । सर्वसाधारणको पैसा नडुबोस् भन्ने हाम्रो ध्येय हो । पब्लिकको पैसा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ८।१० प्रतिशत पैसा प्रमोटरको राखेर बाँकी पैसा बजारबाट उठाउनुस् भनेको हो । यसको अर्थ उठेको पैसा मेरै हो, मैले जे पनि गर्न पाउनु पर्छ भन्ने होइन् । कतिपय ठाउँमा आएको पैसा सबै मेरै हो भनेर बाँडीचुँडी गरेको पनि देखियो । त्यस्ता व्यक्ति र संस्थालाई कारवाही भैरहेको छ । नियामक निकायले छाड्ने वाला छैन हामी कारवाही गरेरै छाड्छौं । प्रमोटरहरुले त बैंकमा जम्मा ८।१० प्रतिशत पैसा हाल्ने हो । बाँकी पैसा भनेको जनताको हो । जनताको पैसालाई गलत तरिकाबाट उपयोग नगर्नुस् । बैंकिङ क्षेत्र भनेको पब्लिक सेक्टर हो । तपाईलाई पैसा कमाउनु छ, अरबपति, खरबपति बन्नुछ भने बन्नुस । व्यक्तिगत रुपमा आफ्नो व्यवसाय चलाएर कमाउनुस् । तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई जोखिममा नपुर्याउनुस् । गलत तरिकाको दबाव बोर्डले व्यवस्थापनलाई नदिनुस् । अहिले बैंकको समस्या भनेको नाफा बढि कमाउने लालसा नै हो । जसलाई बढि नाफा चाहिएको छ, उनीहरुले आफ्नै व्यवसाय गरे हुन्छ । यति कुरा तपाई बैंकका लगानीकर्ताहरुले नियमनकारी निकायका तर्फबाट स्पष्टसँग बुझे हुन्छ । अब पुँजी ८ अर्ब पुगेको छ । यहि ठाउँबाट मौद्रिक नीति ल्याएर ८ अर्ब पुँजीको व्यवस्था गरेको थिए । धेरैले जिब्रो टोके, सिईओहरु असिन पसिन भए । म ५० पटक त संसदिय समितिहरुमा बयान दिन पुगे । आखिर सबैले पुँजी पुर्याएरै छाडे । आज बैंकहरुको फाउण्डेसन बलियो भएको छ । समस्यामै रहेका बैंकहरुले पनि पुँजी पुर्याएर सामान्य अवस्थामा सञ्चालन भैरहेका छन् । १६० वटा संस्था मर्जर भएर ४१ वटा संस्था बनेका छन् । अब वित्तिय क्षेत्रको भविष्य राम्रो छ । नेटवर्थ पनि बढ्यो, पुँजीको क्षमता पनि बढ्यो र लगानीको क्षमता पनि बढेको छ । तर समस्या भनेको जे पनि गर्ने बानी नै हो । बढि नाफा खोज्ने, व्यवस्थापनलाई अनावश्यक दबाव दिने कुरा ठिक होइन । कतिपय अवस्थामा दबाव थेग्न नसकेर सिइओहरुले छाड्ने क्रम पनि सुरु भएको छ । अन्दाधुन्ध लगानी गर्ने बानी झनै खराब भयो । त्यस्तो कार्यले निक्षेप भन्दा ऋणको रफ्तार बढि भयो । अहिलेसम्म १३ प्रतिशत निक्षेप बढेको छ तर कर्जा १८ प्रतिशतले बढेको छ । कमसल धितोमा कर्जा नदिनुस्, त्यसले क्षणिक फाइदा होला तर बैंकलाई दिर्घकालिन असर गर्छ । अहिलेको स्थिती भनेको देशको अािर्थक विकासका लागि राम्रो समय हो । राजनीतिक स्थायीत्व छ, एक बर्षपछि अर्काे प्रधानमन्त्री आउलान् भन्ने छैन् । राजनीतिक स्थायीत्वले नितीगत स्थायीत्व ल्याउँछ । विदेशी लगानी भारतमा भन्दा धेरै चीनमा किन गैरहेको छ ? किन भने त्यहाँ राजनीतिक स्थायीत्व छ, त्यसले नीतिगत स्थायीत्व दिएको छ । भारत प्रजातान्त्रिक मुलुक भएपनि राजनीतिक र नीतिगत स्थायीत्वको अभावमा त्यहाँ विदेशी लगानीकर्ताको खासै आकर्षण देखिएको छैन् । नेपालमा पनि अब नीतिगत स्थायीत्व आउँछ, जसले विकास र समृद्धिको यात्रा तय गर्न सघाउँछ । गत बर्ष ७ प्रतिशत भन्दा बढि अािर्थक वृद्धिदर प्राप्त भयो । यसपाली करिब ६ प्रतिशत वृद्धिदर हुँदैछ । आगामी आर्थिक बर्षमा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा छ । बैंक तथा वित्तिय संस्था भनेका आर्थिक वृद्धिदरका आधार र महत्वपुर्ण औजार हुन् । यिनले गरेको लगानीले आयात प्रतिस्थापन, उत्पादन अभिवृद्धि र रोजगारी सृजना गराउने प्रयोजनमा सघाउनुपर्छ । बैंक तथा वित्तिय संस्थाहरुको कर्तव्य भनेकै मुलुकको आर्थिक विकासमा सहयोग गर्नु हो । मेगा बैंकका ३२ सय प्रमोटरले अब मलाई धेरै पैसा चाहियो भन्ने होइन, हाम्रो पैसा कहाँ लगानी गरिएको छ ? भनेर प्रश्न गर्नुस् । तपाईहरुले बैंकमा गरेको लगानी नाफाका लागि होइन, आर्थिक विकासमा सघाउन पनि हो । नाफा मात्रै कमाउने हो भने त किराना पसल खोल्ने, उद्योग खोल्ने, व्यापार गर्ने काम गर्नुस् । मैंले अलिकति कडा गरेर केहि बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्न थालेको के थिए, केहि बैंकका मानिसहरु माथी माथी पुग्नु भएछ । माथी पुगेर पनि केहि हुनेवाला छैन् । सेन्ट्रल बैंकले कारवाही गरेपछि गर्यो गर्यो । तपाईहरु पनि त्यसरी नै कारवाही गर्नुपर्ने अवस्थामा नपुग्नुहोला । बैंकका सञ्चालक समिति सदस्यहरुले व्यवस्थापनलाई दबाव नदिनु होला । फलानोलाई ऋण दे, यति नाफा चाहियो भनेर नभन्नुहोला । किनकी बैंकका सञ्चालकलाई कारावाही गर्ने अधिकार पनि हामीसँग छ । हामीले सुनिरहेका छौं, कतिपय बैंकको सञ्चालक समितिले नै व्यवस्थापन गरिरहेको छ । फेरी पनि निर्देशन ल्याएर कारवाही गर्नु पर्यो भने हामीलाई पनि नराम्रो लाग्छ । सबै भन्दा धेरै पढेलेखेका मान्छे रहेको वित्तिय क्षेत्रमा हामीले यीनीहरुको वुद्धि छैन, काम बिगारे भनेर कारवाही गर्नु नपरोस् । (मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको मर्जरपछि एकिकृत कारोबार आरम्भ कार्यक्रममा डा. नेपालले व्यक्त गरेको विचार)
मेगा बैंकमा टुरिजम् डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार आजैबाट शुरु
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । दुई कम्पनी गाभिएपश्चात आइतबारबाटै मेगा बैंक लि.को नामबाट एकिकृत कारोबार शुरु भएकाे छ । काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको जनाएका छन् । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । ‘टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने- ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ । मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’ संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोड रुपैयाँको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको कम्पनीले जनाएको छ । यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ ।
ब्याजदर बढ्दा जलविद्युत लगानीलाई फाइदै फाइदा, बैंकको ब्याजबाट मात्रै ८९ करोड आम्दानी
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदाको बढी फाइदा सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई भएको छ । अर्बाै रुपैयाँ बैंकमा बैंकमा निक्षेप राखेर प्राप्त हुने ब्याज आम्दानीबाटा नाफा गरिरहेको जलविद्युत लगानीले लगानीले यो वर्ष ब्याजदर बढ्दाको फाइदा उठाउन सफल भएको छ । रकारले जलविद्युतमा लगानी गर्न स्थापना गरेको भएपनि कम्पनीले बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । ब्याजदर बढ्दा चालु आर्थिक वर्षमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुगेको थियो । बैंकले अहिले साधारण वचतमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिदै आएका छन् । जति ब्याजदर बढ्यो त्यतिनै जलविद्युत लगानीको आम्दानी बढ्ने गरेको छ । जलविद्युत आयोजनाबाट भएको लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । गत पुसमा कम्पनीले ५९ करोड ७० लाख र गत आवको सोही अवधिमा कम्पनीले ४८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । जलविद्युत लगानीको मुल आम्दानीको स्रोत नै बैंकको ब्याजदर भएको छ । १० अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीमा १ अर्ब ११ करोड रुपैयाँ छ ।
सामुदायिक विद्युत उपभोक्ता महासंघमा पुनः ज्ञवाली निर्वाचित
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको हालै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको छ । महासंघको उपाध्यक्ष श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुमागार्इं, सचिवमा यमबहादुर पछाई र कोषाध्यक्ष ज्ञानु पाण्डे निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा १ नं प्रदेशबाट भूमिका सुब्बा र नागेश पोख्रेल, २ नं बाट दुर्गा चौंलागाई र विजय गैरे, ३ नं बाट अनिता मैनाली र हरिशरण तामाङ, ४ नं बाट फूलमाया वाग्ले र देवेन्द्र गुरुङ, ५ नं बाट विदय थापा र मीरा मरासिनी तथा ७ नं प्रदेशबाट प्रदीप शाह निर्वाचित भएका छन् । यसैगरी खुला सदस्यमा शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल, सार्कीमान तामाङ निर्वाचित भएका हुन् । रासस
महिन्द्रा टु ह्वीलर अब जनकपुरमा
काठमाडौं । अग्नि मोटो इन्कले महिन्द्रा टुह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमका सांसद रामआशिष यादवले गरेका थिए । शोरुम शुभारम्को अवसरमा १० हजार ३७५ रुपैयाँदेखि २ लाख ०७ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने । यो योजना सीमित अवधिको लागिमात्र लागू हुने कम्पनीले जनाएको छ ।
पौने ९ खर्ब आयत हुदा निर्यात ६० अर्ब मात्रै, २१ प्रतिशत बढ्यो ब्यापार घाटा
काठमाडौं । गएको नौ महिनामा नेपालमा ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । तर निर्यात ५९ अर्ब ७३ कराेड रुपैयाँको मात्रै भएको छ । भन्सार विभागको अनुसार चालु अर्थिक वर्षको नौ महिनाको अबधिमा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँको ब्यापार घाटा भएको छ । उक्त व्यापार घाटा गएको वर्षको तुलनामा २१ प्रतिशत बढी हो । व्यापार घाटा बढ्दो क्रममा छ । गएको आर्थिक वर्ष २०७३/७४ को सोही अबधिमा विभिन्न मुलुकहरुसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब रुपैयाँ मात्रै थियो । अहिले बढेको हो । सरकारले पछिल्लो समय व्यापार घाटा घटाउने विभिन्न नाराहरु ल्याए पनि घाटा घट्न सकेको छैन, ठीक उल्टो बढिरहेको देखिन्छ । गएको वर्षभन्दा अहिले समग्र व्यापार २० प्रतिशत बढेको छ । गएको वर्षको नौ महिनामा ७ खर्ब ८० अर्ब रुपैयाँको विभिन्न मुलुकहरुसँग व्यापार भएकोमा यो वर्ष बढेर ९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट मात्रै ६६ प्रतिशत आयात कुला आयातको ६६ प्रतिशत हिस्सा छिमेकी मुलक भारतबाट मात्रै आयत हुने गरेको छ । गएको नौ महिनामा भारतबाट मात्रै ५ खर्ब ७६ अर्ब रुपैयाँको आयत भएको विभागको तथ्याङकमा देखिन्छ । दोस्रो बढी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट सो अबधिमा १ खर्ब १३ अर्ब रुपैयाँको विभिन्न वस्तु/सामानहरुको आयात भएको हाे । ती दुई मुलकहरुमा नेपालबाट भने गाएको नौ महिनामा क्रमशः ३४ अर्ब र २ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । आयत र निर्यातलाई तुलना गर्दा भारतसँग ५ खर्ब ४१ अर्ब भने चीनसँग १ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा देखिन्छ । त्यस्तै गएको वर्षको नौ महिना र चालु वर्षको सोही अबधिलाई तुलना गर्दा अहिले निर्यातभन्दा आयात ११ गुणा बढी छ । कुल व्यापारको ९४ प्रतिशत आयत भएकोमा निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको थप चारवटा शाखा सञ्चालनमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ । दोलखाको सिंगटी, पाचथरको राँके, नुवाकोटको चोकदे तथा रामेछापको लिखूमा बैंकले आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो । हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ । साथै, बैंकले भविष्यमा देशका विभिन्न क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
अब कोशीमा मिनी पानी जहाजः बराहक्षेत्रदेखि भोजपुरसम्म २५ जना यात्रु बोकेर दौडने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा कोशी नदिसम्म पानी जहाज ल्याउने सहमति गरेको केहि समयपछि नै मिनी पानी जहाज सञ्चालनमा आउने भएको छ । असोज महिनामा कोशी नदिमा २५ सिट क्षमताको मिनी पानी जहाजको परिक्षण सञ्चालन हुँदैछ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले असोजदेखि ३ वटा मिनी पानी जहाजबाट बराहक्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेटबोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५०.६० किलोमिटर दुरी पार गर्नेछ । जेटबोट असाजदेखि परिक्षणमा आउने प्रालीका परमर्शदाता प्रकृति कन्सल्टेन्टका म्यानेजर माधव घिमिरेले बताए । ‘नेपालमा यो जेटबोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्ररम्भिक लागत ५ करोड अनुमान गरिएको छ, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनेछ,’ म्यानेजर घिमिरेले विकासन्युजसँग भने । जेटबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुर हुँदै बग्ने सप्तकोशी, सुनकोशी र अरुण नदिमा सञ्चालन हुनेछ । जेटबोट असार र साउनमा नदी बहाब धेरै हुने भएकाले परिक्षणमा ल्याउन नसक्ने प्रालीले जनाएको छ । प्रालीले जल यातायात सञ्चालन गर्दा पर्न सक्ने वातावरणीय प्रभावलाई आधार मानी सुझाव माग गरेको छ । यस योजना सञ्चालन गर्दा ४ जिल्लाका ४ नगरपालिकाहरु प्रभावित हुनेछन् । प्रभावित हुने नगरपलिकाहरुमा बराह, बेलका, हंतुवागढी र खाल्सा छिन्ताङ शहिदभुमी रहेका छन् । यी नगरपालिकामा रहेका व्यक्ति वा संस्थाले आयोजना सञ्चालन सम्बन्धी लिखित तथा मौखिक सल्लाह तथा सुझाव दिन सक्ने प्रालीले जनाएको छ ।