पर्यटन प्रवद्र्धन गर्न काठमाडौंबाट बुलेट राइडर सोलुखुम्बु प्रस्थान
काठमाडौं, ११ असोज । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह मंगलबार काठमाडौंबाट प्रस्थान गरेको छ । २३ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ । मंगलबार आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले सो समूहलाई विदाई गरेका छन् । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् । सो अवसरमा सांसद उप्रेतीले नेपाली युवाहरु विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिरहेको देशमा पर्यटन प्रवद्र्धनबाट पनि देशलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उदाहरण बुलेट राइडले प्रस्तुत गरको बताए । विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ । मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किन कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको हो ।
माइक्रोम्याक्सको क्यिू फो सिक्स टू नेपाली बजारमा, मूल्य १२ हजार रुपैयाँ मात्र
काठमाडौं, ११ असोज । विश्व प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यिू फो सिक्स टू (क्यानभास फाइभ लाइट) नेपाली बजारमा ल्याएको छ । उक्त क्यिू फो सिक्स टूमा विशेष किसिमको प्रोसेर रहेको छ । यो १.० जिगा हर्ज कार्ड–कोर प्रोसेसरद्धारा सञ्चालित छ र यसमा १६ जिबी रोम रहेको छ । यस फोनमा ५.० एचडी डिस्प्ले र २ हजार महको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसमा ८ एमबी हाइ रिजोलुसन अटोफोकस रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीका लागि रहेको छ । यसमा ८ एमपी प्राइमेरी र ५ एमपी र ५ एमपी फन्र्ट क्यामेरा जडित भएबमे हुाम ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ । उक्त मोबाइलमा २ जिबी र्याम, १६ जिबी रोम र थप ३२ जिबी एक्सपेन्डएबल एसडी कार्ड प्रयोग गर्न सकिने छ । यो फोनमा शक्तिशाली २ हजार माँको व्याट्री रहेको छ । साथै यसमा डियूल र हाइव्रिडड सिम स्लट भएको डियूल र हाइव्रिड सिम सल्ट भएको थ्री जि र फो जि नेटवर्कलाई पनि सर्पोट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् । हाल बजारमा यसको मूल्य १२ हजार एकसय रुपैयाँ रहेको छ । यो स्मार्टफोनमा कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् भन्ने कम्पनीको विश्वास रहेको छ ।
निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु गर्यो
काठमाडौँ, ११ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । ‘दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं,’ उनले भने । सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको उनको भनाइ छ । सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ । त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ । निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस
बेरोजगारीदर घटाउन र नेपाली समाजको सेफ्टी भल्बको भूमिकामा बैदेशिक रोजगारी, राष्ट्र बैंकले फेला पार्यो १२ महत्वपूर्ण नतिजा
काठमाडौं, ११ असोज । बैदेशिक रोजगारीले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य फेला परेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले बैदेशिक रोजगारीको कारण गरिब नेपालीको घरपरिवार चलेको, शिक्षा, स्वास्थ जस्ता मानव विकास सुचकांकमा सुधार भएको, देशको लागि आवश्यक विदेशी मुद्राको जोहो भएको जस्ता तथ्य अध्ययनले देखाएको छ । सो अध्ययनले प्रकाश पारेको पहिलो तथा महत्वपूर्ण नतिजा नीतिगत तथा संस्थागत व्यवस्था जस्ता संरचनागत सुधारले नेपालको वैदेशिक रोजगारीको विकासमा खेलेको भूमिका हो । वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भए पश्चात् नेपालमा वैदेशिक रोजगारी सम्बन्धी नीतिगत तथा संस्थागत प्रयास थालनी भएको हो । वैदेशिक रोजगारीको महत्वलाई आत्मसात् गरी आठौँ योजना (२०४९–५४) देखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो । वि.सं. २०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरे पश्चात् ग्रामीण क्षेत्रका नेपाली समेत वैदेशिक रोजगारमा जाने क्रम तीव्र बन्यो । यसै क्रममा वि.सं. २०५६ मा राष्ट्रिय श्रम नीति, वि.सं. २०६४ मा वैदेशिक रोजगार ऐनमा संशोधन र २०६५ मा वैदेशिक रोजगार विभागको स्थापना जस्ता संरचनागत सुधारले वैदेशिक रोजगारमा जान नेपालीलाई थप सहजीकरण ग¥यो । नेपालले मुलुकबाहिर कामको खोजीमा जानको लागि ११० मुलुकहरू खुल्ला गरेको छ भने हाल १०३३ मेनपावर कम्पनीहरूले इजाजत लिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका छन् । वैदेशिक रोजगारीले नेपालमा बेरोजगारीदर घटाउन र नेपाली समाजको लागि सेफ्टी भल्बको भूमिका खेलेको तथ्य प्रकाशमा ल्याउनु यस अध्ययनको दोस्रो महत्वपूर्ण नतिजा रहेको छ । उपर्युक्त संस्थागत व्यवस्थाका कारण आ.व. २०५०/५१ देखि आ.व. २०७१/७२ सम्ममा ३९ लाख २७ हजार नेपाली रोजगारीका लागि मुलुकबाहिर जान सम्भव भएको छ । यसको परिणामस्वरूप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व. २०७१/७२ मा रु. ६ खर्ब १७ अर्ब रह्यो जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ प्रतिशत हुन आउँछ । अध्ययनले देखाएको तेस्रो महत्वपूर्ण नतिजा भनेको विप्रेषण सम्बन्धमा विश्वसँग नेपालको सापेक्षित स्थान हो । विप्रेषण रकमको हिसाबले विश्वमा नेपाल २३ औं स्थानमा छ । आ.व. २०५०/५१ देखि आ.व. २०७१/७२ सम्म कामको खोजीमा मुलुकबाहिर गएका ३९ लाख २७ हजार कामदार सङ्ख्याको नेपालको कुल जनसङ्ख्यासँगको अनुपात करिब १४ प्रतिशत हुन आउँछ । यो अनुपातको आधारमा कामको खोजीमा विदेश गएको जनसङ्ख्या विश्वमा लेवनानपछि नेपालको दोस्रो ठूलो देखिन्छ । कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषण आप्रवाहको अनुपातको हिसाबले नेपाल विश्वमा तेस्रो स्थानमा छ । चौथो महत्वपूर्ण नतिजा विदेशमा काम गर्ने नेपालीले पठाउने गरेको वार्षिक औसत विप्रेषण रकम हो, जुन यस अध्ययनले रु. ५ लाख ३२ हजार रहेको देखाएको छ । उक्त रकमलाई मासिक रूपमा प्रस्तुत गर्दा रु. ४४ हजार ३३३ हुन आउँछ, जुन औसत नेपालीको लागि आकर्षक रकम हो । पाँचौँ, यस अध्ययनले मेनपावर कम्पनीहरूबाट खाडी मुलुक तथा मलेसियामा वैदेशिक रोजगारमा गएका बहुसङ्ख्यकले औपचारिक माध्यमबाट तर भारत, कोरिया लगायत विकसित मुलुकमा गएकाहरूले अनौपचारिक माध्यमबाट रकम पठाउने गरेको देखाएको छ । यस अध्ययनले ९०.९ प्रतिशत विप्रेषण रेमिट कम्पनी लगायत बैंक तथा वित्तीय संस्थाबाट र ५.९ प्रतिशत हुण्डी मार्पmत् नेपाल भित्रिने देखाएको छ । छैटौँ, वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरू मध्ये खाडी मुलुकहरूमा ५६.९ प्रतिशत, मलेसियामा २६.६ प्रतिशत, विकसित मुलुकतर्पm ८.१ प्रतिशत र भारतमा ४.४ प्रतिशत नेपालीहरू कामको खोजीमा जाने गरेको अध्ययनले देखाएको नतिजा हो । सातौँ, स्थलगत सर्वेक्षणमा समेटिएका मध्ये ८०.८ प्रतिशत घरपरिवारको विप्रेषण बाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८.८ प्रतिशत घर परिवारले उपभोग खर्चको लागि विप्रेषण आयमा पूर्ण रूपमा भर पर्नुपर्ने देखिएबाट वैदेशिक रोजगारीले गरिबी न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका हो । विप्रेषणबाट प्राप्त आम्दानीका कारण नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको अनुपात क्रमशः घट्दै गएको छ । मुलुकको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हाल विदेशी विप्रेषण रहेको छ । साथै, नेपालमा शिक्षा–स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा सुधार आउनुको प्रमुख कारण पनि विप्रेषण आय नै देखिएको छ । आठौँ, वैदेशिक रोजगारीमा गएका १८.८ प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको सन्दर्भमा गन्तव्य मुलुकको रोजगारीमा कुनै व्यवधान आएमा ती घरपरिवारको गरिबीको दर पनि बढ्ने देखिन्छ । यस किसिमको जोखिमलाई नेपालले नीति निर्माण मार्पmत बेलैमा सम्बोधन गर्नु आवश्यक छ । नवौँ, विप्रेषण आयको प्रयोग ऋण तिर्न २५.३ प्रतिशत, दैनिक उपयोगको लागि २३.९ प्रतिशत, शिक्षा, स्वास्थ्यमा ९.७ प्रतिशत, सामाजिक कार्यको लागि ३ प्रतिशत, उत्पादनमूलकमा १.१ प्रतिशत र बचत कार्यको लागि २८ प्रतिशत हुने अध्ययनले देखाएको छ । आ.व. २०५०÷५१ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य बचत अनुपात १४.६ प्रतिशत भन्दा अलिकति माथि १६.८ प्रतिशत रहेको तुलनामा आ.व. २०७१÷७२ मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य बचत अनुपात ११.४ प्रतिशत भन्दा उल्लेख्य ४४.६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिन्छ । दशौँ, वैदेशिक रोजगारीका लागि जाने घरपरिवार मध्ये ६४.१ प्रतिशत घरमुलीको र ३६.६ प्रतिशत वैदेशिक रोजगारीमा जाने व्यक्तिको बैंक खाता रहेको देखिन्छ । यस तथ्याङ्कबाट वैदेशिक रोजगारीका लागि गएका व्यक्तिहरु मध्ये करिब दुई तिहाई बैंकिङ्ग सञ्जालमा नसमेटिएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्ति वा उसको परिवारको कुनै एक व्यक्तिको नाममा बैंक खाता खोलेको हुनुपर्ने प्रावधान वा केही प्रोत्साहनको व्यवस्था मात्र गर्न सकिए वित्तीय समावेशी कार्यलाई अझ विस्तार गर्न सकिने देखिन्छ । एघारौँ, वैदेशिक रोजगारीको लागि लाग्ने खर्चको स्रोत मध्ये साहु–महाजन/व्यापारीबाट ५२ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट ६.३ प्रतिशत रहेको देखिएको सन्दर्भमा वित्तीय पहुँच अभिवृद्धिका लागि अभैm अनुकूल नीतिगत व्यवस्था गर्नु आवश्यक देखिएको छ । बाह्रौँ, विप्रेषण आय प्राप्त गर्ने घरपरिवारले कामभन्दा फुर्सद रोज्ने गरेको देखिएकोले विप्रेषण आप्रवाहले कुल गार्हस्थ्य उत्पादन अभिवृद्धिमा प्रतिकूल प्रभाव पारेको देखिन्छ । यो प्रवृत्ति रोक्न र घरपरिवारका सदस्यलाई आय आर्जन गतिविधिमा संलग्न गराई विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता देखिन्छ । यसो हुन सके दीर्घकालीन गरिबी न्यूनीकरण गर्न मद्दत मिल्ने र राष्ट्रिय उत्पादन अभिवृद्धिमा यस्ता परिवारको समेत योगदान पुग्ने देखिन्छ । विप्रेषण रकम उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले आ.व. २०६६/६७ देखि नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्न थालेको भए पनि सोप्रति वैदेशिक रोजगारीमा जानेको आकर्षण न्यून रहेको देखिन्छ । यसरी उठाइएको रकम नेपाल सरकारले जलविद्युत लगायत कुनै विशेष क्षेत्रमा लगानी गर्ने उद्देश्य राखी परिचालन गरेमा वैदेशिक रोजगारीमा जानेहरूले पनि गर्व गर्ने र उनीहरुको सेयर सहभागिताका कारण आय आर्जन अभिवृद्धि हुन सक्ने भएकाले आगामी दिनमा नेपाल सरकारले खास परियोजनामा लगानी गर्ने उद्देश्य राखी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीतिगत व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
६ अर्बको विमानस्थल विस्तार अलपत्र, सरकारी प्राथमिकता नहुँदा विस्तार योजना नै प्रभावित
काठमाडौं ११, असोज । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम अलपत्र अवस्थामै नै पुगेको छ । स्पेनिश कम्पनी सान्जोसे कन्ट्रक्टोराले तीन वर्षमा जम्मा १६ प्रतिशत मात्रै प्रगति गरेको र पुनः उसैलाई काम गर्न नदिने सरकारी अभिव्यक्तिपछि विमानस्थलको कामले गति लिएको छैन । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारमा सरकारी वेवास्थाकै कारण विस्तारको काम पछाडि धकेलिदै गएको हो । सन् १९५० देखि उडान सुरु भएको विमानस्थल सन् २०१६ सम्मपनि सरकारले जिम्मेवार भएर विमानस्थलको विस्तार कार्य गरेको छैन । नियमति रुपमा काम भए र एसीयाली विकास बैंकले तयार पारेको योजना अनुसार काम गर्न सके त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अझै १५ वर्ष लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सन् २०१६ सम्ममा विमानस्थलको क्षमता बृद्धि गर्ने र सन् २०२८ सम्ममा गुरु योजना पूरा गर्ने उल्लेख थियो । ‘यो काम अहिले न अगाडि बढेको छ न रोकिएको छ’, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाको भनाइ छ । नियमति रूपमा काम भए पनि अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न कम्तीमा १५ वर्ष लाग्ने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आइकाओ)को एनेक्स १४ अनुसार रनवे, ट्याक्सीवे, रनवे सेफ्टी एरिया, आपतकालिन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर, लगायका मापदण्ड पूरा गर्न सकेको छैन् । सरकारी वेवास्थाका कारण र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने की नबनाउने भन्ने विषयको टुङ्गो नलाग्दा पनि त्रिभुवन विमानस्थल विस्तार अलपत्र परेको हो । ‘सन् २०१६ सम्ममा अहिले पूरा धावनमार्गको लम्वाई, ट्याक्सीवे लगायतका दुई÷तीन ओटा अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुने योजना भएपनि काम रोकिएकोले विमानस्थल कार्यालयको भनाइ छ,’ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)ले तोकेको सबै मापदण्ड पूरा गर्नको निम्ति गुरुयोजना नै पूरा हुनुपर्ने भएपनि सो अनुसार काम नभएको विमानस्थल विस्तार आयोजना प्रमुख बाबुराम पौडेलले बताएका छन । यो विमानस्थलमा १९५० देखि उडान तथा अवतरण सुरु भएको थियो । १९६४ देखि औपचारीक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नामाकरण गरिएको यो विमानस्थलले अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्ड भने पूरा गर्न सकेको छैन् । वार्षिक एक अर्व रुपैयाँ खर्च भइरहेको यो विमानस्थले नियमित रुपमा योजना अनुसारको काम हुन नसकेको कारण सन् २०२८ सम्ममा आइकाओले तोकेको मापदण्ड पूरा गर्ने लक्ष्य नै अन्योलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बुझाइ छ । एडीवीको ८ करोड अमेरीकी डलर सहयोगमा र नेपाल नागरिक उड्डयन प्राधिकरणको १ करोड २० लाख डलर खर्चमा यो विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । यस रकम मध्ये एडीवीले ७ करोड डलर ऋण र १ करोड डलर अनुदानमा प्रदान गरेको हो । तीन वर्षे योजना अन्र्तगत विमानस्थलको क्षमता विस्तरमा ९ करोड २० लाख डलर अनुमान गरिएकोले १ करोड २० लाख डलर प्राधिकरणले आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख थियो । ‘तर, विमानस्थल विस्तारको काममा न पैसा खर्च भयो न भौतिक प्रगित नै भएको छ,’ प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले भने । विमानस्थल विस्तार योजना अन्तर्गत विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाउने कार्यक्रम छ । यो धावनमार्ग अहिले ३ हजार मिटरको छ । हवाई यात्रु प्रतिक्षालय, आन्तरिकतर्फ जहाज ४२ र अन्तर्राष्ट्रियमा नौ वटा जहाज पार्किङ क्षमता बढ्ने भएको छ । विमानस्थलमा हाल अन्तराष्ट्रियतर्फ दुईओटा वाइड वडि र सातओटा न्यारोवडि गरी जम्मा ९ ओटा मात्र जहाज पार्किङ गर्न सकिन्छ । यसलाई बढाएर ९ ओटा ठूलो वा १८ ओटा सानो (न्यारोवडि) जहाज पार्किङ गर्न सक्ने क्षमताको बनाउने कामलाई तीव्रताका साथ अगाडि बढाउन सकिएको भए गतएका तीन वर्षको कामले अहिले नतिजा दिने थियो । नाकाबन्दी, भूकम्प, नेपालको राजनीतिक वातावरणसहितका कारण देखाएर ठेकेदारले काम नै गरेको र उल्टै नेपाल सरकारसँग २ अर्ब क्षतिपूर्ति माग गरेको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाइ छ । विमानस्थलमा अवतरण गरेपश्चात अन्तरराष्ट्रिय उडानका जहाजलाई पुनः उडान गर्न कम्तिमा १ घण्टा लाग्छ, कुनै कारणले सो भन्दा बढीको समय लागेको खण्डमा एयर ट्राफिक व्यवस्थापन मिलाउन नै गाह्रो पर्ने भएकोले पनि पार्किङ क्षमता बढाउन आवश्यक भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । सरकारले विमानस्थलको कामलाई प्राथमिकता राख्न नसकेका कारण विस्तार छिटो नहुने आवश्यक खर्च गर्न पुग्ने रकम नहुने तथा ठेकेदारसहितका अन्य निकायको कमजोरी सच्चिन नसकेको पनि उल्लेख छ ।
आज ३७ औं विश्व पर्यटन दिवस, पर्यटकलाई छुट र स्वागतको ओइरो
काठमाडौं ११, असोज । आज विश्व पर्यटन दिवस नेपालले पनि धुमधामसाथ मनाइरहेको छ । सरकारले आजको यो दिवसालाई पर्यटकीय गतिविसहित विश्व पर्यटन दिवस भव्यताका साथ मनाउँने निर्णय यस अधि नै गरेको थियो । विभिन्न ३२ वटा पर्यटकीय संघसंस्थासँगको सहकार्य र समन्वयमा औपचारिक रुपमै ३७ औं विश्व पर्यटन दिवस मनाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए । उनका अनुसार विहानै ठमेलेको संचयकोषबाट र्याली निकालेर शान्तिपूर्ण पदयात्रासहितको कार्यक्रम सुरु भएको छ । मंगलबार दिनभर नै यो दिवसको कार्यक्रम हुने भएको छ । विमानस्थलमा आज पहिलो उडानमार्फत आउने सबै पर्यटकलाए खादा लगाएर स्वागत गर्ने, होटल माहासंघ नेपाल अन्तगरतका सबै होटलमा २० प्रतिशत छुट, ठूला होटलहरुको संस्था होटल संघ नेपालको विशेष छुट, विभिन्न पर्यटन व्यवसायीक संस्थाले पनि छुट र विशेष अफर ल्याएको जानकारी दिएका छन् । हरेक वर्ष २७ सेप्टेमवरका दिन मनाइने यो दिवस यस वर्ष पनि विभिन्न जिल्ला र क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्दै भव्य रुपमा सम्पन्न गरिदै आएको छ । पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका पर्यटकी संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम हुँदै आएको छ । विश्व पर्यटन दिवसमा दिन विभिन्न पर्यटकीय संस्थाले पर्यटकीय सेवा दिने विशेष छुट, पर्यटकीय गतिविधि, ¥याली, झाँकीसहितका कार्यक्रम विहानैबाट सुरु भएको छ । पर्यटकीय संस्था सबैले आफ्नो क्षेत्र र कार्यप्रकृति अनुसारका पर्यटनको गतिविधि गरिरहेको पर्यटन सचिव अधिकारीको भनाइ छ । पर्यटन बोर्डमा हुने आजको कार्यक्रममा उत्कृष्ट पर्यटन गाँउ घोषणा, घुमफिर वषृ २०७३ का लागि नयाँ गाउँ घोषणासहितका कार्यक्रम हुने भएको छ ।
नेपाल औषधी लिमिटेडको सेयर नीजि क्षेत्रलाई, २० देखि ३३ प्रतिशत सेयर दिने गृहकार्य
काठमाडौं । नेपाल सरकारले नेपाल औषधी लिमिटेड सञ्चालन गर्नका लागि नीजि क्षेत्रलाई ३३ प्रतिशत सम्म सेयर र मनेज्मेन्ट कन्ट्याक्ट दिने भएको छ। रुग्ण अवस्थामा रहेको कम्पनीलार्इ दीर्घकालिन रुपमा अघि बढाउन निजी क्षेत्रलार्इ सेयर दिन लागिएको हो। निजी क्षेत्रको दक्षताले कम्पनीलार्इ व्यवसायिक रुपमा अघि बढ्न सहज हुने मान्यताका साथ सरकारले पिपिपि अवधारणामा सञ्चालन गर्न लागेको हो। यो सेयर लिने कम्पनीलार्इनै म्यानेजमेन्ट हेर्ने जिम्मा समेत दिने गरी सम्झौंता हुने उद्योग मन्त्रालयले तयारी गरेको छ। औषधि लिमिटेडमा भएको एक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म इक्विटी सेयर दिने मोडलको तयारी अन्तिम चरणमा पुर्याएका बताएका छन्। जोशीले मन्त्रालयका कर्मचारीहर र डा पुष्कर बज्राचार्यको समितिले कति प्रतिशत शेयर दिने भनेर प्रतिवेदन पेश गरेपछि टुङो लाग्ने बताए। मन्त्री जोशीले चाँडै निजी क्षेत्रसँग कार्यसञ्चालन र इक्विटी सेयरका विषयमा प्रस्ताव आह्वान गर्ने बताए। उनले खुल्ला प्रतिस्पर्धामा जाने र त्यसमध्ये उत्कृष्ट प्रस्तावलाई संचालनमा ल्याउन दिने जानकारी दिए।मन्त्री जोशीले तत्काल उत्पादन हुने आठ किसिमका औषधीमा निजी क्षेत्रसँगको समन्वय आधारमा थप ७० किसिमका औषधी उत्पादन गर्ने जानकारी दिए।
२५ प्रतिशत रेमिट्यान्स ऋण तिर्न प्रयोग, विदेशमा नेपालीले कमाएको पैसा ऋण तिर्न र घरायसी खर्चमै ठिक्क
काठमाडौं ११, असोज । रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५।३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ । “रोजगारीमा जाने सिलसिलामा वा जानु अघिदेखि नै ऋणग्रस्त हुने तथा रेमिट्यान्स प्राप्त गर्ने अधिकांश घरपरिवारले घररजग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण रेमिट्यान्स आयको सबैभन्दा ठूलो अंश ऋण तिर्न प्रयोग हुने गरेको छ,” राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा जाने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नको लागि हुने गरेको देखिएको बताउँछन् । “कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको देखिएको छ,” थापाले भने । राष्ट्र बैंकले पहाड र तराईका ७–७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रूपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले रकम उपलब्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ । आर्थिक वर्ष ०५०र०५१ मा कुल राष्ट्रिय बचत– कुल गार्हस्थ्य बचत अनुपात १४।६ प्रतिशतभन्दा अलिकति माथि १६।८ प्रतिशत रहेकोमा ०७१र०७२ मा ११।४ प्रतिशतभन्दा उल्लेख्य ४४।६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वैदेशिक रोजगारीबाट कमाएको पैसा ऋण तिर्ने तथा बचतपछि सबैभन्दा बढी खर्च उपभोगमा हुने गरेको छ ।