नायव सुब्बा जितेन्द्र चित्रकार र अनन्त श्रेष्ठ घुस अभियोगमा पक्राउ

<p>काठमाडौं । गुठी संस्थान शाखा कार्यालय, ललितपुरमा कार्यरत नायव सुब्बा जितेन्द्र चित्रकार र गुठी संस्थान शाखा कार्यालय ललितपुरका कार्यालय सहयोगी अनन्त श्रेष्ठ घुस अभियोगमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं ८ स्थीत रहेको जग्गाको मोही हक नामसारीका साथै जग्गा मोही हक खरिद बिक्रि सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा [&hellip;]</p>

काठमाडौं । गुठी संस्थान शाखा कार्यालय, ललितपुरमा कार्यरत नायव सुब्बा जितेन्द्र चित्रकार र गुठी संस्थान शाखा कार्यालय ललितपुरका कार्यालय सहयोगी अनन्त श्रेष्ठ घुस अभियोगमा पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नं ८ स्थीत रहेको जग्गाको मोही हक नामसारीका साथै जग्गा मोही हक खरिद बिक्रि सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजहरुलाई बिस हजार सहित रंगेहात पक्राउ गरेको हो ।
उनीहरुमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share News