साल्ट ट्रेडिङ्गले फेब्रवरीलाई ‘आयोडिन मन्थ’को रुपमा मनाउने

<p>कठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अँग्रेजी महिना फेब्रवरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ । नेपालमा सन् १९९८ देखि ,फेब्रवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएकोमा यो वर्ष पनि निरन्तरता दिन लागेको हो । सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४.५ प्रतिशत पुगेको थियो । नेपाल यूनिभर्सल साल्ट आयोडिाइजेसनको सदस्य [&hellip;]</p>

कठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले अँग्रेजी महिना फेब्रवरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ । नेपालमा सन् १९९८ देखि ,फेब्रवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएकोमा यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।


सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४.५ प्रतिशत पुगेको थियो । नेपाल यूनिभर्सल साल्ट आयोडिाइजेसनको सदस्य राष्ट्रको हैसियतले फेब्रवरी महिनालाई आयोडिन मन्थ घोषणा गरी महिनाभरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको हो ।

यस कार्यक्रमबाट आयोडिनको कमिबाट हुने शारिरीक एवं मानसिक कमजोरीको सम्बन्धमा आम जनसमुदायलाई जानकारी दिने साल्टले साल्टले लक्ष्य लिएको छ । अभियानको क्रममा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको झोला टी सर्ट, पम्पेल जस्ता सामाग्री वितरण गन साल्टले टोली समेत खटाउन जनाएको छ ।

Share News