प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

<p>काठमाडौ । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सोमबार नेपाल प्रहरीलाई आदेश दिएको छ ।डा. केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्चले प्रहरीलाई भनेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो । यसअघि सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको अध्ययन प्रतिवेदनका आधारमा [&hellip;]</p>

काठमाडौ । सर्वोच्च अदालतले प्रा.डा. गोविन्द केसीलाई पक्राउ गर्न सोमबार नेपाल प्रहरीलाई आदेश दिएको छ ।डा. केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्चले प्रहरीलाई भनेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।
यसअघि सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको अध्ययन प्रतिवेदनका आधारमा मुद्दा तयार भएको हो ।

केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको दावी गर्दै उनको राजीनामाको माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका छन् । उनले १४ औं अनसन सुरु गरेका छन् ।

Share News