राताम्मै सेयर बजार, आरएसडीसीकाले कमाए, युनाइटेड इन्स्योरेन्सकाले गुमाए

<p>काठमाडौं । दुई दिनपछि खुलेको सेयर बजारमा साढे २४ अंकले ओरालो लागेको छ ।  बैकिङ, होटल, बीमा, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमुलक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी गुमाउनेमा बीमा समूह रहेको छ । बीमा समूहको सेयर मूल्य १३६ अंक घटेको छ । सबैभन्दा बढी गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल [&hellip;]</p>

काठमाडौं । दुई दिनपछि खुलेको सेयर बजारमा साढे २४ अंकले ओरालो लागेको छ ।  बैकिङ, होटल, बीमा, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमुलक सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।

सोमबार सबैभन्दा बढी गुमाउनेमा बीमा समूह रहेको छ । बीमा समूहको सेयर मूल्य १३६ अंक घटेको छ । सबैभन्दा बढी गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानिकर्ता रहेका छन् ।

युनाइटेडका लगानीकर्ताले सोमबार मात्र ९२ रुपैयाँ गुमाएका छन् । युनाइटेडकको सेयर मूल्य घटेर १ हजार ३६८ रुपैयाँमा झरेको छ । यस्तै आरएसडीसी लघुवित्तीय संस्थाका लगानीकर्ताले ११० रुपैयाँसम्म कमाएका छन् । आरएसडीसीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २१७ रुपैयाँ पुगेको छ ।

सोमबार ८४ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको भएको छ ।

फस्र्टले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने सुचना प्रकाशित गरेपछि उसको कारोबार रकम बढेको हो ।  फस्टको प्रति कित्ता १ हजार ४९ रुपैयाँमा ३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

Share News