काठमाडौं । “वाई वाई ग्लोकल टिन हिरो २०१७”को उपाधी सचिन डाँगीले जितेका छन् । समाज विकासमा सक्रियसचिन डाँगीले वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी समाजसेवी अल्बिना पर्बिन , एप डेभलपर आयुष पाण्डेय, उद्यमी प्रिथ्यु सिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत र आविष्कारक तन्मय चौधरीलाई पछि पार्दै सो उपाधी जितेका हुन् ।

शुक्रबार राजधानीमा आयोजित वाई वाई ग्लोकल टिन हिरो २०१७ को उपाधी कार्यक्रमको निर्णायकहरुले सो ट्रफी बिजेतालाई हस्तान्तरण गरेका छन् । वाई वाई ग्लोकल टिन हिरो बन्नका लागि ३२१ जना किशोर किशोरीले आवेदन गरेको थिए ।
आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका थिए ।
निर्णयक मण्डलमा रहेका यूनडीपीका कन्ट्री डीरेक्टर रेनौड मेएर, बैद्य अर्गनाईजेशनका अध्यक्ष सुरज बैद्य, सोल्टी क्राउन प्लालाका महाप्रबंधक उपौल मजुमदार, नायिका रिचा शर्मा र विज्ञापनकर्मी रंजित आचार्यले पाठ्यक्रम बाहेकको उपलब्धि सुरुवात र आफ्नो कामको प्रभावको आधारमा उत्कृष्ट ६ को छनौट गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीसँग एसएमएस भोटिंग राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो वर्षको टिन हिरो छानिएको छ ।