रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

<p>उर्लाबारी (मोरङ) । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा [&hellip;]</p>

उर्लाबारी (मोरङ) । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दशैँअघि नै स्थानीयवासीलाई विद्युत् उपलब्ध गराइनेछ ।

मिक्लाजुङ गाउँपालिकामा मोरङ जिल्लामै पहिलोपटक मिनी सोलार ग्रिडबाट विद्युत् उत्पादन गर्न लागिएको हो । १ करोड ७० लाख रूपैयाँको लागतमा निर्माण भइरहेको सोलार ग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला समन्वय समिति, मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीबाट संकलन गरिएको थियो । विद्युत् उत्पादन शुरु भएपछि सो क्षेत्रका ५० घरपरिवार लाभान्वित हुनेछन् ।

यसैगरी, सो सोलार ग्रिडबाट विद्यालयका २५ वटा कम्प्युटर, वडा कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत सञ्चालन हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । रासस

Share News