काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मध्यमश्चिमाञ्चल क्षेत्रका विकासमा कायापलट ल्याउने आयोजना पञ्चेश्वर र महाकालीको एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने जानकारी दिएका छन् ।
गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गरी यसको सर्वस्वीकार्यतामा आफूले जोड दिएको बताए । उनले भने , “ती दुई परियोजनाका डिपिआरका अतिरिक्त ती क्षेत्रमा सुख्खा बन्दरगाह, प्राविधिक शिक्षालय बन्दैछ ।”
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवा केन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गरे ।
समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिएका िथए । रासस