काठमाडौं । बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भइको छ । आयल निगमका अनुसार एक सातालाई पुग्ने स्टक रहेको छ ।
आयल निगमले कम्मा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने भएको हो ।
पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु फाट्टफूट्ट काठमाडौं आइपनि रहेको र एक साताभन्दा बढी समय सडक अवरुद्ध नहुने भएकोले पनि डिजिल पेट्रोल अभाव नहुनेमा ढुक्क हुन निगमले आग्रह गरेको छ ।