राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित, नक्सापास भएपनि मापदण्डको पालना भएन

<p>काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ। तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले ती घर [&hellip;]</p>

काठमाडौं । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ।

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ।

तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले ती घर मात्रै सुरक्षित ठानिएको छ।

सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि भवन संहिता लागू गरेको वर्षौ बिते पनि नागरिकहरूमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतनामा भने विकास हुन सकेको छैन।

भूकम्प गएपछि सरकारले भूकम्पप्रतिरोधी घर बनाउन कार्यान्वयन तहमा जोड दिए पनि र नागरिकले इन्जिनियरमार्फत नक्सा पास गर्ने गरे पनि आफूखुसी घर निर्माण गर्ने गरेको पाइएको छ। नक्सा पास गरेर घर बनाए पनि मापदण्डको पालना अझै अझै भएको छैन। नेपाल समाचारपत्र दैनिकबाट ।

Share News