इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन् । यस खेलमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल बिहीबार हुनेछ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । अंक तालिकामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।

काठमाडौंले सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो । चितवनले भने सात खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको थियो । वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले अंक बाँडेको थियो । य

Share News