विद्युत शर्ट भएर आगलागी हुँदा ५३ लाखको क्षति

सांकेतिक तस्विर

काठमाडौं । विद्युत सर्ट भएर आगलागी हुँदा सिरहा र पर्सामा आगलागी भएको छ । सिरहामा गएराति बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

विष्णुपुर गाउँपालिका- ५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई आगलागी भएको थियो ।

त्यसैगरी, पर्सा, वीरगंज महानगरपालिका- ११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ३२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

Share News