सम्राको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सोमबार (आज) भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखराले निर्धारित २० ओभरमा विकेटको क्षतिमा २१७ रनको योगफल तयार पार्यो । 

पोखराका लागि युवराज सम्राले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सम्राले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०२ रन बनाए । त्यस्तै, भुर्तेलले ३९ बलमा ७ छक्का प्रहार गर्दै ६२ रन बनाए ।

पोखराले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पोखरा पहिलो जितको खोजीमा रहेको छ । उसले यसअघि खेलेको सबै ४ खेलमा हार बेहोरेको थियो ।

कर्णाली भने ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ । 

Share News