पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै विज्ञहरूको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको सूचीमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी र रामचन्द्र सेढाई रहेका छन् ।

त्यस्तै, रोहिणीप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुडाल र हिक्मत सिंह ऐर पनि संक्षिप्त सूचीमा परेका छन् ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८:१५ बजे शैक्षिक योग्यता र अनुभवका सक्कल कागजातसहित पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन बोर्डले आग्रह गरेको छ । सोही दिन उम्मेदवारले तत्कालिक प्रस्तुतीकरणसमेत दिनुपर्नेछ । 

Share News