काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् ।
संस्थाको कात्तिक १९ गते बिहीबार बसेको सञ्चालक समितिको २३२औँ बैठकले बराललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका–७, कास्की स्थायी ठेगाना भएका बराल हाल काठमाडौं महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।
संस्थाले नेप्सेलाई पत्र पठाउँदै बरालको नियुक्तिबारे जानकारी गराएको हो ।