काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १६२.७१ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफासमेत १४७.१० प्रतिशतले बढेर १ अर्ब २५ करोड ५ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ५० करोड ६० लाख ९२ हजार रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ थियो । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १०.९४ प्रतिशतले बढेर ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ९ करोड ६ लाख रुपैयाँ थियो ।
यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थाबापतको रकम भने ५१.४७ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म १ अर्ब ३८ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो रकम चालु आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ३९ लाख रुपैयाँमा झरेको छ । यता, कर्मचारी खर्च भने २१.५७ प्रतिशतले बढेर ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप र कर्जा दुवै बढेका छन् । गत वर्षको असोजसम्म ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आर्थिक वर्षको असोजसम्म ३ खर्ब ३४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो २.३९ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, बैंकको कर्जा तथा सापटी ४.२५ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ३४ अर्ब १० करोड रुपैयाँ थियो ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष भने ६.५० प्रतिशतले घटेर १५ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा जगेडा कोषमा १६ अर्ब ९१ करोड रुपैयाँ थियो ।
बैंकको खराब कर्जा अनुपात सामान्य घटेको छ । गत वर्षको असोजसम्म ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको असोजसम्म ३.७० प्रतिशत कायम भएको छ । त्यस्तै, पूँजी पर्याप्तता अनुपात १२.२१ प्रतिशतबाट घटेर ११.४७ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.८२ रुपैयाँबाट बढेर १८.७६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १९९.६१ रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोजसम्म यस्तो मुनाफा १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ थियो ।