काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म ९ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
यसैगरी, बुटवलका नरबहादुर फौगाडले यामाहा स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले भने यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनालाई यामाहा रे जेडआर स्कुटर प्रदान गरिनेछ । त्यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन् ।
यसरी अभियानमा मोटरसाइकल, स्कुटर र कार गरी कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन् ।
दशैंलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमार्फत उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिङ्कस खरिद गर्दा मोटरसाइकल, स्कुटर तथा कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत आगामी दिनमा थप विजेताहरू सार्वजनिक गरिनेछ ।